×

NMB BANK
NIC ASIA

दलित महिलालाई कपाल मुण्डन गर्दै कुटपिट, आरोपितलाई सार्वजनिक शान्ति विरुद्धको कसूरमा मुद्दा

बैशाख ८, २०७६

NTC
Premier Steels

जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिकामा एक जना दलित महिला अभद्र व्यवहारको शिकार भएकी छिन् । आफ्नो श्रीमानको घर छाडेकी ती महिला श्रीमानकै सहमतिमा घर फर्किएकी थिइन् तर फर्केपछि उनलाई गाउँलेले कपाल मुण्डन गरी सामजिक रुपमा समेत दुर्व्यहार गरेका छन् ।

Muktinath Bank

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २५ को लोहना गाउँमा ३५ वर्षीय ती मुसहर समुदायकी महिलालाई गाउँलेले कुटपिट गर्दै कपाल मुण्डन गरेर दुर्व्यवहार गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त वडाका वडाध्यक्ष उमेश यादवका अनुसार गत शुक्रवार राति १० बजेको समयमा उनकै समुदायका मान्छेले पंचायत गर्न बोलाए । पंचायतमा उपस्थित भएको बेला उनको कपाल काटिएको थियो ।


Advertisment
Nabil box
Kumari

‘ती महिला करिब ४/५ महिना अगाडि घर छाडेर भागेकी थिइन्, पछि श्रीमानकै सहमतिमा उनी घर फर्किइन्,’ वडाध्यक्ष यादवले भने, ‘पंचायतमा रहेका मानिसले ती महिलाको कपाल काटेर दुई चार झापड समेत हानेका थिए ।’ भोलि बिहान कालो चुनाको टिका लगाएर गाउँमा घुमाउने भनेर पंचायतमा बस्नेहरुले धम्की समेत दिएको स्थानीयले बताएको यादवले लोकान्तरलाई बताए ।

Vianet communication

उनका अनुसार घटना भएको भोलि पल्ट पिडित महिला नगराइन नगरपालिकाको देबडीहा प्रहरी चौकीमा निबेदन लिएर पुगे पछि प्रहरीले घटनामा संलग्न भएकाहरुलाई पक्राउ गरेको हो । मुसहर समुदाय निरक्षर समुदाय भएको र जनचेतनाको अभाव समेत भएकाले त्यस्तो घटना हुन गएको उनले बताए । राती मुसहरहरुले रक्सी खाएर त्यस्तो घटना गराएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालका अनुसार दुर्व्यवहार गर्ने ८ जनालाई पक्राउ गरिएको छ । ‘श्रीमानको घर छाडेर केही दिन अगाडि अर्कै पुरुषसँग गएकी थिइन् तर पछि श्रीमानसँगकै समझदारीमा घर फर्किएकी थिइन्,’ एसपी खनालले भने, ‘तर, गाउँलेहरुले मर्यादा र सीमा नाघेको भन्दै महिलालाई कपाल मुण्डन गर्दै अभद्र व्यवहार गरेका थिए ।’

घटनाबारे प्रहरीले जानकारी पाएलगत्तै पीडित महिलालाई उद्धार गरेको र संलग्नहरुलाई पक्राउ गरेको उनले बताए ।

पक्राउ पर्नेहरुमा लोहनाका ४० वर्षीय रामदुलार सदा, २८ वर्षीय रामविनय सदा, ३७ वर्षीय हरिराम सदा, ३५ वर्षीय लुचवा सदा, ४१ वर्षीय शिवचरण सदा, ३५ वर्षीय राजविर सदा, ३६ वर्षीय रंजित सादा, १९ वर्षीय सन्तोष सदा रहेका छन्  ।

सार्वजनिक शान्ति विरुद्धको कसुरमा उनीहरु विरुद्ध मुद्दा दर्ता भएको खनालले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x