×

NMB BANK
NIC ASIA

भारतमा नेपाली कामदारको व्यग्र पर्खाइ, सीमासम्मै पुग्छन् रोजगारदाता ‘मालिक’का गाडी

भदौ ३१, २०७७

NTC
Premier Steels

कैलालीको गोदावरी नगरपालिका–५ का किरण चन्द गौरीफन्टा भएर भारतको गुजरात हानिएका छन् ।

Muktinath Bank

मेकानिकल इन्जिनीयर रहेका उनी परिवारसहित गुजरात बस्दै आएका थिए । उतै रोजगारी गर्छन् । गत जेठमा नेपाल आएका उनी हाल कोरोना कहरबीच भारत पसेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी भन्छन्, ‘यता रोजगारी छैन । उतै काम गर्छु । कम्पनीले बोलाएको बोलायै छ । गौरीफन्टा सीमाबाटै गाडीको व्यवस्था कम्पनीले नै गरिदिएपछि फर्किंदै छु ।’


Advertisment
Nabil box
Kumari

कञ्चनपुरको पुनर्वास नगरपालिका–१ ढक्काका सुरेश साउँद पनि गौरीफन्टा नाका भएर भारत पसे । ‘घरमा कूल देवताको पूजा थियो । श्राद्ध गरियो । पितृहरूबाट आशिर्वाद मागियो । अब परिवार पाल्नकै लागि भारत जान लागेको हुँ,’ साउँदले भने, ‘हाम्रो देशमा काम पाइने भए भारत जानु के रहर थियो र ? काम पाइँदैन अनि भारत जानुको विकल्प छैन ।’

Vianet communication

उनीसहित ५ जनालाई लिन दिल्लीका रोजगारदाता व्यवसायीले गाडी नै पठाएका रहेछन् । पाँचै जना दिल्लीमा सुरक्षा गार्डमा काम गर्छन् । ‘मालिकले पारिपट्टि (भारत) गाडी पठाइदिनुभएको छ । अब कोरोनाबाट बच्दै काम गरिन्छ,’ उनले भने, ‘काम गर्नु पर्छ, कहिलेसम्म घरभित्रै सुतिराख्नु त ?’

किरण र सुरेश मात्रै होइनन्, यतिबेला गौरीफन्टा नाकाबाट आउनेभन्दा भारत फर्किने धेरै छन् । सीमा नाकामा आजभोलि ओइरो लाग्ने गरेको छ । खासगरी भारतमा लामो समयदेखि रोजगारीमा रहेका, मौसमी कामदारको रूपमा भारतमा काम गर्न पुगेकाहरू भारतमा कोरोनाको महामारी फैलिएपछि लकडाउनबीच नेपाल फर्किएका थिए । तर लामो लकडाउनपछि बेरोजगार भएका नेपालीहरू आजभोलि पुनः रोजगारीको लागि भारत पस्न लागेका छन् ।

लामो समयदेखि भारतमै रोजगारी गरेका नेपालीलाई पहिले कार्यरत ठाउँका रोजगारदाता मालिकहरूले बोलाउन थालेपछि र सीमा नाकामै गाडीको व्यवस्थासहित लिन आएपछि नेपालीहरू फर्किन थालेका हुन् । भारतमा रोजगारदाताहरू नेपाली मजदुरको व्यग्र पर्खाइमा छन् ।

कैलालीको जानकी गाउँपालिका–५ पथरैयाका भरतसिंह विक नयाँदिल्लीमा एक रेस्टुरेन्टमा काम गर्थे । भारतमा लकडाउन भएपछि रेस्टुरेन्ट सञ्चालकले घर पठाइदिए । मालिकले फेरि कामको लागि बोलाएकाले उतै जान लागेको उनले बताए ।

‘मुगल रेस्टुरेन्टमा गार्ड थिएँ । त्यतिबेला लकडाउन हुने भनेपछि ४–५ दिनअघि नै आइहालें,’ उनले भने, ‘अहिले घरमा नून तेल त चाहियो । नेपालमा सबैतिर बन्द छ । भारतमा सबै होटल, कलकारखाना, व्यापार व्यवसाय खुलिसक्यो ।’ 

लामो लकडाउनले दुई छाक टार्नलाई पनि मुस्किल भएपछि नेपालीहरू स–साना दुधे बालकलाई काखी च्यापेर भारततिर जान बाध्य छन् । सुदूरपश्चिम प्रदेशको साढे २५ लाख जनसंख्याको ३० प्रतिशत जनसंख्या कामका लागि भारत आउजाउ गर्ने गरेको गैरसरकारी संस्थाहरूको दाबी छ ।

भारतबाट सुदूरपश्चिमका विभिन्न जिल्ला आएका र कर्णाली प्रदेशका वासिन्दा यतिबेला कञ्चनपुरको गौरीफन्टा नाका र गड्डाचौकी नाका भएर पुनः भारततिर फर्किरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको पछिल्लो १० दिनको तथ्यांक अनुसार ती २ नाका भएर आउने र जानेको संख्या करीब–करीब बराबरै रहेको छ । भदौ २० गतेदेखि २९ गतेको तथ्यांक अनुसार ६ हजार ४९९ जना भित्रिएका छन् भने ६ हजार १८५ जना भारत गएका छन् । गड्डाचौकीको तुलनामा गौरीफन्टा नाकामा आवागमन बढी रहेको पाइएको छ ।

प्रशासन कार्यालयका प्रशासकीय अधिकृत खगेन्द्र भारतीका अनुसार खासगरी लामो समयसम्म भारतमा बसेका र भारतमै विभिन्न पहिचान पत्र लिइसकेका नेपालीहरू भारत फर्किएका छन् । सीमा नाकामा भारतीय सुरक्षाकर्मीले आधार कार्ड, भोटर कार्ड, राशन कार्ड भएका नेपालीलाई प्रवेश दिँदै आएको प्रशासकीय अधिकृत भारतीले जानकारी दिए ।

आजभोलि सेवानिवृत्त नेपालीहरू पनि भारत गइरहेका छन् । भारतीय सेना र प्रहरीमा सेवानिवृत्त नेपालीहरू पेन्सन बुझ्न भारत जाने र आउने गरेको प्रशासन कार्यालयले जनाएको छ । भारतीय सीमावर्ती जिल्लाका डीएमसँगको समन्वयमा दैनिक १०० जना सेवानिवृत्त नेपालीहरू पेन्सनकै लागि भारत गइरहेका बताइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १९, २०८१

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डीपी)ले आन्तरिक रोजगारी सृजना र स्वरोजगार वृद्धि गर्न सीपमूलक तालिम दिइने बताएका छन् । एक सय ३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा संयुक्त ट्रेड ...

माघ १५, २०८०

काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाले करारमा कर्मचारी माग गरेको छ । आयोजनाले सोमबार सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदमा कर्मचारी माग गरेको हो ।  सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन आह्वान...

पुस १३, २०८०

 पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्...

कात्तिक २७, २०८०

ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए ।  तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थि...

बैशाख १९, २०८१

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रमलाई नै जीवन मान्नुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत बुधबार शुभकामना व्यक्त गर्दै उनले श्रम नै जीवन, श्रम नै विश्वास, श्रम नै पू...

बैशाख २१, २०८१

काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका छन् । थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन् ।  महानगरले गत वर्षको भदौ अन्तिममा श्रम बैंक सुरु गरेको थियो ।...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x