×

NMB BANK
NIC ASIA

पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरीफ स्वदेश फर्किने वित्तिकै पक्राउ, पासपोर्ट जफत

असार २९, २०७५

NTC
Premier Steels

लाहोर– जेल सजायँको फैसला सुनाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउ परेका छन् । बेलायतबाट शुक्रबार साँझ स्वदेश फर्किएका उनलाई लाहोर विमानस्थलबाट नियन्त्रणमा लिइएको पाकिस्नाती सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको छोरी मर्यामलाई पनि सँगै पक्राउ गरिएको छ । पक्राउ परेका दुबै जनालाई इस्लामावाद लगिएको छ भने   पासपोर्ट पनि जफत गरिएको छ । 

Muktinath Bank

एक हप्ता पहिले पाकिस्तानी अदालतबाट दश बर्षको जेल सजायँको फैसला भएकाले पक्राउ पर्ने खतरा हुँदाहुँदै  पनि शरीफ जेल जान तयार भएर स्वदेश फर्किएका हुन् । 
आसन्न निर्वाचनको पुर्वसन्ध्यामा देशका विभिन्न ठाउँमा एकैदिन भएका छुट्टा छुट्टै घटनामा परी कम्तीमा ४० जनाको मृत्यु भएको दिन शरीफ स्वदेश फर्किएका हुन् । 
पाकिस्तानमा यही जुलाई २५ तारिखका दिन निर्वाचन हुन लागेको छ । 
भ्रष्टाचार गरेको अभियोगमा उनलाई गत हप्ता दश बर्षे जेल सजायँको फैसला भएको थियो । निर्वाचनको पुर्वसन्ध्यामा गरिएको यो फैसलालाई अर्थपूर्ण र रणनीतिक रुपमा लिइएको छ । पूर्वप्रधानमन्त्री शरीफ आफ्नी श्रीमतीको क्यान्सरको उपचारका लागि केही समयदेखि बेलायतको लण्डनमा रहेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेता सरिफ गतवर्ष सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री पदबाट पदमुक्त भएका थिए ।  भ्रष्टाचारको अभियोग लागेपछि अनुसन्धान गर्नुपर्ने भएकाले उनी  प्रधानमन्त्री पदमा बसिरहन नमिल्ने आदेश अदालतले दिएको थियो । 


Advertisment
Nabil box
Kumari

उनलाई आगामी दिनमा राजनीतिक गतिविधि गर्न पनि प्रतिबन्ध लगाइएको छ भने एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको छ । 

Vianet communication

लामो समयदेखि चर्चामा रहेको पानामा पेपर्समा सार्वजनिक भएको सूचनाअनुसार लाभप्रद व्यवसायमा देश बाहिर परिवारको संलग्नतामा लगानी गरेको र त्यसको विवरण आफ्नो सम्पत्ति विवरणमा नदेखाएको आरोप सरिफमाथि थियो । 

पाकिस्तानको अदालतले सन् २०१२ मा तत्कालीन प्रधानमन्त्री युसुफ राजा गिलानीलाई पनि सत्ताको नेतृत्व सम्हालेकै समयमा तत्कालीन राष्ट्रपति असिफ अलि जर्दारीविरुद्ध भ्रष्टाचार आरोप लगाउन नमानेको निहुँमा अयोग्य घोषणा गरेको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x