×

NMB BANK
NIC ASIA

कर्णालीवासीका लागि 'निल्नु न ओकल्नु' बन्दै अपर कर्णाली हाइड्रो

असोज २८, २०७५

NTC
Premier Steels

सुर्खेत-  कर्णालीवासीका लागि अपर कर्णाली हाइड्रो पावर निल्नु न ओकल्नु भएको छ । स्थानीय आठबीस नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका र अछामका जनताकालागि जिएमआर निल्नु न ओकल्नु बनेको हो ।

Muktinath Bank

यति मात्रै होइन प्रदेश सरकारकालागिसमेत जिएमआर घाँडो बन्दै गएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

४६ हेक्टर जमिन अधिग्रहण गर्नुपर्नेमा अहिलेसम्म दैलेख र अछाम गरी जम्मा ७ हेक्टर जमिनमात्रै जिएमआरले अधिग्रहण गरेको छ ।


Advertisment
Nabil box
Kumari

स्थानीय तिलक बहादुर शाहीले जिएमआरले आयोजनालाई ओगटेर राख्ने र कर्णालीको विकास नगर्ने योजनागत षडयन्त्र भएको बताए । उनले आयोजना निर्माणकर्ता कम्पनीले जनतालाई झुलाईरहेको बताए ।

Vianet communication

आयोजना निर्माण हुने र जनताले लाभ पाउने आशामाथि जिएमआरले खेलवाड गरेको छ । उनले भने, एक त आयोजना देशकै हितमा छैन, हितमा भएपनि कार्यान्वयन नगर्ने प्रचलनका कारण आयोजना आझेलमा परेको हो । उनका अनुसार डुवानमा पर्ने जमिनको जिएमआरले प्रति रोपनी साढे आठ लाख मुआव्जा दिएको छ ।

उक्त मुआव्जा गत वर्ष केहिलाई पेश्की स्वरुप नै जिएमआरले दिएको थियो । धेरै ठूलो विवादका बीच कम्पनीलाई काम गर्न दिइएपनि जिएमआरले योजना बनाउन भन्दा योजनालाई होल्ड गरी राख्ने मनसाय देखाएको उनको भनाई थियो ।

अर्का स्थानीय जीवन थापा भने जिएमआरले आयोजनामा काम गर्नेबारे विश्वास नै गर्न नसकिने बताए । यदि जिएमआर काम गथ्र्यो भने उहिले नै जमिन अधिग्रहण गरेर यतिबेलासम्म आधा सूरुंग निर्माण गरिसक्नु पर्ने थियो । उनले भने, सरकारहरु नै भारत परस्त भएका कारण होला जिएमआरलाइृ हरेक वर्ष म्याद थप गर्ने गरेको । उनले जनताले अब अपर कर्णाली बन्छ भन्ने आश गर्न छोडेको बताए । अब त हामीले जिएमआर कम्पनीले अपर कर्णाली बनाउला भन्ने आश गर्न छोडिसक्यौं । उनले भने, जिएमआरले आयोजनालाई हातमा लिएर नेपाललाई नै विकास निर्माणमा अघि बढन दिने चाल देखाएन ।

नेपालकै सबैभन्दा सस्तो आयोजनाको रुपमा लिने गरिएको अपर कर्णालीलाई प्रदेश सरकारले नै बनाउनुपर्ने आवाज कर्णालीमा उठन थालेको छ । पत्रकार दिपक बुढाले अब कर्णाली प्रदेश सरकारले नै आयोजना निर्माण गर्ने बारे सोच्ने बेला आएको बताए । अब प्रदेश सरकारले नै अपर कर्णाली बनाउने र प्रदेशको समृद्धिको आधारको रुपमा स्थापित गर्ने उदेश्यका साथ अघि बढनु वाञ्छनीय छ । पत्रकार बुढाले लोकान्तरसँग भने, नभए यो आयोजना कहिल्यै बन्ने छैन र कर्णाली सधैं परनिर्भर भइरहनेछ ।

अपर कर्णाली हाइड्रो नेपालकै लगानीमा बनाउनुपर्ने आवाज अहिलेसम्म उठेपनि अहिले प्रदेश सरकारले नै बनाउनुपर्ने धारणा बलियो बन्दै गएको छ । सुर्खेतका व्यवसायी तिलकराम अधिकारीले सकेसम्म प्रदेश सरकारले नै लगानी जुटाएर पूर्ण क्षमताको हाइड्रो निर्माण गर्नुपर्ने बताउँछन । अब घर आँगनमै प्रदेश सरकार आइसकेको छ । उनले भने, अब कर्णालीको विकास गर्न भनेर उर्जावान सरकार आएको छ । सरकारले अब अप्पर कर्णाली जलविद्युत आयोजनाको जिएमआरसँग भएको सम्झौता खारेज गर्न संघ सरकारसँग अनुरोध गरेर आफैले निर्माण गर्न पहल गर्न आवश्यक छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x