×

NMB BANK
NIC ASIA

पुरानो पार्टीसँग सम्बन्ध तोडेर नयाँ दलमा गए राजपक्षे

कात्तिक २६, २०७५

NTC
Premier Steels

काठमाडौं —  श्रीलंकाको राजनीतिक संकट तत्कालै अन्त्य हुने लक्षण देखिएको छैन । विवादास्पद कदम उठाउँदै राष्ट्रपति मैत्रीपाला सिरिसेनाले रनिल विक्रमसिंघेलाई हटाएर महिन्दा राजपक्षेलाई प्रधानमन्त्री बनाएका थिए ।

आइतवार राजपक्षेले श्रीलंका फ्रीडम पार्टीसँगको ५० वर्ष पुरानो सम्बन्ध तोडेर श्रीलंका पीपुल्स पार्टीको सदस्य बनेका छन् । 

राजपक्षेको यो कदमले जनवरी ५ मा हुने चुनावमा उनी सिरिसेनाको पार्टीमुनि नभई आफ्नै पार्टीबाट चुनाव लड्ने संकेत पाइएको छ । 

पूर्वराष्ट्रपति राजपक्षेले आफ्नै समर्थकहरूले बनाएको पीपुल्स पार्टीको आइतवार सदस्यता लिएका हुन् । फ्रीडम पार्टीका संस्थापक राजपक्षेका पिता थिए । उनले सन् १९५१ मा यो पार्टी बनाएका थिए । 

गत वर्ष राजपक्षे समर्थकहरूले पीपुल्स पार्टी बनाएका थिए र उनलाई राजनीतिमा फर्काउनका लागि बाटो खोलेका थिए । पार्टीले फेब्रुअरीमा भएको स्थानीय परिषद्का चुनावमा दुई तिहाइ सीट जितेको थियो । 

सन् २०१५ मा भएको राष्ट्रपति निर्वाचनमा ७२ वर्षीय राजपक्षे आफ्ना डेप्युटी सिरिसेनासँग हारेका थिए । सिरिसेनाले विक्रमसिंघेको युनाइटेड नेसनल पार्टीको समर्थन लिएका थिए । 

पछि सिरिसेना र विक्रमसिंघेबीच अधिकारको बाँडफाँडमा विषयमा तनाव भएको थियो । अक्टोबर २६ मा सिरिसेनाले विक्रमसिंघेलाई पदबाट हटाएर राजपक्षेलाई प्रधानमन्त्री बनाएका थिए । 

सिरिसेनाले नोभेम्बर १६ सम्म संवैधानिक गतिविधि रोकिदिएका थिए । घरेलु तथा अन्तर्राष्ट्रिय दबाबमा नोभेम्बर १४ मा उनले संसद् चलाउने अनुमति दिएका थिए । 

तर शुक्रवार सिरिसेनाले संसद् भंग गरेर जनवरी ५ मा तत्कालै चुनाव गराउने आदेश दिएका थिए । राजपक्षेले संसदमा बहुमत पाएका थिएनन् । पदमा कायम रहनका लागि उनले कम्तीका ११३ सदस्यको समर्थन लिनुपर्ने हुन्छ ।

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x