×

NMB BANK
NIC ASIA

गैरकानूनीरुपमा जटीबुटीकाे चोरी निकासी- अनुगमनकाे अभाव, ठेकेदारकाे मनोमानी

असोज ६, २०७५

NTC
सन्दर्भ तस्वीर
Premier Steels

बाजुरा-  जिल्लाको बुढीनन्दा नगरपालिका–४ कुरुका विभिन्न सामुदायिक वनबाट गैरकानूनीरुपमा जटीबुटी चोरी निकासी भइरहेको खुलासा भएको छ । राष्ट्रिय तथा सामुदायिक वनमा वन डिभिजन कार्यालयबाट निरन्तर अनुगमन नहुँदा ठेकेदार मार्फत मनोमानी गरेकाले जडीबुटीको तस्करी बढेको हो । 

तस्करी बढेको भन्दै स्थानीयवासीले उजुरी गरेपछि कुरुका माने रोकायाले सङ्कलन गरेको करीब रु १६ लाख बराबरको एक हजार १२ किलो ‘सेतक चिनी’ नामको जडीबुटी जङ्गलको बीचमा ढुङ्गाको ओडारमा लुकाएर राखेको अवस्थामा बरामद गरिएको उक्त कार्यालयका प्रमुख दानबहादुर श्रेष्ठले बताउनुभयो । 

बाजुरालगायत नेपालका नौ वटा जिल्लामा मात्र पाइने यो जडीबुटी ठेकेदार जङ्गवीर बोहराले रातारात लुकाएको र केही जडीबुटी खोलामा बगाएकोे अवस्थामा फेला परेको कोल्टी इलाका वन कार्यालयका प्रमुख रेञ्जर दिलीपकुमार यादवले बताउनुभयो । 

नेपाली बजारमा मूल्य प्रतिकेजी रु ५०० देखि ७०० सम्म पर्ने यो जडिबुटी यहाँबाट प्रत्येक वर्ष एक लाख १९ हजार केजी सङ्कलन गर्न पाउने गरी अनुमति दिइएको जिल्ला वन कार्यालयले जनाएको छ । 

यो जडीबुटी सङ्कलन गरेबापत ठेकेदारले प्रतिकेजी रु पाँच राजश्व तिर्नुपर्ने हुन्छ । यसको माग बढेसँगै मनोमानीरुपमा सङ्कलन पनि बढ्दै गएको र लगातार जडीबुटी सङ्कलनले वन नै सखाप भएकाले यसलाई बन्द गराउनका लागि उक्त कार्यालयमा ज्ञापनपत्र बुझाइएको हिमाली जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष बलबहादुर थापाले बताउनुभयो 

तस्करले वनका कर्मचारीको मिलोमतोमा कर्णालीको बाटो भएर भारत र हुम्लाबाट चीनतिर पठाउनेसमेत गरको आरोप लगाउँदै उहाँले भन्नुभयो, सेतक चिनी, भुल्तेलगायत बहुमूल्य जडीबुटी पनि अवैधरुपले जिल्ला बाहिर निकासी हुँदा पनि सम्बद्ध निकायले बेवास्ता गरेको गर्दै आएको थियो।” 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x