×

NMB BANK
NIC ASIA

छविलाल पौडेल निर्दोष छन्, अधिकारी हत्यामा उनको संलग्नता छैन : फुजेलवासी

असार २८, २०७५

NTC
Premier Steels

काठमाडौं– गोरखा फुजेलका सेचत नागरिक तथा परिवारले कृष्णप्रसाद अधिकारी हत्याका आरोपित भनेर कारागारमा रहेका गोरखा फुजेलका छविलाल पौडेल निर्दोष रहेको भन्दै तत्काल उनको रिहाईको माग गरेका छन् । 

Muktinath Bank

बिहीबार रिपोर्टर्स क्लब नेपालमा फुजेल, गोरखाका सचेत नागरिक परिवारले पत्रकार सम्मेलन गरेर यस्तो माग गरेका हुन । पर्शुराम पौडेलले पे्रस विज्ञप्ती वाचन गर्दै कारागारामा रहेका छविलाल पौडेललाई तत्काल रिहाई गर्न माग गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने,‘छविलाल पौडेल निर्दोष हुनुहुन्छ, उहाँ हाम्रो गाउँको विकासवादी नेता हो, उहाँ घरमा बस्नुभएको हुन्थ्यो, उहाँलाई फरार भनेर समाचार लेखिन्थ्यो, तर त्यस्ता समाचारले उहाँलाई पीडामा पाथ्र्यो, सर्वोच्च अदालतको आदेशलाई शिरोधार गर्दै गंगामायाले कानूनसम्मत रुपमा न्याय पाउन भनेर र आफू निर्दोष छु भनेर अदालतसामु जानु भएको हो ।’ 


Advertisment
Nabil box
Kumari

त्यस्तै कार्यक्रममा महाप्रसाद पौडेलले छविलाल पौडेल निर्दोष रहेको भन्दै नन्द प्रसाद अधिकारी र गंगामायाले पारिवारिक रिसिईबीका कारण आफन्तहरुलाई फसाउन खोजेको आरोप लगाए । उनले भने,‘कृष्णप्रसाद अधिकारीे हत्याको जिम्मेवारी तात्कालिन माओवादीले लिईएको र आज आएर परिवारका सदस्यहरुलाई फसाउन खोज्नु अन्यायमा पार्नु हो, नन्दप्रसादकी बुहारीलाई अंश नदिएर चर्को आर्थिक अभावमा पारेको देखेर गाउँलेहरुले अशं दिलाउन पहल गरेको कुरालाई रिसिईबीका रुपमा लिएर गाउँलेहरु पनि छोराको हत्यारा हुन भनेर किटानी दिएको कुरा स्पष्ट छ।’

Vianet communication

त्यस्तै गोरखा फुजेलका ठाकुर देवकोटाले जनयुद्धका सञ्चालक प्रचण्ड, बादल, पासाङलाई यस घट्नाको जिम्मा लिन आग्रह गरेका छन् । उनले भने,‘जनयुद्धका कमाण्डरहरु आज मालिक बनेर मोज गरिरहेका छन्, अनावश्यक आरोप खेपेर हाम्रा आफन्तहरुले जेल बस्नुपर्ने ? यदि जेल जानुपर्ने हो भने प्रचण्डले जानुपर्यो, होईन भने निर्दोष मानिसहलाई फसाउने काम भएको छ, त्यो द्धन्द्धकालको घट्ना हो, छविलाललाई बिना सर्त रिहाईको माग गर्दछु ।’
जारी प्रेस विज्ञप्तीमा भनिएको छ,‘मृतक कृष्ण अधिकारीका दाजु नुरप्रसाद अधिकारीले गाउँलेहरुको सार्वजनिक जीवनमाथि प्रश्न चिन्ह लगाउने काम गरिहरका छन्, उनले भाईको न्यायको लागि काम कम तर कमाउ धन्दा बढि गरिहरको छन्, आफ्ना छोरा र श्रीमतीलाई घर निकाला गरेर अलपत्रमा पारेका छन्, उक्त घट्ना एकतर्फी प्रचार गरिएकोमा हाम्रो गम्भिर आपत्ति रहेको छ ।’

उक्त घट्नालाई एकतर्फी रुपमा मात्रै प्रचार गरी आफूहरुको सार्वजनिक जीवन र चरित्र हत्या गर्ने प्रयास भएको भन्दै त्यस्तो प्रयासको अन्त्य होस् भन्ने आफूहरुले चाहेको परिवारको भनाई छ ।

७८ वर्षीया छविलाल पौडेलको हालै आँखाको शल्यक्रिया गरिएको र उनी उच्च रक्तचाप र पिसावसम्बन्धी समस्याबाट ग्रसित रहेको परिवारले जनाएको छ । जारी विज्ञप्तीमा भनिएको छ,‘छविलाल पौडेल वनारसमा उत्तरमाध्यमा सिध्याएर २०२५ सालमा फुजेल फर्केर श्री भैरव आश्रम उच्च मावि जुन उहाँको बुवा मायानाथले स्थापना गर्नुभएको थियो, त्यहाँ ५ वर्षसम्म निःशुल्क अध्यायापन गर्नुभएको हो, त्यसपछि ३६ वर्षसम्म निरन्तर पढाउनुभयो, र २०५८ मा अवकार लिई त्यही स्कुलमा व्यवस्थापन समितिको अध्यक्ष भई ३ कार्यकाल काम गर्नुभयो, त्यसको साथै उहाँले २०२५ सालदेखि २०७० सालसम्म विकासका काममा निरन्तर लाग्नुभयो।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x