×

NMB BANK
NIC ASIA

यातायात मन्त्री महासेठद्वारा एक वर्षमा गरेका काम सार्वजनिक, ९४ वटा पुल निर्माण नै मुख्य उपलब्धि

चैत ५, २०७५

NTC
Premier Steels

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रलयले एक वर्षको उपलब्धि सार्वजनिक गरेको छ । मंगलवार मन्त्रालयमा पत्रकार सम्मलेन गर्दै मन्त्रालयले रघुवीर महासेठले जिम्मेवारी सम्हालेपछिको एक वर्षको उपलिब्ध सार्वजनिक गरेको हो ।

Muktinath Bank

सार्वजनिक निर्माणको क्षेत्र तथा ठेक्का व्यवस्थापनमा उल्लेखनीय सुधार भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको दाबी छ । एक वर्षको अवधिमा ९४ वटा पुल निर्माणको काम सम्पन्न भएको जानकारी गराउँदै मन्त्रालयले सार्वजनिक निर्माणको क्षेत्र तथा ठेक्का व्यवस्थापनमा उल्लेखनीय सुधार भएको जिकिर गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महासेठले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ९४ वटा पुल निर्माणको काम सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ । चालु आर्थिक वर्षमा १ सय वटा पुल निर्माणको लक्ष्य भएपनि २ सय वटा पुल निर्माण हुने गरी कार्य भइरहेको मन्त्रालयको प्रगति विवरणमा उल्लेख गरिएको छ ।


Advertisment
Nabil box
Kumari

दूधकोशी नदीमा १ सय २० मिटर लामो मोटरेवल झोलुङ्गे पुल निर्माणको काम सम्पन्न भएको मन्त्रालयको भौतिक प्रगतिमा उल्लेख गरिएको छ । मन्त्रालयले महेन्द्र राजमार्गमा २ सय २५ मिटर लामो रातुखोला पुल निर्माणको काम ठेक्का सम्झौताभन्दा १८ महिना अगावै सम्पन्न भएको जानकारी दिएको छ ।

Vianet communication

४ सय मिटर लामो मरिन खोल पुल र ५ सय मिटर लामो कमला पुल ठेक्का सम्झौताभन्दा १५ महिनाअघि नै सम्पन्न भएको तथा सम्झौता भन्दा एकवर्ष अघि नै सम्पन्न भएको भेरी नदी पुलको काम नै मन्त्रालयको प्रगति देखाउन प्रसस्त रहेको मन्त्रालयको दाबी छ ।

मन्त्री महासेठले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि केही कठिनाइका बीच पनि मन्त्रालयले उल्लेखनीय कार्य गरेको दाबी गरे । उनले संघीयता कार्यान्वयनको पहिलो वर्ष तीनै तहका सरकारबीचको कार्य बाँडफाँड र कर्मचारी व्यवस्थापन लगायतका चुनौतीकाबीच मन्त्रालयले उल्लेखनीय काम गर्न सफल भएको मन्त्रीको जिकिर थियो ।

‘संघीयता कार्यान्वयनको पहिलो वर्ष कर्मचारी व्यवस्थापन, कार्यालय व्यवस्थापनमै गयो’ उनले भने, ‘सरकारका तीनै तहबीचको कार्य स्पष्ट नहुँदा स्थानीय तह र प्रदेश तहमा गएको बजेट समेत फिर्ता आउने स्थिति आयो ।’

मन्त्री महासेठले एकात्मक प्रणालीमा जस्तो काम गर्न सजिलो संघीय प्रणालीमा नभएको बताए ।

एकात्मक प्रणालीमा जस्तो काम गर्न सजिलो भएपनि चालू आर्थिक वर्षको लक्ष्य अनुसार काम सम्पन्न भएको मन्त्री महासेठको भनाइ थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x