×

NMB BANK
NIC ASIA

एक करोडको लागतमा गाउँपालिकाको भवन निर्माण

कात्तिक ५, २०७५

NTC
सन्दर्भ तस्वीर
Premier Steels

बनेपा-जिल्लाको विकट क्षेत्र डाँडापारिमा अवस्थित महाभारत गाउँपालिकाले करीब रु एक करोडको लागतमा गाउँपालिकाको भवन निर्माण गरेको छ । सङ्घीय संरचनाअनुसार स्थानीय तह गठन भएपछिको पहिलो निर्वाचनबाट निर्वाचित भएपछि जनप्रतिनिधिले भवन अभावका कारण महाभारत गाउँपालिकाको वडा नं ६ स्थित चौरमा नै उभिएर शपथग्रहण गरेका थिए । 

Muktinath Bank

गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले चौरमा नै उभिएर शपथग्रहण गरेको र अहिले गाउँलेको ठूलो सहयोगबाट १६ रोपनी जग्गा प्राप्त गरी गाउँपालिकाको आफ्नै भवन निर्माण गर्न सफल भएको बताउनुभयो । 
शुरुमा अस्थायी केन्द्रका रुपमा वनखुको कोलटारमा तोकिएको भए पनि सबैको पायक पर्ने ठाउँमा केन्द्र नभएको भन्दै केन्द्र सार्नुपर्ने माग बढ्दै गएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष जिम्बाका अनुसार पछि सबैको सहमतिमा सबै वडाका बासिन्दालाई पायक गर्ने स्थान देवीटारमा सार्ने सहमति भएपछि जग्गा उपलब्ध भएका कारण कार्यालय निर्माण गरेको हो । गाउँपालिकाको कार्यालय निर्माण गर्न आर्थिक वर्ष २०७४/०७५ को बजेटबाट रु एक करोड ४० लाख छुट्याएकोमा करीब रु एक करोडमा निर्माण गर्ने ठेक्का सम्झौता भएपछि अहिले आठ कोठे भवन र एउटा हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । 


Advertisment
Nabil box
Kumari

गाउँपालिका–६ वडाका वडाध्यक्ष रमेश लुंगेली मगरले गाउँपालिकाको लागि जग्गा प्राप्त गर्न १७ जना वडा बासिन्दाले सहयोग गरेको बताउनुभयो । उहाँले बुम्बा दोर्जे लामाले दुई रोपनीभन्दा बढी जग्गादान गरेको र जग्गादान गर्ने अन्य दातामा भीमबहादुर थिङ, लवध्वज वाइबा, बमबहादुर अस्तानी, छेवाङ दोर्जे लामा, पदमबहादुर माझी, भोरसबहादुर मोक्तान र दर्जमान मोक्तान रहेको उल्लेख गर्नुभयो । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x