मंसिर २५, २०८०
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिँचाइ शुरू गरेको छ । डेढ दशक अघि १२ अर्ब रुपियाँ हाराहारीको लागतमा बन्नुपर्ने आयोजना दोब्बरभन्दा बढी लागतमा आंशिक रूपमा मात्र सम्पन्न भएको हो ।
निर्धारित समयभन्दा पाँच वर्षपछि आयोजनाले आंशिक रूपमा किसानलाई पानी दिन थालेको छ ।
सिक्टा सिँचाइ आयोजनाका प्रमुख लोकबहादुर थापाका अनुसार लामो पर्खाएपछि आयोजना किसानमा खुसी ल्याउन सफल भएको छ । किसानको खेतमा पानी पुर्याइएसँगै आयोजनाको सिँचाइ लक्ष्यको करिब आधा क्षेत्रफलमा पानी पुगेको उनको दाबी छ ।
आयोजनाको शुरू वर्षमा २०६१÷६२ को लागत अनुमान १२ अर्ब ८० करोड रुपियाँ रहेको थियो । आयोजना आर्थिक वर्ष २०७१÷७२ मा आयोजना सम्पन्न गर्नुपर्ने थियो । चालू आर्थिक वर्षसम्म आयोजनामा २५ अर्ब दुुई करोड रुपियाँ खर्च भए पनि आयोजना पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन ।
आयोजनाले पश्चिमी मूल नहर र पूर्वी नहरबाट पानी सञ्चालनमा ल्याएको हो । सिँचाइ शुरू भएपछि बाँकेमा असारमै धान रोपाइँ अन्तिम चरणमा पुगेको आयोजनाको दाबी छ । आयोजनाका अनुसार बाँकेमा ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
उहाँले आयोजनाको पश्चिमी मूल नहरको जेठी नालासम्म र पूर्वी नहरको साविक राजकुलोबाट विभिन्न शाखा तथा प्रशाखा नहरमार्फत खेत खेतसम्म पानी पु¥याइएको हो भने।
अहिलेको अवस्थामा आयोजनाबाट पश्चिमी मूल नहर अन्तर्गत १५ हजार हेक्टर र पूर्वी नहर अन्तर्गत एक हजार हेक्टर गरी १६ हजार हेक्टरमा वर्ष भरि नै सहजै सिँचाइ हुनेगरी पानी पु¥याउन सकिने उनले जानकारी दिए।
उहाँले बाँकेमा अरू बेला साउनमा मात्र रोपाइँ सकिन्थ्यो तर आयोजनाको पानी सञ्चालनमा ल्याइएपछि पहिलो पटक असारमा नै ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको हो भने।
डेढ दशकअघि २०६३ माघदेखि निर्माण शुरू भएको सिक्टा नेपालकै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो । यो आयोजनाबाट बाँके जिल्लाको करिब ४३ हजार हेक्टर जमिन सिँचाइ गर्ने लक्ष्य छ । आयोजनाको ४५ किलोमिटर रहेको पश्चिमी मूल नहरको निर्माण सम्पन्न भइसकेको छ भने ५३ किलोमिटर रहेको पूर्वी नहरको निर्माण कार्य जारी रहेको आयोजना प्रमुख थापाले जानकारी।
बाँके जिल्लाको अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी राप्ती जिल्लाको पश्चिम दायाँतर्फ ३३ हजार ७६६ हेक्टर एवं राप्ती पूर्व बायाँतर्फ नौ हजार हेक्टर गरी कुल ४२ हजार ७६६ हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य रहेको छ । भउचप्रसाद यादवले गोरखापत्र दैनिकमा खबर छ ।
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...