×

NMB BANK
NIC ASIA

अन्नानको निधनप्रति विश्वभरबाट शोक व्यक्त, कसले कसरी सम्झिए ?

भदौ २, २०७५

NTC
Premier Steels

जेनेभा- संयुक्त राष्ट्रसङ्घका पूर्व महासचिव कोफी अन्नानको शनिबार भएको निधनप्रति विश्वभरबाट दुःख व्यक्त गरिएका शोक सन्देशहरू प्राप्त भएका कोफी अन्नान फाउण्डेसनले शनिबार जानकारी गराएको छ । 
संयुक्त राष्ट्रसङ्घ प्रमुख एन्टोनियो गुटेर्रेसले शनिवार नै एक विज्ञप्ति जारी गरी राष्ट्रसङ्घका पूर्व महासचिव अन्नानप्रति गहिरो दुःख व्यक्त गर्दै अन्नान एक असल परिणामका लागि जीवनभर प्रतिवद्ध रहँदै समानताका लागि निरन्तर काम गरेको स्मरण गर्नुभएको छ । 
गुटेर्रेसले भन्नुभएको छ, “धेरै रूपबाट कोफी अन्नान संयुक्त राष्ट्रसङ्घ हुनुहुन्थ्यो ।” उहाँले राष्ट्रसङ्घलाई नयाँ सहस्राव्दीमा अतुलनीय उचाइमा पु¥याउनुभएको थियो । 
“अन्य साथीहरूलाई जस्तै मैले कोफी अन्नानलाई एक असल साथी भन्न पाउँदा मलाई गर्वको महशुस हुन्छ ।” 
यसैबीच घानाका राष्ट्रपति नाना आकुफो अड्डाले अन्नानको मृत्युले घाना स्तब्ध भएको भन्दै उहाँको सम्मानमा घाना तथा यसका कुटनीतिक नियोगहरूमा हक हप्ता आधा झण्डा झुकाएर शोक मनाउने बताउनुभएको छ । 
अमेरिकामा भएको सेप्टेम्बर ११ को घटनाले विश्व विक्षिप्त बनेका समय राष्ट्रसङ्घको प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका अन्नानले विश्वलाई शान्तिका लागि एक सक्षम नेतृत्व प्रदान गर्नुभएको राष्ट्रपति नानाले स्मरण गर्नुभएको छ । 
अन्नानले केन्यामा निर्वाचनपछि देखिएको राजनीतिक सङ्कटलाई सन् २००७ मा सफलतासाथ सम्पन्न गर्नुभएको थियो । 
फाउण्डेसनका उप प्रमुख, नर्वेका पूर्व प्रधानमन्त्री तथा विश्व स्वास्थ्य सङ्गठनका पूर्व प्रमुख ग्रो हार्लेम ब्रन्टल्याण्डले अन्नानको मृत्युपछि एक विज्ञप्ति जारी गरी कोफीले विश्वका लाखौँलाख मानिसको जीवन सुधारका लागि काम गर्नुभएको थियो । “आज उहाँको निधनप्रति शोक व्यक्त गर्दै गर्दा हामीले यो सङ्कल्प गर्छौँ कि आगामी दिनमा उहाँले देखाएको बाटो र मूल्यमान्यताप्रति इमान्दार रूपले काम गर्नेर्छौँ । हाम्रो लागि यही नै उहाँप्रतिको सच्चा सम्मान हुनेछ ।” 
उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रमुख तथा अर्का नर्वेली पूर्व प्रधानमन्त्री जेन्स स्टोलटेनबर्गले पनि अन्नानले कुनै व्यक्ति एकै समयमा ठूलो मानवीय सहयोगी र बलियो नेता बन्नसक्छ भन्ने देखाएर हामीबाट विदा हुनुभएको बताउनुभयो । 
“शनिबार राष्ट्रसङ्घ र विश्वले आफ्नो महान व्यक्तिलाई गुमाएको छ,” स्टोलटेनबर्गले भन्नुभयो । 
राष्ट्रसङ्घका मानबअधिकार मामिला हेर्ने उच्च नियोगका जेयद राद अल हुसेनले पनि अन्नानको निधनबाट आफु स्तब्ध भएको बताउनुभएको छ । उहाँले थप्नुभयो, “कोफी मानवीयता, इमान्दारिता र दयाका उत्कृष्ट उदाहरण हुनुहुन्थ्यो । विश्व उहाँको निधनबाट विश्वलाई अपुरणीय क्षति पुगेको छ ।” उहाँ हजारौँको साथी र लाखौँको नेता हुनुहुन्थ्यो । 
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि शनिबार नै पूर्व राष्ट्रसंघ प्रमुख अन्नानको निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रसंघ प्रमुख गुटेर्रेसलाई एक शोक सन्देश पठाउनुभएको छ । पुटिनले सन्देशमा लेख्नुभएको छ, “मैले यस घडीमा अन्नानकोे विवेक र शाहस र एकदम जटील अवस्थामा पनि सहज निर्णय दिनसक्ने क्षमताको प्रशंसा गर्न चाहन्छु ।” उहाँलाई रूसी नागरिकहरूले सधैँ स्मरण गरिरहनेछन् । 
बेलायती प्रधानमन्त्री टरिजा मेले अन्नान एक विशिष्ठ विश्वनेता तथा राष्ट्रसङ्घका सुधारक रहेको भन्दै अन्नानको स्मरण गर्नुभएको छ । त्यस्तै पूर्व प्रधानमन्त्री टोनी ब्लेयले अन्नान आफ्नो ‘एउटा असल’ साथी भएको बताउनुभएको छ । 
हामीले उहाँको शान्त र प्रतिवद्ध सोचलाई कहिल्यै बिर्सिने छैनौ । नत उहाँको सङ्घर्षशील भावनालाई हामीले बिर्सन सक्नेछौँ । 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत अन्नानको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले लेख्नुभएको छ, “नोबेल पुरस्कार विजेता व्यक्तित्व तथा राष्ट्रसङ्घका पूर्वमहासचिव कोफी अन्नानको निधनबाट हामी अत्यन्त मर्माहित भएका छौँ । विश्वले एक उत्कृष्ठ अफ्रिकी कूटनीतिज्ञ र मानव कल्याणका लागि काम गर्ने विश्व नेता मात्र होइन अन्तराष्ट्रिय शान्ति र सुरक्षाका लागि विवेकको नेतृत्वलाई पनि गुमाएका छौँ ।” 

Muktinath Bank

रासस/एएफपी


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x