×

NMB BANK
NIC ASIA

हेटौँडालाई स्थायी राजधानी बनाउन माग

असोज २९, २०७५

NTC
Premier Steels

हेटौँडा- मकवानपुरको हेटौँडामा स्थायी राजधानी राख्नका लागि आवश्यक पर्याप्त पूर्वाधार, स्वच्छ वातावरण भएकाले राजनीतिक विवादभन्दा माथि उठेर ३ नं प्रदेशसभाका सदस्य, केन्द्रीय सरकार र प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ । 
मकवानपुर जिल्ला समन्वय समितिको आज यहाँ सम्पन्न भएको तेस्रो जिल्ला सभा भेलाले सर्वसम्मतरुपमा हेटौँडामा स्थायी राजधानी राख्ने निर्णय गरेको हो । 

Muktinath Bank

मकवानपुर जिल्लाबाट निर्वाचित जनप्रतिनिधिका लागि आफ्नो पहिचान राख्न एकरुपता कायम गर्न आपसी सम्मानका लागिसमेत औपचारिक कार्यक्रमको प्रयोजनका लागि पोशाक र जिल्लाको पहिचान झल्किने लोगो निर्धारण गर्ने निर्णय पनि गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी सोही भेलाले नदीजन्य बालुवा, गिट्टी, ढुङ्गा उत्खनन, ओसार–पसार र निकासी गर्ने क्रममा प्राकृतिक सम्पदालाई अनियन्त्रित चोरीबाट जोगाउन नयाँ कानूनी मापदण्ड तयार गरी कार्यान्वयन गर्न केन्द्रीय सरकार र प्रदेश सरकारलाई पहल गर्ने निर्णय गरेको छ । सर्वसाधारण नागरिकको निजी घर निर्माण र विकास योजना निर्माणका लागि चाहिने ढुङ्गा, गिट्टी, बालुवा सामग्री सुलभ ढङ्गबाट उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयलाई माग गरिने भएको छ । 


Advertisment
Nabil box
Kumari

भेलाले विपत् व्यवस्थापन, पूर्वाधार संरक्षणमा गाउँपालिकाले नदीजन्य स्रोतबाट उठेको रकमको कम्तीमा २० प्रतिशत रकम प्रभावित क्षेत्रमा संरक्षणसम्बन्धी कार्यक्रममा लगानी गर्न जिल्ला समन्वय समितिले सहयोग र सहकार्य गर्ने निर्णय गरेको छ । 

Vianet communication

समारोहमा मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले स्थानीय निकायको क्षमता अभिवृद्धि गरी जनतालाई दिगो लाभ दिने विकास आयोजना सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिनुभयो । 

भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, मनहरि गाउँपालिकाको अध्यक्ष एकराज उप्रेती, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा, थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट र हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मीना लामाले हेटाँैडाबाट काठमाडौँ जोड्ने सुरुङ्गमार्गको निर्माण कार्यलाई सहज तुल्याउन र स्थानीय तहको विकास निर्माणका लागि योजना र बजेट यथाशीघ्र उपलब्ध गराउन आग्रह गर्नुभयो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x