×

NIC ASIA

कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट हालसम्म सबैभन्दा बढी व्यक्ति संक्रमण र मृत्यु युरोप र अमेरिकामा भएको छ । 

Muktinath Bank

विकसित देश, सफासुग्घर र स्वस्थ खानेकुरा खाँदा पनि यिनै देशमा महामारी बढी फैलिँदा धेरै व्यक्ति अचम्मित परे तर वास्तविकता भने भाइरस सर्ने सफा होस् वा फोहर, विकसित होस् वा अविकसित बढी भीडभाड र सम्पर्कबाट सर्ने हुँदा समयमै लकडाउनको पूर्णपालना नगर्नु र हेलचक्र्याइँका कारण सहजै फैलिएको सहज ठम्याउन सकिन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसारकै विकसित र सभ्यता बोकेका देशमा पर्ने यी देशले कोरोना महामारीबाट धेरै कुरा सिक्न सक्छन् । संसारकै स्वास्थ्य र विकसित व्यञ्जनको विकास गरेका युरोपका मौलिक खानाबारे यहाँ चर्चा गरिएको छ ।


Advertisment
Nabil box
Kumari

युरोपियन खानालाई कन्टिनेन्टल खाना, महादेशीय खाना, वेस्टन खाना भनेर चिनिन्छ । संयुक्त राष्टसंघको आधिकारिक तथ्यांक अनुसार युरोपमा जम्मा ४४ देश छन् र यी सबै देशको आ–आफ्नो मौलिक खाना भएपनि १ दर्जन देशका खाना भने विश्व चर्चित छन् । 

Vianet communication

हुन पनि युरोपियन खानाको इतिहास धेरै पुरानो छ । विश्वको अनौठो सभ्यता बोकेको हुनाले युरोपियन खानालाई विश्वभरका देशले अँगाले र छोटो समयमा विश्वभर चर्चित र स्वास्थ्यबर्द्धक व्यञ्जन भनेर चिनिन थाल्यो । युरोपियन कुजिनलाई पनि मुख्यतः ५ भागमा विभाजन गरिएको छ । जसमा मध्य युरोप, पूर्वीय युरोप, पश्चिमी युरोप, उत्तरी युरोप र दक्षिणी युरोप छन् ।

युरोपको सबैभन्दा प्रख्यात व्यञ्जनको विकास गर्ने देशमा इटली र दोस्रो नम्बरमा फ्रान्सलाई लिइन्छ । तेस्रोमा स्पेन र पोर्चुगललाई मानिएको छ भने अन्यमा क्रमिक रुपमा ग्रिस, साइप्रस, अस्ट्रिया, जर्मनी, बेल्जियम, मल्टा, नेदरल्यान्ड, पोल्यान्ड, हङ्गेरी, रोमानिया, बेलायत, आयरल्यान्ड, लक्जेम्बर, चेक रिपब्लिक, स्लोभाकिया, स्लोभानिया, बुल्गेरिया, क्रोस्टिया, लिथुनिया, एस्टोनिया, लाट्भिया, फिनल्यान्ड, डेनमार्क, स्वीडेन छन् ।

संसारमा युरोपियन खाना अर्थात् कन्टिनेन्टल खाना भनेर सबैभन्दा ज्यादा अध्ययन गरिने र पस्किनेमा इटली र फ्रान्स नै सबैभन्दा अगाडि छन् ।

यी देशहरूले प्राचीनकालदेखि नै आफ्नो खानाको विकास र विस्तार गरेको देखिन्छ । खानामा सभ्यता र विविधता बोकेका यी देशहरू अत्यन्त आधुनिक तवरले खाना पस्किन्छन् । मसलादार र चिल्लो–पिरो कम हुने हुँदा युरोपियन व्यञ्जनलाई संसारकै स्वास्थ्यबर्द्धक खाना भनेर चिनिन्छ ।

ग्रिल्ल, स्टिम, सते, इस्टु, बेक, रोस्ट जस्ता विधि अपनाएर खाना तयार गर्ने हुँदा यी देशका खाना धेरै देशको रोजाइमा परेका छन् ।

युरोपियन मूलका देशमा जौतुनको तेल र बटरमा खाना पकाउने हुँदा पनि निकै स्वास्थ्यबर्द्धक मानिन्छ । प्राचीनकालदेखि नै खाना विज्ञान (ग्यस्ट्रोनोमी) लाई प्रमुख प्राथमिकतामा राखेर अध्ययन र अनुसन्धान गरेका कारण फ्रान्सले ब्यञ्जन विकासका हिसाबले विश्वमा सबैलाई उछिनेको छ ।

इटलीको पनि खानामा विविधताका कारण सबैले अँगालेका छन् । यी दुवै देशले विश्वलाई चकित हुने गरी युरोपियन खानाको विकास र विस्तार गरेका कारण विश्वले नजिकबाट चिन्ने मौका पाएका छन् ।

फ्रान्सले खाना कसरी बनाउने, कसरी पस्कने जस्ता विधि धेरै समय अगाडि नै उसको आफ्नै भाषामा विकास र विस्तार गरेका कारण अहिलेको समयमा पनि विश्वभरका सबै देशले उसैको भाषामा सबै विधि, नियम अनुशरण गरेर अध्ययन अध्यापन गराइरहेका छन् ।

के–के छन् त प्रमुख युरोपियन ब्यञ्जनहरू ?

मस्कुलिन सलाद, निकोइस सलाद, सलाद भार्ते (मिक्स भेज सलाद), अन्डोलस सलाद, मर्सेडिस सलाद, क्यानाइली सलाद, लेगुमिज सलाद, इस्पागोनल सलाद, ग्रान्डी डुचेसी सलाद, इम्पेरियल सलाद, रसियन सलाद, सिजर सलाद, पन्जानेला सलाद, यम यम सलाद, फारो सलाद, एगप्लन्ट कपोनाटा सलाद, एन्टी पास्टो सलाद, अरुगुला रिकोटा सलाद, पिकोरिनो फिनेल सलाद, ओएस्टर मसरुम अरुगुला सलाद, मिजेरिया सलाद, भिनेग्रेट सलाद, होर्ता सलाद, सुरोक्का सलाद, सोपस्का सलाद, क्याप्रिज सलाद, ओलियर सलाद, ग्रिक सलाद, ट्रेस्का सलाद, कोबान सलातासी, ट्रेम्पो सलाद, रोसोल्ली सलाद, पिपिराना सलाद, मिमोजा सलाद, सलाता ओरिन्टल, सलडे लियोनोइज, टोनोसलाता, आर्डेइ कोप्टी, इनसलता रिसो, सलता डे रोसी, कोर्तोफेल सलता प्रमुख सलादहरू छन् ।  

जुप्पा अगरकुवा, आभ्घोलेमोनो, भिन्चीसोइस, रिण्डसुप्पे, कुलाज्दा, चेसनेक्का, पपा अल पोमोडोरो, फक्केस, आर्टसोप्पा, नुडेलसुप्पे, सीओर्बा डे फसोले, अजोब लान्को, ओक्रोसका, रासोलनिक, टाराटोर, कार्टोफेल सुप्पा, पस्ता ए फगीओली, पासुल्ज, खार्चो, बोर्स, जुरेक, सोलयान्का, कापुसनियक, उखा, रिभोलिता, फ्लाकी, कन्सुमी, पोरुसल्डा, कक आ लिकी, जुप्पा रेब्नना, सोपा डे टोमाटे, भेलुटाटा डि जुक्का, टोउरिन, पटसास, चिखिरटमा, क्वास्निका, काल्डे गालेगो, फजालोभा, फिस्के सुप्पे, सोद्द, मुल्लिगटाङगी, गाजापाचो डे मङगो, फासोलाडा, डोभ्गा, बुरिड्डा, हेर्नीकेइतो, हुस्लेभेस, जुप्पा तुस्काना, बेगोभा कोर्बा, मगिरिट्सा, कापुसटिनिका आदि सुपहरू युरोपियन देशमा निकै प्रख्यात छन् ।

इटलीको पिज्जा, पास्ता, रगु, रिसोटो प्रमुख भएझै फ्रान्सको ब्रेड र बेक परिकार त्यतिकै प्रमुख मानिन्छ । जर्मनीको करीवुर्स्ट, बेलायतको ब्रेकफास्ट, नेदरल्यान्डको हेरिङ, हङगेरीको गोउलस, स्कटल्यान्डको हगिस, आयरल्यान्डको स्टू, पोल्यान्डको पेरुगी, कोसोभोको सरमा, अर्मेनियाको डोल्मा, लामाड्जो, ग्रिसको गाइरोस, स्टिफाडो, मइडिया, मुसाक्का, जर्जियाको घोमी, खिन्काली, अजिका अर्मेनियाको मन्टी, लोल्यान्डको क्रोकिइट, सर्बियाको पोर्ककोल्ट, रोमानियाको जाकुस्का, रसियाको सास्लिक, स्विजरल्यान्डको चिज फन्डु, बोस्नीया हर्जगोभिनाको सेभापी, स्विडेनको कोटबुलर, साइप्रसको हल्लोम्मी, टर्कीको डोनर कबाब, आसल्यान्डको प्यालसुर (हटडग), नरवयको फिनबिफ(रिनडेर स्टु), बेल्जियमको माउलेस फ्रीटस, इङ्ल्यान्डको मिटपाइ, हल्यान्डको बामी गोरिङ, जर्मनीको पोर्क कटलेट, बेलायतको फिस एन्ड चिप्स, डेन्मार्कको ओपन फेस स्यान्डुज, फ्रान्सको बिफ फ्रीटस, इटलिको बोकाटिनी, स्पेन पाइला, क्रोस्टियाको रोस्टेड अक्टुपस विथ पोट्यातो, पोर्चुगलको काल्डे भार्दे, ग्रिसको सोभ्लाकी, पोल्यान्डको

बिगोस, स्वीडिसको मिटबल लगायतका ब्यञ्जनहरू युरोपमा मुख्य खानाको रुपमा आ–आफ्ना मौलिक खानाहरू प्राचीन समयदेखि प्रचलित छन् ।

युरोपियन देशहरू मिठाई र केकका पनि पारखी मानिन्छन् । यी देशले केक, पेस्ट्री तथा डेजर्टमा प्राचीनकालदेखि नै व्यापक र विविधताको विकास र परिमार्जन गरेका छन् । केक तथा डेजर्टमा पनि फ्रान्स र इटली नै युरोपमा अग्रपंक्तिमा छन् । यिनिहरूको केक र मिठाईहरू विश्वबिख्यात छन् ।

जर्मनीको बल्यक फोरेस्ट, इटलीको क्रोस्टाटा, जर्मनीकै लेबकुचेन, पोल्यान्डको सुर्निक, फ्रान्सको पेरिस ब्रेस्ट, पोर्चुगलको पास्टेल डे नाटा, फ्रान्सकै टार्टे टातिन, नेदरल्यान्डको एपल टार्ट, इटलीको टोरोनी, हङ्गेरीको क्रेमेस, इटलीको सेमिफ्रेडो, फ्रान्सको बबा आउ रहुम, फ्राइसियर, क्यानेल, अस्ट्रियाको लिन्जर टोर्टे, मिसा, नेदरल्यान्डको पन्नेकोइक, फ्रान्सको चार्लोटी रुसे, रसियाको सार्लोट्का, इङल्यान्डको ट्रोफल, बेल्जियमको वाफल, जर्मनीको कासेकुचेन, बेलायतको एटोन मेस, मिन्स पाइ, इटलीको बुडिनो, नेदरल्यान्डको स्ट्रपवाफेल, फ्रान्सको नोइल, डकुइस, नेदरल्यान्डकै स्पेकुलास, पोल्यान्डको माजुरेक, बेलायतको स्टिकी टोफी पुडिङ, फ्रान्सको सब्ले, स्वीडेनको वफलर, क्ल्लाडकाका, ग्रीसको रेभानी, पोल्यान्डको बब्का, फ्रान्सको क्रिम ब्रुले, स्पेनको चुरोस, इटलीको तिरामिसो, टर्कीको बक्लभा, स्वेडेनको किनामन बन, फ्रान्सको चकलेट मुस, फ्रान्सको मेल्टेड चकलेट, इटलीको जेलेटो, फ्रान्स लेमन टार्ट, पोर्चुगलको क्रीम क्यरामेल, इटालिको पन्नाकोटा प्रख्यात छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x