×

NMB BANK
NIC ASIA

पार्टी नीति र संविधान विपरीत हिन्दू धर्मको एजेण्डा उठाएको भन्दै शशांकको आलोचना

मंसिर २४, २०७५

NTC
Premier Steels

काठमाडौं– पार्टी नीति र संविधानको व्यवस्था विपरीत हिन्दू राष्ट्र पुनस्र्थापनाको कुरा गरेको भन्दै कांग्रेस केन्द्रीय समितिमा महामन्त्री डा. शशांक कोइरालाको आलोचना भएको छ ।

Muktinath Bank

केही केन्द्रीय सदस्यले महामन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिमा लगाम लगाउनुपर्ने माग गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौंमा जारी बैठकमा केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले महामन्त्रीको अभिव्यक्तिले पार्टीलाई घाटा पुगिरहेको बताए । अर्का केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले पनि हिन्दू धर्मको एजेण्डा उठाएको भन्दै महामन्त्री कोइरालाको आलोचना गरेका थिए । 


Advertisment
Nabil box
Kumari

अघिल्लो पटक बसेको केन्द्रीय समिति बैठकमा कृष्णप्रसाद सिटौलाले पनि महमन्त्रीले जथाभावी बोल्न नहुने भन्दै आलोचना गरेका थिए । कोइरालाले पटक–पटक हिन्दू राष्ट्रको विषयमा जनमत संग्रह गर्नुपर्ने कुरा उठाउँदै आएका छन् । 

Vianet communication

ʻएउटा धर्म विशेषको कुरा गर्नु पार्टी नीति र कांग्रेसको नेतृत्वमा जारी गरिएको संविधान विपरीतको कुरा हो,ʼ विश्वकर्माले केन्द्रीय समिति बैठकमा भनेका थिए, ʻकांग्रेस संस्थापक बीपी कोइरालाले २०१५ सालको चुनावी घोषणा पत्रमा पनि धार्मिक स्वतन्त्रता लेख्नुभएको छ । ७० वर्षको एजेण्डा छाडेर तपाईं धार्मिक स्वतन्त्रताको खिलापमा पार्टीको झण्डा विपरीत जान मिल्छ ?ʼ

कांग्रेसको झण्डामा अंकित चार तारामध्ये एउटा ताराको अर्थ धार्मिक स्वतन्त्रता भएकोले धार्मिक स्वतन्त्रता नै कांग्रेसको नीति हुनुपर्ने धारणा राखेको विश्वकर्माले लोकान्तरलाई बताए । 

विश्वकर्माले गणतन्त्र र समावेशीको खिलाफमा बोल्दा पार्टीलाई नोक्सानी भएको बताएका थिए । ʻदेशमा विविधता छ, त्यो कुरालाई हटाउनका लागि कांग्रेस नेतृत्वमा जारी भएको संविधानले समावेशीको मुद्दा मूल रूपमा अपनाएको छ,ʼ उनले भने ʻआरक्षणको विरोधले पार्टीलाई घाटा पुर्‍याएको छ ।ʼ

पटक–पटक लोकतन्त्रको घाँटी निमोठेको राजतन्त्रलाई गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनले राजालाई हटाएकाले राजतन्त्रबारे सोच्नुपर्छ भन्ने महामन्त्रीको अभिव्यक्तिका विषयमा समेत उनले आलोचना गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x