×

NMB BANK
NIC ASIA

लमजुङमा १ अर्ब ८ करोड रुपैयाँ अनुदान वितरण

साउन २३, २०७५

NTC
Premier Steels

लमजुङ - सरकारले लमजुङ जिल्लामा आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब ८  करोड २८  लाख रकम अनुदान रकम बितरण गरेको छ ।  लमजुङमा दुई सय २० भूकम्पपीडितले मात्र आवास निर्माणको तेस्रो किस्ता भुक्तानी लिएका छन् ।

Muktinath Bank

आर्थिक वर्ष ०७४/७५ मा २ सय २० लाभग्राहीले तेस्रो किस्ताबापतको रकम लिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लमजुङमा भूकम्पपीडित लाभग्राहीको संख्या १३ हजार ९ सय ५९ छ ।


Advertisment
Nabil box
Kumari

लाभग्राहीको संख्या ठूलो भए पनि अहिलेसम्म जम्मा दुई सय २० परिवारले मात्र भवन निर्माणको तेस्रो किस्ता रकम लिएका जिल्ला समन्वय समिति लमजुङका भूकम्पसम्बन्धी फोकल पर्सन शिव रेग्मीले जानकारी दिए । लमजुङमा ०७३/७४ मा पहिलो किस्ता लिने भूकम्पपीडितको संख्या ४ हजार २ सय ९५ थियो । आव ०७४/७५ मा पहिलो किस्ता लिने ८ हजार ८ सय ३६ थपिए ।

Vianet communication

अहिलेसम्म १३ हजार १ सय ३१ जनाले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ लिएका छन् ।

दोस्रो किस्ता लिने लाभग्राहीको संख्या ४ हजार २४ रहेको रेग्मीले जानकारी दिए । ‘प्राविधिकहरूले ढिलो काम सुरु गर्नु, प्राविधिकको संख्या कम हुनु र दुर्गम क्षेत्रबाट प्राविधिक जाँच प्रतिवेदन आउन ढिला हुनुजस्ता कारणले पुनर्निर्माणमा ढिलाइ भएको हो,’ रेग्मीले भने ।

 लमजुङमा अझैँ ८ सय २८ लाभग्राहीले पहिलो किस्ता भुक्तानी लिन बाँकी छ । बसाइँ सरी गएका र आएका, जग्गा धनी पुर्जा नभएका , अन्यत्र घर भएका लाभग्राही परिवारले पहिलो किस्ताकै रकम नबुझेका हुन् । जिल्लामा दुई सय घर गैरसरकारी संस्था कोपाडेसले निर्माण गरेको छ ।

त्यस्तै, १ सय घर वेलफेयरको सहयोगमा निर्माण भएको छ । च्वाइस नेपालको सहयोगमा ५३ घर, आई एन एफ नेपाल ले २७  घर निर्माण गरिरहेको  पुनर्निर्माण प्राधिकरणले जनाएको छ । यसैगरी प्रबलिकरण लाभग्रहि ५३९  मध्य २९५  जनाको खातामा प्रथम किस्ता बापतको ५० हजार  अनुदान प्राप्त गरेका छन् ।

भुगोल र लाभग्रहि संख्या अनुसारको प्रबिधिक नहुदा पुन निर्माणले गति लिन नसकेको जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २९, २०८१

​​​​​​हुन्डाई ​गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको सहायक कम्पनी लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)ले ​​'हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट' शुभारम्भ गरेक...

बैशाख २९, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

बैशाख २५, २०८१

नेपालका लागि टाटा मोटर्सको ​एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकवर्गहरूको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युन् पार्टसहरूको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण स...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x