×

NMB BANK
NIC ASIA

धान खरिदको व्यवस्थाले किसानलाई मूल्यमा राहत

मंसिर २७, २०७५

NTC
Premier Steels

धनगढी– नेपाल खाद्य संस्थानले किसानको धान खरिद गर्न थालेसँगै व्यापारीले संस्थानले तोकेको मूल्यभन्दा केही बढी मूल्य तोकेर धान खरिद गर्न थालेका छन् । 

Muktinath Bank

संस्थानले धान खरिदको व्यवस्था गरेसँगै किसानले धान बिक्री गर्दा मूल्यमा व्यापारीबाट हुने मोलमोलाइको समस्या हटेको किसानले बताएका छन् । संस्थानले मोटो धान प्रतिक्विन्टल रु दुई हजार ३३१ मा खरिद गर्न शुरु गरेपछि धान खरिदको कारोवार गर्ने व्यापारीले धान खरिद मूल्य बढाएर प्रतिक्विन्टल रु दुई हजार ४०० पु¥याएको स्थानीय किसानले बताएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संस्थानले धान खरिद गर्नुअघि व्यापारीले प्रतिक्विन्टल रु दुई हजार २०० देखि दुई हजार २५० मा धान खरिद गर्दै आएका थिए । संस्थानको सेती अञ्चल कार्यालय धनगढीले कैलाली जिल्लाको टीकापुर, सत्ती, भजनी, जोशीपुर, मुनुवा र मोहनपुरमा काँटा सञ्चालन गरी नयाँ धान खरिद शुरू गरेको हो । 


Advertisment
Nabil box
Kumari

संस्थानले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न थालेको हो । संस्थानले तोकिएको मूल्यमा धान खरिदको व्यवस्था गर्दा मूल्य नियन्त्रण हुनाका साथै व्यापारीको धान खरिद मूल्यमा देखिने एकाधिकार हटेको किसान रामदिन रानाथारूले बताए ।

Vianet communication

“संस्थानले मूल्य तोकेर धान खरिदको व्यवस्था मिलाउँदा किसानले धानको उचित मूल्य पाउन थालेका छन्”, उनले भने, “संस्थानले मूल्य समयमै नतोक्ने गर्दा किसानले आफ्नो धान बेच्ने समयमा व्यापारीले गर्ने मोलमोलाइको मारमा पर्ने गर्दछन् ।” 

सरकारले प्रतिक्विन्टल मोटो धान रु दुई हजार ३३१ र मध्यम धानको रु दुई हजार ४६० न्यूनतम समर्थन मूल्य तोकेको छ । कैलालीमा मध्यम र मसिनो धानको कारोवार नगण्यरूपमा मात्र हुने गरेको छ । घरायसी प्रयोजनका लागि मात्र किसानले मसिनो धान खेती गर्ने गरेका छन् । संस्थानले यस वर्ष ५० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको छ । गएको वर्ष संस्थानले करीब ४५ हजार क्विन्टल धान खरिद गरेको थियो । 

यस क्षेत्रको पहाडी जिल्लामा ५० हजार क्विन्टल बराबरको चामल खपत हुने गरेकामा संस्थानले सोही परिमाणमा धान खरिदको लक्ष्य राखेको संस्थानका जिन्सी फाँटका अधिकृत धर्मराज पन्तले बताए ।

कैलाली जिल्लाका किसानको मुख्य आम्दानी स्रोत धान बाली रहेको छ । घर खर्चका साथै अन्य कामका लागि चाहिने नगदको जोहो धान बिक्री गरेर किसानले पूर्ति गर्ने गरेका छन् । कैलाली जिल्लामा ७२ हजार ५०० हेक्टर क्षेत्रफलको जग्गामा बर्खे धान बालीको खेती गर्ने गरिएकामा प्रतिहेक्टरमा तीन टन धान उत्पादन हुने गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x