साउदीको तेल कम्पनीमा आक्रमण भएपछि अमेरिकाले सेना पठाउँदै

असोज ४, २०७६

काठमाडौँ - साउदी अरबको तेल कम्पनी अरामकोमा ड्रोन हमला भएपछि अमेरिकाले त्यहाँ आफ्ना सेना पठाउने घोषणा गरेको छ ।

अमेरीकी रक्षामन्त्री मार्क एस्परले साउदीमा अमेरिकाले सेना पठाउने योजना बनाएको खुलासा गरे ।


ADVERTISEMENT

एस्परले कति सेना पठाउने भन्ने चाहिँ अहिलेसम्म निर्णय नभएको बताए ।

यमनका हुती विद्रोहीले साउदीको दुईवटा तेल कम्पनीमा आफूले ड्रोन हमला गरेको भन्दै जिम्मेवारी लिएका थिए ।

तर अमेरिका र साउदी अरब दुवै देशले यसको दोष इरानलाई लगाइरहेका छन् ।

गत शुक्रवार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानलाई नयाँ प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । यद्यपि उनले आफूले सैन्य संघर्ष नचाहेको बताएका छन् ।

 

 

असोज ४, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार