×

NMB BANK
NIC ASIA

अर्काे विवाह : पुरुषले गरे जेल, महिलाले गरे स्वतः छुटकारा !

साउन २९, २०७५

NTC
Premier Steels

काठमाडौं– संविधान सभाबाट संविधान घोषणापछि बनिरहेका नयाँ ऐन कानूनमा पुरुषले अर्काे विवाह गरेमा जेल र महिलाले गरेमा छुटकारा मिल्ने खालको प्रावधान राखिएको छ ।

Muktinath Bank

महिलालाई कानूनले ‘कानून बमोजिम’ सम्बन्धविच्छेद नहुँदै अर्काे विवाह गर्न छुटकारा दिएको छ । यसरी अर्काे विवाह गरेमा हुने कारवाहीबारे कानूनमा केही पनि उल्लेख गरिएको छैन । तर, पुरुषले सम्बन्धविच्छेद नगरी अर्काे विवाह गरे बहुविवाहको कसूरमा सजाय हुने कानूनमा उल्लेख छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुलुकी देवानी संहिता ऐनको दफा (८२) ‘वैवाहिक सम्बन्ध अन्त्य भएको मानिने’ अन्तर्गत (ग) मा लेखिएको छ, ‘पत्नीले कानून बमोजिम सम्बन्धविच्छेद नहुँदै अर्को विवाह गरेमा ।’ यो व्यवस्था अनुसार सम्बन्धविच्छेद नहुँदै पत्नीले अर्काे विवाह गरेमा पतिसँग वैवाहिक सम्बन्ध अन्त्य भएको मानिने छ, अथवा सम्बन्धविच्छेद हुनेछ । यो कार्यलाई ऐनले कसूर भनेर किटान गरेको छैन र सजायको व्यवस्था पनि गरेको छैन ।


Advertisment
Nabil box
Kumari

‘बहुविवाह गर्न नहुने’ भनेर उल्लेख गरिएको मुलुकी अपराध संहिता ऐनको दफा १७५ मा लेखिएको छ, ‘विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्नु हुँदैन ।’ दफा बमोजिम ‘बहुविवाह कसूर गर्ने वा गराउने व्यक्तिलाई १ वर्षदेखि ५ वर्षसम्म कैद र १० हजार रूपैयाँदेखि ५० हजार रूपैयाँसम्म जरिबाना हुनेछ ।’

Vianet communication

‘कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरुषसँग कुनै महिलाले विवाह गर्नु हुँदैन’ भनेर सोही दफाको उपदफा (२) मा लेखिएको छ । महिलाले विवाहित पुरुषसँग विवाह गर्न नहुने भनेर कानूनमा उल्लेख भएपनि विवाहित महिलाले अविवाहित पुरुषसँग जुनसुकै अवस्थामा पनि विवाह गर्न छुटकारा दिइएको छ । सम्बन्धविच्छेद भएपछि चाहिँ पुरुषले पनि अर्काे विवाह गर्न पाइने उल्लेख छ । तर, महिलाले सम्बन्धविच्छेद नहुँदै पनि अर्काे पुरुषसँग विवाह गर्न पाउने छन् ।

कानूनविद्हरु भने विवाह सम्बन्धी व्यवस्था प्रचलित कानून बमोजिम नै भएको बताउँछन् । जिल्ला सरकारी वकिलको कार्यालय मोरङका प्रमुख पुन्य प्रसाद पाठक अहिले पनि महिलाले चाहेमा दोस्रो विवाह गर्न सक्ने कानूनी व्यवस्था रहेको बताउँछन् । तर महिलाले दोस्रो विवाह गरेको पुरुष विवाहित भएको र उससँग पहिले नै श्रीमती भएको अवस्थामा भने दोस्रो महिलाको विवाह कानून बमोजिम दण्डनीय हुने पाठकको भनाइ छ । 

मुलुकी ऐनमा पहिले जारी सम्बन्धी व्यवस्था थियो । सो व्यवस्थाअनुसार विवाहित महिलाले अर्कै पुरुषसँग विवाह गरे उनका पहिलेका श्रीमानले ‘जार’बाट कानूनबमोजिम विवाह खर्च भर्पाइ गर्न सक्थे । यस्तै भर्पाइ गराउन नचाहे कैद गराउन चाहेमा ‘जार’लाई ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था थियो । प्रचलनमा रहेको मुलुकी ऐनबाट उक्त व्यवस्था २०७१ सालबाट हटाइएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x