चैत २७, २०८०
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
माघ २७, २०७६
संसदमा झण्डै दुईतिहाइ बहुमतको समर्थन कायम रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहासकै शक्तिशाली प्रधानमन्त्री मानिन्छ तर प्रधानमन्त्री मातहतकै निकाय निरीह देखिएको छ ।
भ्रष्टाचार निवारण ऐनको दफा ३७ अनुसार ‘नेपाल सरकारले प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रहने गरी एक राष्ट्रिय सतर्कता केन्द्र स्थापना’ गर्ने कानूनी व्यवस्था छ । प्रधानमन्त्रीको प्रत्यक्ष नियन्त्रणमा रहने केन्द्रकै सुझाव, सिफारिस र निर्देशनलाई सरकारी निकायले नै नटेरेको देखिएको छ ।
आर्थिक वर्ष ०७५/०७६ मा राष्ट्रिय सतर्कता केन्द्रमा भ्रष्टाचार, अनियमितता र बेथितिसँग सम्बन्धित १ हजार ८७१ वटा उजुरी आए । जसमध्ये १ हजार ४११ वटा उजुरी फर्छ्यौट भए ।
सतर्कता केन्द्रले उजुरीको छानबिनपश्चात विभिन्न सरकारी निकायलाई सुझाव र निर्देशन मात्रै दिने गरेको केन्द्रले प्रकाशन गरेको प्रतिवेदनमा उल्लेख छ । गम्भीर त्रुटि देखिएका भ्रष्टाचार र बेथितिमा समेत सतर्कता केन्द्र सुझावमै सीमित भएको छ ।
...
घटना १ –
गत आर्थिक वर्षमा प्युठान नगरपालिकाभित्र रहेको एउटा सडकमा नगरपालिकाको बजेटमार्फत भएको काममा अघिल्लो आर्थिक वर्षमा ढलान गरेर निर्माण सम्पन्न भइसकेकोमा पुनः बजेट विनियोजन गरेर कालोपत्रे गरिएको उजुरी सर्तकता केन्द्रमा पर्यो । राष्ट्रिय सतर्कता केन्द्रले सम्बन्धित नगरपालिकामा प्रतिक्रिया मात्रै बुझी एउटै काममा दोहोरो खर्च नगर्न नगरपालिकालाई सुझाव दिने निर्णय गर्यो ।
राष्ट्रिय सर्तकता केन्द्रले गरेको निर्णय –
‘आरसीसी ढलान गरी कालोपत्रे गर्दा बजेट एक स्थानको विकास निर्माणमा मात्र खर्च हुने देखिएकाले समग्र विकास–निर्माणमा दोहोरो खर्च नहुने गरी व्यवस्था मिलाएमा नगरपालिकाको विकासमा तीब्रता आउने गरी खर्च गर्ने गरी विकास आयोजनाको छनोट गर्न गराउनुहुन’ प्युठान नगरपालिकालाई सुझाव दिएको ।
नगरपालिका कार्यालय अगाडिको २ सय मिटर बाटोमा पनि ढलानपछि कालोपत्रे भएको छ । बिजुवार बजारमा पर्ने २ सय मिटर सडकमा पनि ढलानमाथि कालोपत्रे भएको प्युठान नगरपालिकाका कार्यालय प्रमुख टोपेन्द्रबहादुर केसीले लोकान्तरलाई बताए । योजना छनोटदेखि कार्यान्वयनसम्म गडबडी भएको पहिचान हुँदा समेत सतर्कता केन्द्रले कारवाही सिफारिस गर्न सकेन, सुझावमै सीमित भयो ।
राष्ट्रिय सतर्कता केन्द्र (कार्यसञ्चालन) नियमावलीको नियम २३ अनुसार ‘कारवाहीका लागि लेखी पठाउने’ व्यवस्था भएपनि सतर्कता केन्द्रको छानबिन कागजी सुझावमै सीमित भएको छ ।
यस्तो छ नियमावलीको व्यवस्था –
घटना २ –
गत आर्थिक वर्षमा नेपाल वायु सेवा निगमका अध्यक्ष मदन खरेलले सञ्चालक समितिबाट अनुमोदन नै नगराई मकालु एयरका अध्यक्ष र सीता एयरको प्राविधिक पाइलट फिजोनाथ नेपाली र केबी लिम्बुलाई मासिक ६/६ लाख रुपैयाँ तलब भत्ता उपलब्ध गराउने गरी नियुक्ति गरेको उजुरी केन्द्र्रमा पर्यो ।
केन्द्रले उजुरीमाथि अनुसन्धान गर्दा पाइलट फिजोनाथ नेपालीलाई गत फागुनको १ गते मासिक ७ लाख सेवासुविधा दिने गरी सम्झौता गरेको र पाइलट केबी लिम्बुलाई २०७५ माघको १८ गते नियुक्ति लगत्तै १० लाख ९६ हजार ८ सय ७५ रुपैयाँ पाउने गरी र पछि मासिक १३ लाख रुपैयाँ उपलब्ध गराउने गरी नियुक्ति गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।
सतर्कता केन्द्रको प्रतिवेदन अनुसार नेपाल वायुसेवा निगमका तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले निगमको ऐन नियम विपरीत पाइलट नियुक्ति गरेका थिए । निवेदन अनुसारको अनियमितता भएको र नियुक्ति गर्ने र नियुक्त हुने दुवै पक्षलाई कानून बमोजिम कारवाही गरी रकम समेत असूलउपर गर्न २०७६ वैशाख १३ गते निर्णय गरियो । केन्द्रले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र नेपाल वायु सेवा निगमलाई सुझाव लेखेर पठाएको प्रतिवेदनमा उल्लेख छ ।
केन्द्रले असूलउपर गर्न निर्देशन दिएपनि निगमले निर्देशन टेरेन । सतर्कता केन्द्र निरीह देखियो । निगमका सहप्रवक्ता जीवन भट्टराईले पाइलट फिजोनाथ नेपाली हाल पनि निगममै कार्यरत रहेको बताए । ‘अर्का नियुक्त गरिएका पाइलटले भने काम छाडिसकेका छन्,’ उनले भने । तत्कालीन कार्यकारी अध्यक्ष मदन खरेलले अधिकारप्राप्त गरी सो काम गरेकाले राष्ट्रिय सतर्कता केन्द्रको निर्देशन अनुसार दुवै पक्षलाई कारवाही नभएको सहप्रवक्ता भट्टराइले बताए ।
घटना ३ –
क्षेत्रीय मेडिकल स्टोर हेटौंडमा ३ करोडभन्दा बढी मूल्य बराबरको पोलियो विरुद्धको भ्याक्सिन कर्मचारीको गैरजिम्मेवारीका कारण बिग्रिएर खेर गएको भन्ने निवेदन गत आर्थिक वर्षमा सतर्कता केन्द्रमा परेको थियो । केन्द्रले मध्यमाञ्चल क्षेत्रीय मेडिकल स्टोरमा प्रतिक्रिया मात्रै बुझ्ने काम गर्यो ।
केन्द्रले मेडिकल स्टोरबाट प्रतिक्रिया बुझी ‘सो लापरवाहीबाट सरकारी हानी–नोक्सानीका साथै सरकारको महत्त्वपूर्ण कार्यक्रम समेत प्रभावित हुनसक्ने अवस्था आएको देखिएकाले लापरवाहीमा संलग्न कर्मचारीमाथि कारबाही प्रक्रिया यथाशीघ्र अघि बढाउन र सोको जानकारी यस केन्द्रलाई पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिने’ भनेर २०७५ मंसिर २५ गते निर्णय गरी मन्त्रालयमा पत्र पठाएको प्रतिवेदनमा उल्लेख छ ।
...
गत आर्थिक वर्षमा राष्ट्रिय सतर्कता केन्द्रले प्राप्त उजुरीमाथि प्रतिक्रिया बुझी छानबिन गरी नेपाल सरकारका विभिन्न मन्त्रालयलाई २८ वटा निर्देशन दिने, सुझाव दिने र ध्यानाकर्षण गराउने कार्य गरेको छ । केन्द्रले राज्यको तर्फबाट साधन, स्रोत र जनशक्ति प्रयोग गरेर छानबिन गरेका प्रतिवेदन कार्यान्वयन भने नभएको देखिएको छ ।
राष्ट्रिय सतर्कता केन्द्रका प्रवक्ता ज्ञानराज सुवेदीले सतर्कता केन्द्रले प्रवद्र्धनात्मक र निरोधात्मक भूमिका मात्रै खेल्ने निकाय भएको बताए । ‘केन्द्रमा आएका उजुरीहरूलाई अनुसन्धान गरेर दिएका निर्देशन पालना गर्ने दायित्व सम्बन्धित निकायकै हो । हामीले सामान्यतया निर्देशन कार्यान्वयनको ताकेता त गर्छौं तर नयाँ निवेदनलाई प्राथमिकता दिँदा पुराना ओझेलमा परेका हुन सक्छन्,’ केन्द्रका प्रवक्ता सुवेदीले लोकान्तरसँग भने ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...