×

NMB BANK
NIC ASIA

सुर्खेत- कर्णाली प्रदेशका विभिन्न जिल्लामा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदायले पहिलो पटक स्थायी परिचयपत्र पाएका छन् ।

Muktinath Bank

दैलेखको गुराँस गाउँपालिकाले उनीहरुलाई आज शनिबार स्थायी परिचयपत्र वितरण गरेको हो । उक्त परिचयपत्र वितरण गर्न सामाजिक सेवा केन्द्र सोसेकलेसमेत सहयोग गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राउटे समुदायले स्थायी परिचयपत्र पाएपछि अब सोही परिचयपत्रका आधारमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेछन् । तर गाँउपालिकाले स्थायी परिचयपत्र वितरण गरेतापनि राउटेहरुले भने लिन अन्कनाई रहेका थिए ।


Advertisment
Nabil box
Kumari

महामुखिया महिन बहादुर शाहीले आफूहरुलाई भत्ता भन्दा पनि खाद्यान्न आवश्यक रहेको बताए । उनले स्थायी परिचयपत्रले मात्रै आफूहरुको समस्या समाधान नहुने भन्दै बरु आफूहरुका जनता भोकै रहेको बताउँदै आफूहरुलाई सोही सहयोग गर्नुपर्ने बताए । स्थायी परिचयपत्रमा नाम, थर, जन्म मिति, ठेगाना, बुवा, आमाको नाम र पति, पत्नीको नाम उल्लेख गरिएको छ ।

Vianet communication

‘राउटे समुदायलाई राष्ट्रिय मूलधारमा ल्याउन, सामाजिक सुरक्षा भत्तामा एकरुपता ल्याउन, नेपाली नागरिकका रुपमा स्थापित गर्नका लागि स्थायी परिचयपत्र वितरण गरेका हौं’ गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले भने, ‘यसका साथै अध्ययन, अनुसन्धान, संरक्षण र सहयोगलाई एकद्धार प्रर्णालीमार्फत सञ्चालन गर्नका लागि दुई जना कर्मचारी पनि नियुक्त गरेका छौं ।’

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव गिरिजा शर्माले जंगलमा फिरन्ते जीवन विताउँदै आएको समुदायलाई राज्यको मूलधारमा ल्याउन परिचयपत्रले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उनले फिरन्ते जाती राउटेको आफ्नै मौलिकता रहेको बताउँदै सोही मौलिकतालाई प्रवृद्धन गर्दै अघि बढन सके पर्यटकीय गन्तब्यको रुपमा राउटेका बस्तिहरु बनाउन सकिने बताईन । उनका अनुसार राउटे जातीको उत्थानका लागि मन्त्रालयले बजेटको व्यवस्तथापन गरिसकेको छ ।

शनिबार गुराँस गाउँपालिका–८ स्थित पातलेखोलामा बस्दै आएका राउटे समुदायलाई बस्तीमै पुगेर परिचयपत्र वितरण गरिएको थियो । राउटे समूदायमा ४२ घरधुरी रहेकोमा गाउँपालिकाको तथ्यांक अनुसार १४९ जनसंख्या रहेको छ । मगन्ते बन्दै राउटे पहिले काठमा विभिन्न भाँडाहरु बनाएर जीविको पार्जन गर्ने राउटे समूदाय अहिले विस्तारै आधुनिकतातिर प्रवेश गर्न थालेको छ ।

राउटे समूदायले अहिले आधुनिकताका नाममा मदिरा, चुरोट, सुर्तीको माग गर्ने गरेका छन् । स्थानीय राकेश शर्माका अनुसार राउटे अहिले कुलतमा फसिसकेका छन । उनहरु विहानै मदिरामा झुम्म परेर बजारमा डुल्ने गरेका छन् । राउटे युवाहरुले आफ्ना पुर्खाहरुले सिकेको सीपलाई पनि विर्सदै गएकाले उनीहरुको कला र सीप समेत समाप्त हुने क्रममा रहेको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x