बैशाख ७, २०८१
चालू आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्व...
बुटवल – विदेशको आकर्षक तलब । सेवा सुविधा पनि अझै राम्रो ।
बेलायतको ‘स्टार’ होटलमा मासिक २ लाख ५० हजार रूपैयाँभन्दा बढी कमाइ अनि विभिन्न अवरसहरू पनि तर ती सबै अवसर त्यागेर रूपन्देहीका २ युवा बुटवलमा होटल व्यवसायमा जमेका छन् ।
दैनिक हजारौं युवा सुरक्षित भविष्यको खोजीमा विदेशी भूमिमा जान आतुर र संघर्षरत रहेको समयमा स्वदेशमै उद्यम शुरू गरेर देशमै काम गर्न सकिन्छ भन्ने उदाहरणीय बनेका २९ वर्षीया गोविन्द पौडेल र २८ वर्षीया अर्जुन पौडेल ।
गोविन्द र अर्जुन २ भाइ पनि हुन् । रूपन्देहीको सैनामैना–१ का अर्जुनले घर नजिकैको प्रभात इङ्गलिस बोर्डिङ स्कूलबाट २०६४ सालमा एसएससी उत्तीर्ण गरे । त्यसको २ वर्षपछि बुटवलस्थित एचिर्भस कलेजबाट होटल म्यानेजमेन्टमा ‘प्लस टू’ पनि राम्रो अंक ल्याएर उत्तीर्ण गरे । सन् २००९ मा होटल म्यानेजमेन्ट गर्न विषय अध्ययनका लागि स्टुडेन्ट भिसामा उनी बेलायत (लण्डन) पुगे ।
बुटवल–८ सुख्खानगरका अर्जुन पनि एभरेस्ट माविबाट एसएलसी उत्तीर्ण भएपछि काठमाडौंको आइसरी कलेजबाट ११/१२ होटल म्यानेजमेन्टमा उत्तीर्ण गरी सन् २०१० मा अध्ययनका लागि लण्डन पुगेको थिए । उनले त्यहाँ पनि होटल म्यानेजमेन्ट पढे ।
त्यहाँ २ भाइले अध्ययनसँगै मासिक २ लाखदेखि २ लाख ५० हजार रूपैयाँसम्म आम्दानी गर्थे । पढाइसँगै २ भाइले नै लण्डनस्थित आफ्ना काका हरि पन्तको रेन्टेरेन्टमा काम गर्थे । २ भाइले स्नातक तह अध्ययन पूरा गरे । अध्ययन पूरा गरेपछि त्यहाँका ठूलो ‘फाइभ स्टार’ होटलबाट मासिक ५ लाख रुपैयाँसम्म तलब सहितका ‘अफर’ आए तर उनीहरूलाई आफ्नै देशमा केही गर्नुपर्छ र होटल व्यवसायमा ठूलो सम्भावना पनि छ भन्ने ज्ञान थियो । २ भाइले नेपालमै संयुक्त लगानीमा होटल खोल्नुपर्छ भन्ने साझा धारणा लण्डनमै बनाए । त्यसपछि अर्जुन २०७० सालमा लण्डन नजाने गरी नेपाल फर्किए । अनि उनले सञ्चालनमा ल्याए ‘द स्पाइस आउञ्ज’ रेस्टुरेन्ट ।
गोविन्द लण्डनमै थिए, यहाँ बुटवल–९ मिलनचोकमा २ करोड लगानीमा रेस्टुरेन्ट सञ्चालनमा आयो । त्यसको २ वर्षपछि गोविन्द पनि नेपाल फर्किए अनि २ भाइ कम्मर कसेर लागे रेस्टुरेन्टलाई नयाँ उचाइ दिन ।
किचनमा सधैं २ भाइ नै काम गर्छन् । उनीहरूले ग्राहकलाई कस्तो स्वाद मन पर्छ सोही अनुसार नै किचनमा कार्यरत अन्य कर्मचारीलाई दैनिक रुपमा सिकाउँछन् । गोविन्द भन्छन्, ‘देश अनि आफ्नो ठाउँको मायाले तानेर नेपाल ल्यायो । नेपालमा होटल व्यवसायको ठूलो सम्भावना बेलायतबाट बिदामा घरमा आउँदा देखेपछि सोही क्षेत्रमा केही गर्नुपर्छ भनेर लागिएको हो ।’
गोविन्द थप्छन्, ‘प्रदेश ५ का विभिन्न जिल्लामा पर्यटनको ठूलो सम्भावना छ । त्यसमा पनि रूपन्देहीमा अझै बढी छ । त्यहीँ भएर आफूहरूले विदेशमा होइन । नेपालमै केही गर्नुपर्छ । अन्य गर्न चाहनेहरूका लागि आफूहरू उदाहरण बन्न सकौं भनेर रेस्टुरेन्ट सञ्चालन गरेका हौं ।’
पछिल्ला ४ वर्षयता रूपन्देहीमा होटल तथा रेस्टेरन्टको क्षेत्रमा लगानी उत्साहजनक रहेको छ । ४ वर्ष अगाडिसम्म कुनै स्टार होटल नभएको रूपन्देहीमा हाल ४/५ वटा स्टार होटल समेत पुगिसकेका छन् भने अन्य खुल्ने तयारीमा छन् । प्रदेश ५ को राजधानी रूपन्देही भएसँगै होटल तथा रेस्टुरेन्टको क्षेत्रमा लगानी ओइरिएको देखिन्छ ।
‘नेपाल होटल व्यवस्थापन र हस्पिटालिटीको लागि निकै उपयुक्त छ । नम्र स्वभाव, हँसिलो अनुहारका नेपालीहरू आफैंमा अतिथि सत्कारमा प्रख्यात छन्, त्यसैले जहाँसुकै फिट हुन्छौं,’ अर्जुन भन्छन्, ‘व्यवसाय गर्न आत्मविश्वास आवश्यकता रहेको छ । यहीँ क्षेत्रमा ठूलो सम्भावना पनि छ ।’
‘रूपन्देहीमा विश्वभरका बौद्ध धर्मालम्बीको आस्थाको केन्द्र, शान्तिभूमि लुम्बिनी छ । त्यस्तै यहीँ प्रदेशमा हिन्दूहरूको आस्थाका केन्द्र स्वर्गद्वारी, रिणी, शिद्धबाबा, सुपादेउराली यहीँ क्षेत्रमा छन् । त्यहाँ दर्शन गरेर मानिसहरू बुटवल फर्किन्छ । त्यसैले रूपन्हेहीमा टुरिज्म इन्डिस्ट्रिजमा ठूलो सम्भावना छ ।’
नेपाली समाजमा अझै पनि होटल तथा रेस्टुरेन्ट व्यवसायलाई राम्रो दृष्टिले हेरेको पाइँदैन तर उनीहरू दुवै जनाको परिवारबाट होटल सञ्चालन गर्न राम्रो साथ र समर्थन पाए । ‘द स्पाइस लाउञ्ज’ अहिले युवा पुस्ताको रोजाइको रेस्टुरेन्ट बनेको छ । जहाँ लाइभ म्यूजिकसहित सेवासुविधा उपलब्ध गराएका छन् । उनीहरूले अहिले रेस्टुरेन्टमा अहिले २६ जनाले रोजगार पाएका छन् ।
लाउञ्जबाट उनीहरूले दैनिक १ लाख रुपैयाँको व्यापार गर्न सफल भएका छन् । उनीहरू त्यसको सफलतासँगै नेपाली स्वाद पाइने द स्पाइस एण्ड लाउञ्जभन्दा ५ सय मिटर तल हालै अर्को नेपाली स्वाद पाइने चौतारी रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । जहाँ पारिवारिक खाना उपलब्ध गराउने छन् । गोविन्दले स्पाइसको सफलताले चौतारी रेस्टुरेन्ट खोलिएको बताए । चौतारीमा उनीहरूले ७० लाख रूपैयाँभन्दा बढी लगानी गरे ।
प्रहरीले राति १० बजे नै होटल बन्द गराउँदा व्यवसायीलाई ठूलो असर पुर्याएको उनीहरूले बताए । ‘रेस्टुरेन्ट साँझ चल्ने व्यवसाय हो । कुनै पनि परिवार साँझ बाहिर गएर खाउँ भन्यो भने, अफिसबाट आएर फ्रेस हुँदा ८ देखि साढे ८ हुन्छ । रेस्टुरेन्टमा खाँदै गरेको ग्राहकलाई छिट्टो गरेर खानुहोस्, होटल बन्द गर्नुपर्ने बेला भो भन्दा ठूलो समस्या हुने रहेछ,’ गोविन्दले दुखेसो पनि पोखे । यस क्षेत्रका सम्पूर्ण होटल व्यवसायीले राति १२ बजेसम्म होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न दिनुपर्ने माग उठाउँदै आएका छन् तर सुरक्षा चुनौती बढी हुने भन्दै प्रहरी १० बजे होटल बन्द गनुपर्ने निर्णयमा टसमस भएको छैन ।
उनीहरूले होटल, रेस्टुरेन्टका लागि आवश्यक पर्ने सम्पूर्ण सामान पाइने सेफ लाइन हस्पिटालिटी पनि सञ्चालनमा ल्याएका छन् । त्यसका साथै उनीहरूले पाल्पाको होलाङदीमा ‘द दरबार कटेज’ मिनी रिसोर्ट सञ्चालनमा ल्याउने अन्तिम तयारीमा जुटेका छन् ।
उनीहरूको सफलता नेपालमा केही गर्नुपर्छ भन्नेका लागि उदाहरण बनेको छ । उनीहरूले होटल सञ्चालन गरेको क्षेत्र पछिल्लो समय होटल तथा रेस्टुरेन्टको हबका रूपमा विकास भएको छ । बुटवल इट्टाँभट्टीदेखि योगिकुटीसम्मको भित्री सडक पछिल्लो समय होटल तथा रेस्टुरेन्टले भरिएको छ ।
चालू आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे पाँच लाख जनाले श्रम स्वीकृति लिएका छन् । चैतमा मात्रै ७० हजार नौ सय ३३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । श्रम स्व...
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारसँग सम्बन्धित ‘श्रमदान’ योजना घोषणा गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री डोलप्रसाद अर्...
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफ...
ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए । तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थि...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन मान्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत बुधबार शुभकामना व्यक्त गर्दै उनले श्रम नै जीवन, श्रम नै विश्वास, श्रम नै पू...
नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना जारी गर्दै सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको हो । खुला तथ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...