×

NMB BANK
NIC ASIA

कर्णालीमा ‘एकलौटी’ निर्णय : बाढीपीडित असन्तुष्ट, ढुक्क हुन नसकिने प्रतिक्रिया

साउन ७, २०७५

NTC
Premier Steels

सुर्खेत – कर्णाली प्रदेश सरकारले उच्च स्तरीय बाढी पीडित समस्या समाधान समिति गठन गरेकोप्रति बाढीपीडितले असन्तुष्टि व्यक्त गरेका छन् ।

Muktinath Bank

आइतवार आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको थियो । विगत ४ वर्षदेखि पालमुनि रात बिताउँदै आएका बाढीपीडितको सहभागिता बिनै समिति गठन गरिएपछि आपत्ति जनाइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बाढीपीडित संघर्ष समितिका सचिव बलबहादुर थापाले ‘जसको समस्या समाधान गर्नुपर्ने हो, उसैलाई समितिमा नराखिएको’ बताए । ‘बाढीपीडितहरू पालमा छन्, जंगलमा रात बिताउँदै कष्टकर जिन्दगी बिताउन बाध्य भएको ४ वर्ष पुगेको छ,’ उनले भने, ‘जसको समस्या समाधान गरिनुपर्ने छ, उनीहरूलाई नसोधेरै सरकारले एकलौटी समिति गठन गरेको छ । यसमा मेरो गम्भीर असहमति छ ।’


Advertisment
Nabil box
Kumari

बाढीपीडितको समस्या समाधान गर्न बनेको समितिले काम गर्ने अवधि नतोकिएको उनले बताए । ‘विगतमा पनि यस्ता समिति कैयौं बने भन्ने सुन्नमा आएको थियो । बिना समयतालिका गठन भएको समितिले हाम्रा समस्या समाधान गर्न सक्ला जस्तो लागेन,’ उनले भने । उनले सरकारले तत्काल मिति तोकेर बाढी पीडितलाई पनि समितिमा राख्नुपर्ने माग गरे ।

Vianet communication

समितिका अध्यक्ष खगिराम रेग्मीले तुरुन्तै सरकारले समस्या पहिचान गरेर तत्काल कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए । ‘सरकारले समिति गठन गर्नु स्वागतयोग्य भएपनि समितिमा सम्बन्धित पीडित पक्ष नराखिनु सरकार हाम्रा समस्याप्रति गम्भीर नहुनु हो जस्तो लाग्छ,’ उनले भने । तर, आफूहरूले सरकारलाई अहिलेसम्म पुर्नवासको लागि मागपत्र पेश नगरेको स्मरण गराए ।

‘हामीले लिखित रुपमा पुनर्वासको लागि अहिलेसम्म कुनै मागपत्र सरकारलाई दिएका छैनौं,’ अध्यक्ष रेग्मीले भने, ‘कम्तिमा त्रिपालमा कष्टकर जीवन जिउँदै आएका पीडितका समस्या थाहा पाउन हाम्रो पनि प्रतिनिधि त्यहाँ भएको भए प्रतिवेदन तयार गर्नमा सहयोग पुग्थ्यो । तर, समितिमा हामीलाई सरकारले वाइपास गर्यो ।’ मध्य वर्षात्मा सरकारले गरेको निर्णय सकारात्मक भएपनि समयमै त्रिपालबाट उन्मुक्ति पाउनेमा आफूहरू ढुक्क हुने अवस्था नरहेको रेग्मीले बताए ।

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ‘के काम कसरी गर्ने भन्ने सोही शक्तिशाली समितिले गर्ने’ बताए । ‘हामीले समितिलाई अधिकार सबै दिएका छौं । समितिले नै काम गर्नेछ,’ उनले भने, ‘मिति र कार्यविधि पनि सोही समितिले बनाउने छ ।’

मन्त्री ज्वालाले कम्तिमा १ जना बाढी पीडितबाट सदस्य बनाउने सम्भावना रहेको बताए । ‘हामीले १ जना समितिमा सम्बन्धित पक्षबाट राख्नुपर्ने थियो,’ उनले भने, ‘सायद समितिले आवश्यक कदम उठाउला ।’

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x