×

NMB BANK
NIC ASIA

३३ किलो सुनकाण्डमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश पनि तानिए

माघ ७, २०७५

NTC
Premier Steels

काठमाडौं– चर्चित ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डमा प्रतिवादीसँग मिलेमतोको आशंकामा  उच्च अदालत विराटनगरका न्यायाधीश पनि तानिएका छन् । 

Muktinath Bank

सोमबार बसेको न्यायापरिषद्को  बैठकले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश डा कूलरत्न  भुर्तेललाई पनि छानबिनका लागि न्यायापरिषद्मा हाजिर गराउने निर्णय गरेको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको निर्देशनमा मुख्य न्यायाधीश डा भुर्तेलमाथि केही पहिलेदेखि गोप्य रुपमा छानबिन थालिएको थियो । 


Advertisment
Nabil box
Kumari

साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र सनमको हत्या प्रकरणमा गलत नियतका साथ न्याय सम्पादन गरेको भन्दै प्रधानन्यायाधीश राणाको निर्देशनमा अन्य ५ जना न्यायाधीशमाथि छानबिन शुरु भइसकेको छ । 

Vianet communication

साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लावारीका सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले पुर्पक्षमा पठाएका अभियुक्तमध्ये केहीलाई उच्च अदालतले धरौटी र साधारण तारेखमा रिहा गरेको थियो ।

न्यायाधीशहरु नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, सारङ्गा सुवेदी, उमेशराज पौडेल र उमेश कुमार सिंहले गलत नियत राखी सुन काण्डका अभियुक्तलाई धरौटी र साधारण तारेखमा रिहा गर्ने आदेश दिएको भन्दै न्याय परिषदमा उजुरी परेको थियो । सोही उजुरीको अनुसन्धानका लागि गत शुक्रबार ५ जनालाई काजमा तानिएको हो । 

परिषद स्रोतका अनुसार सुन काण्डको मुद्दामा जारी आदेशमा मुख्य न्यायाधीश भुर्तेलको भूमिका रहेको भन्दै उजुरी परेको थियो । 
परिषद्  स्रोतका अनुसार भुर्तेलसहित विराटनगर उच्च अदालतका ६ न्यायाधीशमाथि छानबिन गर्न सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडालाई जिम्मेवारी तोकिएको छ। उनलाई वृहद् छानबिन गरी प्रतिवेदन बुझाउन १५ दिनको समय दिइएको छ। 
परिषद्ले विराटनगरमा कायममुकायम मुख्य न्यायाधीश तोक्ने गरी हेटौंडा उच्च अदालतका न्‍यायाधीश शिवराज अधिकारीलाई खटाएको छ। 


यस्तै परिषद्ले मुख्य रजिस्ट्रार राजन भट्टराईलाई  पाटन उच्च अदालत सरुवा गर्ने निर्णय पनि गरेको छ ।  

मुख्य न्यायाधीश डा कूलरत्न  भुर्तेलमाथि अनुसन्धान भइरहेकाेबारे लाेकान्तरले प्रकाशित गरेकाे समाचार यस्ताे थियो:

साढे ३३ किलो सुन प्रकरण : विराटनगरका मुख्य न्यायाधीशमाथि पनि गोप्य अनुसन्धान !

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x