×

NMB BANK
NIC ASIA

गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले पत्रकार सविन घितालमाथि फिल्मी शैलीमा कुटपिट गरेका छन् ।

Muktinath Bank

पोर्चुगलमा क्रियाशील पत्रकारलाई थापाले फिल्मी शैलीमा हातपात गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । उपाध्यक्ष थापाले ‘म को हो चिन्दैनस्’ भन्दै फिल्मको दृश्यमा जस्तो उडेर, घुमेर लात्ती प्रहार गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कुटपिटको घटनालाई नजिकैबाट नियालेका दिल्ली आचार्यले भने, ‘विदेशमा रहेका नेपालीको हकहितलाई संरक्षण गर्छौ भन्ने एनआरएनकै नेताले पत्रकार कुट्न लागेपछि अब हामी सामान्य कामदारको अवस्था के होला ? नेताजीले पाखुरी सुर्काउँदै पत्रकार कुट्न थाल्नुभयो, हामी त हेरेको हेर्‍यै भयौं ।’


Advertisment
Nabil box
Kumari

गायक राजेश पायल राई लगायतको उपस्थितिमा आयोजित कन्सर्टको रिपोर्टिङ गर्न पुगेका पत्रकार घिताललाई थापाले आइतवार साँझ कुटपिट गरे । धिताल ‘भ्वाइस अफ नेपाल टीभी’ र पोर्चुगलमा रहेका पत्रकारको संस्था नेप्लिज जर्नालिस्ट क्लबमा आवद्ध छन् ।

Vianet communication

टीभीले पछिल्ला केही महिनादेखि पोर्चुगलमा कृषि कामदारको पीडा र मानव तस्करीबारे लगातार समाचार प्रकाशन गर्दै आएको छ । आक्रमणकारीले धिताललाई समाचार लेखे दुवै हात काटिदिने, जिन्दगी बर्बाद गरिदिने र बरु जेल गएर बस्ने धम्की समेत दिएका प्रत्यक्षदर्शीले जनाएका छन् ।

स्थानीय अस्पतालमा उपचारपश्चात पीडित पत्रकार धितालले प्रहरीसमक्ष उजुरी दिएका छन् । थापालाई स्थानीय प्रहरीले मंगलवारै साँझ नियन्त्रणमा लिने तयारी गरेको जनाइएको छ ।

पत्रकार महासंघ युरोप शाखाको विरोध

कुटपिटको घटनालाई लिएर नेपाल पत्रकार महासंघ युरोप शाखाले प्रेस विज्ञप्ति जारी गरेको छ । अध्यक्ष केजिन राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘बेथिति र विसंगतिविरुद्ध कलम चलाउनु पत्रकारहरूको नैसर्गिक अधिकार हो । पोर्चुगलमा क्रियाशील पत्रकार सविन धितालमाथि गैरआवासीय नेपाली संघ पोर्चुगलकै कार्यवाहक अध्यक्ष समेत रहेका वरिष्ठ उपाध्यक्ष भीमसेन थापाले गरेको सांघातिक हमलाप्रति खेद प्रकट गर्दै कडा शब्दमा भर्त्सना गर्दछ । गैरआवासीय नेपालीहरूको साझा सामाजिक संस्था हो भनेर दाबी गर्ने उक्त संस्थाको नेतृत्व तहमै रहेको व्यक्तिबाट नै यो प्रकारका कायरतापूर्ण व्यवहार प्रकट हुनु वास्तावमै संस्थाको लागि शुभ संकेत होइन ।’

पत्रकार आक्रोशित

घटनालाई लिएर विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारले आक्रोश व्यक्त गरेका छन् । पत्रकार गणेश पाण्डेले घटना अत्यन्तै दुःखद भएको भन्दै आगामी दिनमा पनि दलाल प्रवृत्तिका मानिसबाट पत्रकार सुरक्षित नभएको बताए । उनले पोर्चुगलमा एरआरएनको गुण्डागर्दी रहेको बताए ।

अर्का पत्रकार पेब्बु गेलु शेर्पीले सामाजिक सञ्जाल फेसबूकमा स्टेटस लेखेर घटनाको विरोध गरेका छन् । उनी भन्छन्, ‘कायरताको पराकाष्ठा भनेकै भौतिक आक्रमण गर्नु हो । जोसँग सभ्यता छैन, संस्कार छैन, शैली र तर्क छैन, उनीहरूले गर्ने भनेकै भौतिक आक्रमण हो ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x