×

NMB BANK
NIC ASIA

यसरी भयो स्कुल बस र ट्रिपरका चालकबीच कुटाकुट

असोज ७, २०७५

NTC
Premier Steels

विराटनगर–आइतवार बिहान करिब ६ बज्नै लाग्दा मोरङको टंकीसिनवारी नजिकैबाट दुईवटा गाडी हुँकिँदै आउँदै थिए । एउटा स्कुल बस अर्को ट्रिपर । यी दुबै एकले अर्कोकोलाई कसरी हुन्छ उछिन्ने नै रणनीति बनाएको भान हुन्थ्यो ।

Muktinath Bank

तीब्रगतिका दुबै गाडी कोभन्दा को कम भन्दै एकले अर्कोलाई उछिल्ने क्रममा कन्चनवारीको एबी पेट्रोल पम्प नजिकै आइपुग्दा ट्रिपरले स्कुल बसलाई ठक्कर दियो । त्यही को १ ख ५३०० नम्बरको ट्रिपर चालकले को १ क २७१० नम्बरको स्कुल बसलाई रोके । गाडीबाट ओर्लिएर बसका चालकलाई मुक्काले मुखमा हाने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसरी हानेपछि विद्यार्थीहरु छक्क परे । अनि ति स्कुल बसका चालक बसबाट झरे र गाडीमा भएको रड निकाले अनि ट्रिपरका चालकलाई हातमा हाने । एकाएक स्थिती असामान्य बन्यो । बसका चालकले ट्रिपरको शिसा फुटाइ दिएपछि घटना थप उग्र बन्यो । 


Advertisment
Nabil box
Kumari

त्यहाँका केही रमितेहरूले घटनालाई थप मलजल गरेर उकास्ने र लडाउने खालको भूमिका खेलेको पनि देखियो । ट्रिपरका चालकको दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ । बसका चालकको मुखमा चोट लागेको छ । 
आक्रमक रुपमा मनपरी ट्रिपर चलाउने, दायाँबायाँका कुनै सवारीलाई साइड नदिने ट्रिपर चालकको प्रवृतीका कारण दुर्घटनाका घटनाहरु बढ्दै जान थालेको गुनासो पटकपटक आउने गरेको छ । आज बिहान भएको घटनाले पनि चालकहरुको अराजकताको कारण आफै अप्ठेरोमा परेको देखिएको पुष्टी गरेको छ । 

Vianet communication

विराटनगरमा स्कुल बस र ट्रिपर गर्दा सामान्य अन्यले सास्ती खेप्नु परेको स्थानीयको गुनासो छ । बुढीगंगा गाउँपालिका नेमुवामा रहेको स्मृती बोर्डिङ स्कुलको गाडीमा विराटनगरमा रहेको कान्तिपुर कलेजका विद्यार्थी लिएर आएको बसलाई लक्षित गरी ट्रिपरले ठक्कर दिएको बताइन्छ । 

विराटनगरका स्कुल बसका चालकहरुले बस अत्याधिक गतिमा चलाउने गरेको पाइएको छ । पछिल्ला केही दिनमा स्कुल बस र ट्रिपरको ठक्करबाट धेरै घाइते भएका छन् भने कतिपयले ज्यानै गुमाएका छन्  । घटना न्यूनिकरणको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले कन्जुस्याई गरेको स्थानीयको आरोप छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x