×

NMB BANK
NIC ASIA

महासमिति बैठक नजिकिँदै गर्दा जुर्मुराए कांग्रेसको नयाँ पुस्ताका नेता, बदलिँदै समीकरण

कात्तिक २९, २०७५

NTC
Premier Steels

काठमाडौं – महासमिति बैठक नजिकिँदै गर्दा नेपाली कांग्रेसमा नयाँ पुस्ताका नेताहरू जुर्मुराउन थालेका छन् ।

Muktinath Bank

गत वर्ष मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा पार्टीको पराजयपछि शीघ्र महासमिति बैठक बोलाउन दबाब सिर्जना गरेका युवा नेताहरू फेरि सक्रिय भएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संगठनात्मक र विधान संशोधनमार्फत् कांग्रेसको पुनर्संरचनाका लागि उनीहरूले समानान्तर प्रस्ताव बहसमा लैजाने तयारी गरेका छन् । 


Advertisment
Nabil box
Kumari

कांग्रेसको महासमिति बैठक मंसिर २८ देखि ३० सम्म काठमाडौंमा गर्ने तयारी छ । 

Vianet communication

महासमिति बैठकमा लैजाने राजनीतिक र विधान संशोधन प्रस्तावको विषयमा छलफल गर्न कांग्रेसको नयाँ पुस्ताका नेताबीच बुधवार काठमाडौंमा छलफल भएको छ । 

केन्द्रीय सदस्य गगन थापा, चन्द्र भण्डारी, गुरुराज घिमिरे, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियारलगायत केन्द्रीय सदस्यहरू बुधवारको भेलामा उपस्थित थिए ।

बुधवार सहभागी नभएका प्रदीप पौडेल, रामकृष्ण यादव र कमला पन्तसहित शुक्रवार या शनिवार पुनः अर्को भेला गर्ने उनीहरूको तयारी छ । 

ʻ२०१५ सालमा बीपीले ल्याएको अवधारणले बदलिँदो समयमा जनताको मन जित्न सकिँदैन, त्यसैले नयाँ राजनीतिक सिद्धान्तबारे छलफल गर्नुपर्छ भन्ने हामीहरूको सोच हो,ʼ भेलामा सहभागी एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने । 

महासमिति बैठकमा उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको समितिले पेश गर्ने राजनीतिक प्रतिवेदन तथा महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको समितिले पेश गर्ने विधान संशोधन प्रस्तावलाई चुनौती दिनेगरी समानान्तर प्रतिवेदन ल्याउने युवा नेताहरूको तयारी छ । 

कांग्रेस विधानमा रहेको क्रियाशील र सक्रिय सदस्यताको व्यवस्था हटाउने उनीहरूको प्रस्ताव छ । 

ʻलोकतन्त्रको रक्षा र मुलुकको समृद्धिका लागि कांग्रेसलाई रिभाइज गर्नुपर्छ, आफू नबदलिने हो भने कांग्रेसलाई रिभाइज गर्न सकिँदैन भन्ने हामीहरूको दबाब हो,ʼ केन्द्रीय सदस्य धनराज गुरुङले लोकान्तरसँग भने । 

कांग्रेसमा फेरिँदै समीकरण 

महासमिति बैठक नजिकिँदै गर्दा नेपाली कांग्रेसमा समीकरण फेरबदल देखिएको छ । आगामी वर्षको फागुनमा हुने महाधिवेशनलाई लक्षित गर्दै कांग्रेसमा समीकरण फेरबदल हुन लागेको हो । 

यसअघिको महाधिवेशनमा सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा चुनाव लडेका अर्जुननंसिह केसीसहित रामचन्द्र पौडेल पक्षका नेताहरूबीच छलफल भएको छ । 

नेतृ सुजाता कोइरालाको निवमासमा केहीदिन पहिले पौडेल समूहका नेताहरूबीच छलफल भएको थियो । आगामी महाधिवेसनमा सभापतिका लागि साझा उम्मेदवारी दिने भन्दै कोइराला परिवारका तीन नेताहरू डा शशांक कोइराला, शेखर कोइराला र सुजाता कोइरालाबीच पटक–पटक छलफल हुँदै आएको छ । 

शशांक सभापतिमा उठेमा आफू पनि सभापतिमा लड्ने बताएका प्रकाशमान सिंह पनि बैठकमा उपस्थित थिए । उनीहरूले महासमिति बैठकमा एकजुट भएर जाने निर्णय गरेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x