×

NMB BANK
NIC ASIA

स्वास्थ्यमा सबै जनताको सहज पहुँच हुनुपर्छ : उपराष्ट्रपति पुन

जेठ ३, २०७६

NTC
Premier Steels

काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले आधारभूत स्वास्थ्य सेवामा सबै जनताको सहज पहुँच पुर्‍याउन ध्यान दिनुपर्ने बताउनु भएको छ । नेपाल कुष्ठरोग निवारण सङ्घको स्वर्ण जयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आधारभूत स्वास्थ्य सेवामा सबै जनताको सहज पहुँचले मात्र संविधान प्रदत्त मौलिक अधिकार कार्यान्वयन हुनेछ भन्नुभयो । 

Muktinath Bank

कुष्ठ प्रभावितको पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले २०२६ जेठ २२ गते सङ्घको स्थापना भएको थियो । उपराष्ट्रपति पुनले गुणस्तरीय उपचार नपाएर जनताले अकालमा मृत्युवरण गर्न नपरोस्  भन्नेतर्फ  सरकारलाई सचेत बन्न आग्रह गर्दै अझै पनि ग्रामीण क्षेत्रका जनताले स्वास्थ्य सेवा नपाइरहेको अवस्था रहेको बताउनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उहाँले भन्नुभयो, “कुष्ठरोग औषधिले पूर्णतया निको हुने रोग हो भन्ने कुरालाई गाउँ तहसम्म पुर्‍याउन आवश्यक छ । जनचेतनाले मात्र कुष्ठरोग प्रभावितलाई हेरिने दृष्टिकोणमा परिवर्तन ल्याउन सकिन्छ ।” 


Advertisment
Nabil box
Kumari

कुष्ठरोग निवारणको घोषणा गरिए पनि अझै देशका विभिन्न भू–भागमा कुष्ठ प्रभावित रोगी भएको चर्चा गर्दै उपराष्ट्रपति पुनले सबै कुष्ठ प्रभावितलाई सहज उपचार तथा पुनर्स्थापनाको पहुँचमा ल्याउन जोड दिनुभयो । 

Vianet communication

सो अवसरमा उपराष्ट्रपति पुनले सङ्घद्वारा सञ्चालित खोकना आरोग्य आश्रममा ६५ वर्षदेखि रहेका कुष्ठ प्रभावित लेखी तामाङ, मनमती देवकोटा र कान्छा आलेबुढालाई सम्मान गर्नुभएको थियो । उपराष्ट्रपति पुनले सङ्घका पूर्वअध्यक्षद्वय डा गौरीशङ्करलाल दास र लक्ष्मीदास मानन्धर, उपाध्यक्ष डा खगेन्द्र श्रेष्ठ, पोखरा, धनगढी तथा नेपालगञ्ज शाखाका पूर्वअध्यक्ष क्रमशः डा कुमारशम्शेर राणा, दीव्यप्रसाद पन्त, डा जी राज शाक्य तथा मारवाडी सेवा समितिका अध्यक्ष श्रवणकुमार अग्रवाललाई पनि सम्मान गर्नुभएको थियो । 

सङ्घले दक्षिणकाली नगरपालिका–२ स्थित खोकना आरोग्य आश्रममा कुष्ठ प्रभावितको लालनपालन गर्नाका साथै धरान, पोखरा, नेपालगञ्ज र धनगढी शाखा स्थापना गरी सचेतना र पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्दै आएको छ । सङ्घले हालसम्म १८० घर निर्माण गरी २५८ कुष्ठ प्रभावितलाई सामाजिक पुनर्स्थापना गराएको छ । 

यसैगरी सङ्घले काठमाडौँको मण्डिखाटारमा स्थापित छात्र/छात्रावासमा कुष्ठ प्रभावित बालबालिकालाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाएको छ । गत आवमा तीन हजार २०० कुष्ठरोगी पहिचान भई उपचारमा आएका थिए । कुष्ठरोगीको निःशुल्क उपचार हुने गर्दछ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुष्ठरोगका कारण ३१ हजार अपाङ्गसमेत हुन पुगेका थिए । 

सङ्घका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले कुष्ठरोग पहिलेजस्तो दूराग्रह, भयग्रस्त र जीवन नै सकिने अवस्थामा नरहेको चर्चा गर्दै कुष्ठरोग निको भइसकेकालाई समुदायमा पुनर्स्थापना गराउन सबैले सहयोग गर्नुपर्छ भन्नुभयो । कुष्ठ प्रभावित प्रीमा घर्ती मगरले आफ्ना हजुरबुबा, बुबा कुष्ठरोगी भएकै कारण रोल्पामा ओढारमा बस्नु परेको पीडा सुनाउँदै अझै पनि समाजले कुष्ठरोगीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन नसकेको बताउनुभयो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सन् २०१० मा कुष्ठरोग निवारण भएको घोषणा गरेको थियो । प्रति दश लाख जनसङ्ख्यामा एक जनाभन्दा कम भएमा निवारण भन्ने गरिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x