वेद किन पढ्ने, चारवटा वेदमा के छ त्यस्तो ?

पुस २३, २०७५

हिन्दू सभ्यताको सबैभन्दा प्रचीन ग्रन्थ हो वेद । वेद संस्कृत शब्द विद्बाट बनेको जसको अर्थ हुन्छ जान्नु । 

पूर्वीय धर्म दर्शहरुका अनुसार वेद ईश्वरद्वारा ऋषिहरुलाई सुनाएको ज्ञानमा आधारित छ । यसकारण यसलाई श्रुति(सुनेर भन्ने) भनिन्छ । लामो समयसम्म जब लिपिकला विकसित भएको थिएन तब यो श्रुतिको रुपमा प्रचलित थियो । 


ADVERTISEMENT

वेदमा परम सत्य ईश्वरको वाणी संग्रहित गरिएको छ । 

ब्रह्म के हो ? जीव के हो ? आत्मा के हो ? ब्रह्माण्डको उत्पत्ति कसरी भएको थियो ? ज्योतिष, गणित, रसायन, औषधि, प्रकृति, खगोल, भूगोल, धार्मिक नियम यी सबै विषयहरुको विस्तृत व्याख्या वेदमा गरिएको छ । 

सम्पूर्ण पिण्ड–ब्रह्माण्ड तथा परमात्माको जानकारी भएको विज्ञान वेद हो । वेद मानव सभ्यता, भारत खण्डको संस्कृतिको मूल श्रोत हो । यसमा मानव जीवनको लौकिक एवं परलौकिक उन्नतिका लागि उपयोगी सबै सिद्धान्त एवं उपदेशको उद्भुत सम्बन्ध स्थापित गर्ने गुदी रहस्य दिइएको छ । भौतिक विज्ञान अहिलेसम्म यस क्षेत्रका बारेमा सामान्य जानकारी मात्र प्राप्त गर्न सकिरहेको छ । वेदमा आध्यात्मिक ज्ञानका साथ–साथ विज्ञान, कला, संगीत तथा आयुर्वेदको ज्ञान पनि छ । सबै वेद संस्कृत भाषामा रचना गरिएको छ । वेदलाई चार भाग लगाइएको छ अर्थात वेद चार प्रकारका छन् । 

१. ऋग्वेद

ऋक अर्थात स्थिती तथा ज्ञान । ऋग्वेद सबैभन्दा पहिलो वेद हो जो पद्यात्म छ । यो सबैभन्दा प्राचिन वेद हो जसमा १० मण्डल तथा १०२८ सुक्त तथा ११ हजार मन्त्रको वर्णन पाइन्छ । गायन्त्री मन्त्रको उल्लेख पनि ऋग्वेदमा नै पाइन्छ । ऋग्वेदको मन्त्र उच्चारित गर्ने वाला ऋषिलाई होतृ भनिन्छ । यस वेदमा ५ शाखा छन्– शाकल्प, वास्कल, अश्वलायन, शांखायन, मंडूकायन । 

यसमा भौगोलिक स्थिति तथा देवताका आवाहन मन्त्रसँग छ । ऋग्वेदको ऋचामा देवताको प्रार्थना, स्तुती तथा देवलोक उनीहरुको स्थितिको वर्णन गरिएको छ । 

ऋग्वेदको पहिलो र १० औं मण्डल सबैभन्दा अन्तमा जाडिएको र दोस्रो मंडलबाट लिएर नवौं  मण्डलसम्मका सबै मण्डल प्राचिन हुन् । ऋग्वेदको आठौं मण्डलको हस्तलिखित ऋचाहरुलाई खिल भनिन्छ । 

ऋग्वेदको ऋचाहरुमा देवताको प्रार्थना, स्तुति तथा देवलोकमा उनीहरुको अवस्थाको वर्णन गरिएको छ । यसमा जल चिकित्सा, वायु चिकित्सा, सौर चिकित्सा, मानस चिकित्सा तथा हवन चिकित्सा आदीको पनि जानकारी छ । यसमा औषधिको संख्या १२५ करिब बताइएको छ जो १०७ स्थानमा पाइने बताइएको छ । औषधिमध्ये सोमको विशेष महत्व वर्णन गरिएको छ ।

२. यजुर्वेद

यजुको अर्थ हुन्छ यज्ञ । यसका लागि यजुर्वेदमा यज्ञ(हवन) गर्ने सबै विधि तथा यज्ञसँग जोडिएका सबै मन्त्रहरुको उल्लेख गरिएको छ । यज्ञका अलावा तत्वज्ञान, रहस्यमयी ज्ञान, ब्रह्माण, आत्मा, ईश्वर तथा पदार्थको ज्ञानको पनि वर्णन हो । यजुर्वेदको मन्त्रको उच्चारण गर्ने वाला पुरोहितलाई अध्वुर्य भनिन्छ । यजुर्वेद एकमात्र यस्तो वेद हो जो गद्य तथा पद्य दुबैमा मा लेखिएको छ । यजुर्वेदमा दुई भाग छन् कृष्ण तथा शुक्ल । 

कृष्ण– वैशम्पायन ऋषिको सम्बन् कृष्णसँग छ । कृष्णको चार शाखा छन् । 

शुक्ल–याज्ञवल्क्य ऋषिको सम्बन्ध शुक्लसँग छ । शुक्लका दई शाखा छन् । यसमा ४० अध्याय छन् ।

३. सामवेद

सामको अर्थ हुन्छ गान –गायन) । यसकारण भारतीय संगीतको मूल आधार सामवेदलाई मानिने गरिएको छ । जो व्यक्ति शास्त्रीय संगीत सुन्छन् उनीहरुलाई थाहा छ यो संगीत सुन्न कति आनन्द आउँछ । ध्यान र शान्तिका लागि पूरै दुनिया शास्त्रीय संगीतको उपयोग गर्छ । १८७५ को मन्त्रको यस वेदमा ७५ मन्त्रलाई छोडेर बाँकी सब मन्त्र ऋग्वेदबाट नै लिइएको हो जो गीतात्मक अर्थात गीतको रुपमा छ । सामवेदको पाठ्यकर्तालाई उद्रातृ भनिन्छ । यसको १००१ शाख थिए । तर अहिले तीन मात्र प्रचलित छन्– कोथुमीय, जैमिनीय र राणायनीय । 

४. अथर्ववेद

अथर्व वेदको रचना अथर्व ऋषिले गरेका थिए । अथर्ववेदको भाषा तथा स्वरुपका आधारमा यस्तो मानिन्छ कि यो वेदको रचना सबैभन्दा अन्तिममा गरिएको थियो । यज्ञ र देवतालाई वेवास्ता गरेका कारण वैदिक पुरोहित वर्ग यसलाई अन्य तीन वेदको बराबर मान्दैनन् । यसलाई यो दर्जा निकै पछि प्राप्त भएको थियो । किनकी यो वेद एक ऋषिद्वारा रचित हो र केही कुरा खरा छन् । अथर्ववेदमा कुल २० काण्ड ७३० सुक्त एवं ५९८७ मन्त्र छन् । जसमा ब्रह्मज्ञान औषधि प्रयोग रोग निवारण जन्त्रतन्त्र, टुनामुना आदीवारे विस्तृत वर्णन पाइन्छ । 

यसरी हेर्दा वेदमा सबै चिजको वर्णन भरपुर मात्रामा पाइन्छ । 

२००३ को नेभेम्बर ७ मा संयुक्त राष्ट्रसंघको शिक्षा विज्ञान र संस्कृतिक संगठन (युनेस्को) ले वेदलाई मानवताको मौखिक एवं अमूर्त विरासतको उत्कृष्ठ कृति घोषित गरेको थियो ।

वेद विश्वको सबैभन्दा पहिलो ग्रन्थका साथसाथ यस्तो ग्रन्थ पनि हो जसबारे आजसम्म कसैले प्रश्न उठाउन सकेका छैनन् । किनकी वेदमा लेखिएका हेरक कुरा र श्लोक तर्क र विज्ञानको कसीमा खरोरुपमा उएिको छ । यसकारण ज्ञानको मामलामा हिन्दूधर्म दर्शको ज्ञानलाई विश्वमा गुरु मानिएको छ । 
 

यो पनि पढ्नुहोस्

५ हजार वर्ष पहिला नै पुराणमा लेखिएको थियो कलियुगमा के-के हुन्छ भन्ने

यस्तो रहेछ भगवान शिवले भाङ, धतुरो र गाँजा खानुको कारण

 

 

पुस २३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार