×

NMB BANK
NIC ASIA

कांग्रेस नेता भण्डारीले भने – आगामी महाधिवेशनबाट नेतृत्व फेरिन्छ

माघ २, २०७५

NTC
Premier Steels

सुर्खेत – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आगामी महाधिवेशनबाट पार्टी नेतृत्व फेरिने बताएका छन् ।

Muktinath Bank

बुधवार बिहान नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सधैं एकता–एकता भन्ने तर व्यवहारमा अनेकता देखाउनेलाई महाधिवेशनबाट किनारा लगाउने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सधैं एकताको नारा फलाकिरहने र पार्टी नेतृत्वमा एकै जना बस्ने परिपाटीको अन्त्य गर्न जरुरी छ,’ उनले भने, ‘जसरी पुराना मोबाइलहरू हामीले बदल्दै आएका छौं । त्यसरी नै हामीले नेतृत्व पनि बदल्न जरुरी छ । नेतृत्व नबदलेसम्म देश बन्दैन ।’


Advertisment
Nabil box
Kumari

उनले महाधिवेशनबाट मिल्नेलाई नयाँ नेतृत्वमा ल्याइने र नमिल्नेलाई हटाउने गरी अघि बढेको जानकारी दिए । ‘अहिले पार्टीमा ठेक्कापट्टा प्रवृत्ति हावी भएको छ,’ उनले भने, ‘देश बनाउन सबैले समान अवसर पाउनुपर्छ । सबैले समान नेतृत्व पाउनुपर्छ । अनि मात्र पार्टी बन्छ, देश बन्छ ।’

Vianet communication

नेता भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार चलाउन नजानेको भन्दै आलोचना गरे । ‘नेपालको कहिल्यै नगुमेको स्वाभिमान होली वाइन खुवाएर समाप्त पारियो,’ उनले भने, ‘हेर्दै जानुस् ओली नेतृत्वको सरकारले केही काम गर्न सक्ने छैन ।’

पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले देश बनाउन कांग्रेस आवश्यक भएको बताए । ‘हाम्रो नेतृत्वको सरकारले विगतमा जुन विकास र समृद्धिको रेखा कोरेको थियो,’ उनले भने, ‘त्यसलाई पूरा गर्न कांग्रेस आवश्यक छ ।’

नेता महतले नेपाली कांग्रेसकै कारण देश आजको अवस्थामा आइपुगेको दाबी गरे । ‘हिजो २०४८ सालमा उदार अर्थनीति ल्याउँदा यिनै कम्युनिस्टले विरोध गरेका थिए,’ उनले भने, ‘तर आज तपाईंले ल्याउनुभएको नीति सही छ भनेर उनै कम्युनिस्ट भनिरहेका छन् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x