×

NMB BANK
NIC ASIA

हत्तपत्त निद्रा पर्दैन भने यो विधि अपनाउनुस्

बैशाख ५, २०७६

NTC
Premier Steels

धेरै मान्छेले दिनभरि काम गरी राति ओछ्यानमा डङ्रङ्ङ लड्दा पनि सुत्न नसकेर यताउता कोल्टे फेरेर बिहान पार्छन् । बेस्मारी थकाई लागेर ओछ्यानमा पल्टिँदा पनि सुत्न नसकेर तनाव हुन्छ धेरैलाई ।

Muktinath Bank

 कोही मनतातो दूध पिएर सुते निद्रा लाग्छ भन्छन् भने कोही चाहिँ भेडा गनेर बसे निदाइन्छ भन्छन् । तर कुनै पनि विधि आफैंमा रामवाण होइन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हामी यहाँ तपाईंलाई सही तरिकाले श्वास लिएर छिट्टो निद्रामा पर्ने विधि सिकाउँछौं । तपाईंले यो विधि नियमित रूपमा अपनाउनुपर्ने हुन्छ । बिहान उठेपछि अनि बेलुका सुत्नेबेलामा यो विधि अपनाउनुस् ।


Advertisment
Nabil box
Kumari

यो विधिले तपाईंलाई आनन्ददायक निद्रा दिन्छ अनि तनावपूर्ण स्थिति, उच्च रक्तचाप र प्यानिक आक्रमणलाई पनि रोक्छ ।

Vianet communication

श्वास भित्र तान्नुस् शुरूमा जिभ्रोलाई अघिल्लो दाँतको भित्रपट्टि मुखको च्यापुमा लगेर टाँस्नुस् । त्यसपछि बिस्तारै सास तान्नुस् अनि मनमनै चारसम्म गन्नुस् ।

सास रोक्नुस् अब शान्त रहेर सास रोक्नुस् र सातसम्म गन्नुस् । तपाईंको शरीरले अब अक्सिजन सोस्ने प्रशस्त मौका पाउँछ र सबै अंगलाई ऊर्जा दिन पाउँछ । रगतमा अक्सिजनको मात्रा बढ्छ र तपाईंको शरीरले आनन्द महसूस गर्छ ।

सास बाहिर फाल्नुस् सास बाहिर फाल्दा आठसम्म गन्नुस् । तपाईंले सकेसम्म विना अवरोध सास बाहिर फाल्नुपर्ने हुन्छ । शान्तखालको स्स्स्स् आवाज सुन्नुभयो भने तपाईंले सही गर्दै हुनुहुन्छ । बिस्तारै सास बाहिर फाल्दा प्रयोग भएको हावा तपाईंको शरीरबाट पूरै निस्केको संकेत हो । यसको राम्रो साइड इफेक्ट भनेको तपाईंको नाडीको चाप घट्छ र तपाईं थप शान्त हुनुहुन्छ । तनाव घटेको तपाईंले सजिलै थाहा पाउनुुहुन्छ ।

अलिकति अभ्यास गर्नुभयो भने यो जस्तो स्थितिमा पनि काम गर्छ । तपाईंलाई भयंकर तनाव वा त्रासको स्थिति भयो भनेपनि यो गर्दा शरीर सेकेन्डभरमै शान्त हुन्छ । उच्च रक्तचापविरुद्ध लड्न यो राम्रो उपाय हो । मिलाएर सास फेर्दा यो सम्भव छ ।

शुरूमा बिहान र बेलुका चारचोटि यो अभ्यास गर्नुस् । दुई महिनापछि भने आठचोटि गर्नुस् । नियमित अभ्यास गर्दा मात्र यो प्रभावकारी हुन्छ । अनेकथरी औषधी खानुभन्दा यो विधि अपनाएर मजाले सुत्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x