पुटिनको ‘भूत’ भगाउन खोज्ने व्यक्तिलाई प्रहरीले गर्‍यो पक्राउ (भिडियो)

असोज ९, २०७६

काठमाडौं – साइबेरियाबाट पाँच हजार माइल हिँडेर क्रेमलिन आई राष्ट्रपति भ्लादिमिर पुटिनमा चढेको ‘भूत’ भगाउने योजना बनाएका एक झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ । 

अलेक्जेन्डर साशा गेबीशेभले ६ महिनाको यात्रा गरेपछि यसै हप्ता पक्राउ गरिएको हो । 


ADVERTISEMENT

आफ्नो यात्राको उद्देश्य नै पुटिनलाई क्रेमलिनबाट हटाउनु रहेको झाँक्रीले प्रस्ट पारे । 

हिरासतमा लिइनुअघि उनले भने, ‘पुटिन मानिस हैनन्, राक्षस हुन् भनी भगवानले मलाई भने र राक्षसलाई मैले हटाउनुपर्छ । त्यसैले म त्यसलाई हटाउन यहाँ हिँड्दै आएको हुँ ।’

गेभिशेभ सन् २०२१ सम्ममा मस्को पुग्ने योजना बनाइरहेका थिए । उनलाई साइबेरियामा बाइकाल ताल नजिकको शिविरमा प्रहरीले पक्राउ गरेको हो । 

उनले आफूलाई लडाकू झाँक्री भनी बताउने गरेका छन् र उनलाई याकुतियातिरै फर्काइनेछ । उनीमाथि फौजदारी मुद्दा चल्नेछ । 

प्रहरी उनी भए ठाउँमा पुगेपछि उनलाई भुइँमा पछार्‍यो अनि एउटा कारतिर धकेल्दै लग्यो । 

झाँक्रीले ठूलो चक्कु बोकेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको गृह मन्त्रालयले जनायो । 

उनी मस्कोमा जाँदै गर्दा मानिसहरू पनि सँगै लागेका थिए अनि अन्यले उनलाई खाना, छाना र पैसा समेत दिएका थिए ।

एजेन्सी
 

असोज ९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस