×

NMB BANK
NIC ASIA

विदेशी पर्यटकलाई लक्षित गर्दै एनसेलले ल्यायो ‘ट्राभलर्स सिम’

बैशाख ३१, २०७६

NTC
Premier Steels

काठमाडौंं- नेपाल भ्रमणमा आउने पर्यटकले अब एनसेलको ‘ट्राभलर्स सिम’मार्फत आकर्षक भ्वाइस तथा डेटा बण्डलिङ सेवाको फाइदा लिन पाउने एनसेलले जनाएको छ । 

Muktinath Bank

एनसेल प्रालि ले आजदेखि (वैशाख ३१ गते) देखि लागू हुने गरी ‘ट्राभलर्स सिम’ योजना ल्याएको छ । यसअन्तर्गत, नेपाल भ्रमणमा आउने विदेशीले मात्र ११० रुपैयाँ (करसहित) मा सजिलै ट्राभलर्स सिमको स्टार्टर प्याक खरीद गर्न सक्नेछन् । यसका साथै पर्यटकले आफ्नो आवश्यकता तथा नेपालमा रहने अवधिअनुसार विभिन्न भोल्युमका कम्बो प्याकहरूबाट फाइदा लिन सक्ने कम्पनीको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्टार्टर प्याकको खरीदमा पर्यटकले ट्राभलर्स सिमसहित ३० रुपैयाँको मेन ब्यालेन्स र तीन दिनको लागि मान्य हुने ३०० एमबी डेटा प्राप्त गर्नेछन् । यसरी प्राप्त हुने मेन ब्यालेन्स एनसेल नेटर्वक भित्र कुरा गर्न प्रयोग गर्न सकिनेछ । 


Advertisment
Nabil box
Kumari

‘ट्राभलर्स सिम’अन्तर्गत स्टार्टर प्याक सुचारु भएपछि पर्यटकहरूले आफ्नो आवश्यकताअनुसार ४९० देखि १,९६० रुपैयाँ सम्मका विभिन्न समयसीमा रहेका भ्वाइस तथा डेटा बण्डलिङ गरिएको कम्बो प्याकहरू खरीद गर्न सक्नेछन् ।

Vianet communication

यो योजनामा अन्तर्गत कम्बो प्याकमा लाइट, मिडियम, हेभी र सुपर गरी चार वटा विकल्पहरू रहेका छन् । 

पर्यटकले ७ जीबी डेटा र २० मिनेट अन नेट टक टाइम रहेको लाइट प्याक करसहित मात्र ४९० रुपैयाँमा सुचारू गर्न सक्नेछन् । यो प्याक सुचारू गरेको दिनदेखि ७ दिनसम्म मान्य हुनेछ ।

अलि लामो समयको लागि नेपाल भ्रमणमा आउने पर्यटकले मिडियम तथा हेभी प्याक लिन सक्नेछन् । मिडियम प्याकअन्तर्गत ग्राहकले करसहित ९८० रुपैयाँ मा १४ जीबी डेटा तथा ३० मिनेट अन नेट टक टाइम प्राप्त गर्नेछन् र यो १४ दिनको लागि लागू हुनेछ । त्यस्तै हेभी प्याकअन्तर्गत करसहित १,४७० रुपैयाँमा २१ जीबी डेटा र ४० मिनेट अन नेट टक टाइम पाइने छ । यो २१ दिनको लागि मान्य रहनेछ । 

नेपाल भ्रमणमा रहेको बेला भ्वाइस तथा डेटा भोलुम बढी चाहिने ग्राहकले कर सहित मात्र १,९६० रुपैयाँमा सुपर प्याक सुचारू गर्न सक्नेछन् । यो प्याकअन्तर्गत ग्राहकले २८ दिन समयसीमा रहेको २८ जीबी डेटा र ५० मिनेट अन नेट टक टाइम पाउनेछन् । 

‘ट्राभलर्स सिम’ योजनाको कम्बो प्याकग्राहकले *१७१०५#  डायल गरी प्राप्त निर्देशनअनुसार सुचारू गर्न सक्नेछन् ।

विश्वका विभिन्न देशबाट नेपाल भ्रमणमा आउने पर्यटकका लागि भ्वाइस र डेटा सेवा बण्डल गरी ‘ट्राभलर्स सिम’ योजना सञ्चालनमा ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ ।

यो योजनाले नेपाल भ्रमणमा रहने विदेशीको सञ्चार सेवाको आवश्यकतालाई सहज रूपमा सुलभ दरका साथ सम्बोधन गर्ने पनि एनसेलले विश्वास लिएको छ । 

शुरूमा यो सिम एनसेलको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एनसेल काउन्टर र देशका विभिन्न भागमा रहेका एनसेल सेन्टरहरूमा उपलब्ध हुनेछ र पछि बिस्तारै एनसेलका सबै प्वाइन्ट अफ सेल्सहरूबाट पनि लिन सकिने कम्पनीले जानकारी दिएको छ । 

यो सिम लिनका लागि पर्यटकले आफ्नो एक थान पासपोर्ट साइज फोटो र पासपोर्टको फोटोकपी बुझाउनु पर्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

बैशाख १८, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० र गोलभेँडा ठुलो भारतीयको ७० रुपैयाँ कायम...

बैशाख २५, २०८१

नेपालका लागि टाटा मोटर्सको ​एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले ग्राहकवर्गहरूको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युन् पार्टसहरूको मूल्य समायोजन गरेको छ । अब सिप्रदीका सम्पूर्ण स...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

बैशाख २९, २०८१

​​​​​​हुन्डाई ​गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको सहायक कम्पनी लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)ले ​​'हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट' शुभारम्भ गरेक...

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x