कामना सेवा र बिओके क्यापिटलबीच सम्झौता

असोज ५, २०७६

काठमाडौं–कामना सेवा विकास बैंक लिमिटेड र बिओके क्यापिटल मार्केट लिमिटेडबीच शेयर रजिष्ट्रार सम्बन्धी सम्झौता भएको छ ।

विहिवार बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश प्रसाद खतिवडाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । 


ADVERTISEMENT

सम्झौता अनुसार कामना सेवा विकास बैंक लिमिटेडको शेयर सम्बन्धी कार्य (शेयर सम्बन्धी कारोवारको रेकर्ड राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लगत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु) बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड, कमलादी, काठमाडौंबाट हुनेछ । 

यस बैंकको हालसम्म मुलुकभर ९९ वटा शाखा सञ्चालनमा रहेका छन् । त्यस्तै ४५ वटा एटीएममार्फत सेवा दिइरहेको बैंकले जनाएको छ । 

असोज ५, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस