×

NMB BANK
NIC ASIA

सिरियामा रुसी विमान खसाइएपछि इजरायलमाथि दोष

असोज २, २०७५

NTC
Premier Steels

काठमाडौं — रुसले सिरियामा आफ्नो एक सैन्य विमान खसाइएको र त्यसमा रहेका १५ सैनिकको मृत्युमा इजरायल दोषी रहेको बताएको छ । 

रुसको रक्षा मन्त्रालयले इजरायली जेटहरूले इल–२० विमानलाई सोमवार सिरियाली हवाई रक्षाको बाटोतर्फ जान बाध्य बनाएको बतायो । मस्कोलाई सिरियाली लक्ष्यमाथिको आक्रमणका लागि पर्याप्त चेतावनी नदिइएको पनि उसले बतायो । 

इल–२० विमान स्थानीय समयअनुसार राति ११ बजे राडारबाट हराएको थियो । 

इजरायलले यो आरोपको जवाफ दिन बाँकी छ । 

इजरायलले सिरियामा आक्रमण गरेको कमै मात्र स्वीकार गर्छ तर एक इजरायली सैन्य अधिकारीले विगत १८ महिनामा सिरियामा रहेका २०० इरानी लक्ष्यमा आक्रमण गरेको हालै बताएका थिए । 

सिरियामा इरानले सैन्य अड्डा जमाएर बसेको भन्दै इजरायल सरकारले चिन्ता व्यक्त गरेको छ । अनि लेबनानमा रहेको लडाकू समूह हेज्बोल्लाहलाई इरानले हतियार उपलब्ध गराएको पनि उसले आरोप लगाएको छ । हेज्बोल्लाह
सिरियाली सरकारी बलसँग मिलेर लडिरहेको छ ।

सोमवारको घटना सिरियाली तटबाट ३५ किलोमिटर छ भएको बताइएको छ । इल–२० रुसको हमेमिम हवाईअड्डाबाट फर्किरहेको थियो । 

रुसको तास समाचार संस्थाका अनुसार, इल–२० विमानलाई ‘लाटाकिया प्रान्तमा सिरियाली फसिलिटीमा चारवटा इजरायली एफ–१६ जेटले आक्रमण गर्दा हराएको’ लेख्यो । 

मंगलवार रुसको रक्षा मन्त्रालयले उक्त विमानलाई सिरियाले खसाएको बतायो ।

तर यसका लागि इजरायलका गैरजिम्मेवार कार्यहरूलाई दोष दिनुपर्ने उसको भनाइ छ । आक्रमण गर्नुभन्दा जम्मा एक मिनेटअघि उसले चेतावनी दिएकाले सैन्य सर्वेक्षण विमान भाग्न नपाएको उसले बतायो । 

विमानलाई ठ्याक्कै के भएको हो भन्ने प्रस्ट हुन सकेको छैन । त्यसलाई सोमवार साँझ लाटाकियानेरको अड्डामा फर्किरहेको राडारमा देखियो । 

खोजी तथा उद्धार कार्य जारी छ र हमेमिम अड्डामा रहेका सैनिकहरूसँग यसका लागि समन्वय गरिएको मन्त्रालयले जनाएको छ । 

बीबीसीबाट
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x