×

NMB BANK
NIC ASIA

आफैं कार्यरत अस्पतालको लापरवाहीले ज्यान गुमाएका डा. सिंह, न्यायका लागि भौँतारिँदै परिवार

असोज ६, २०७७

NTC
Premier Steels

आफैं कार्यरत अस्पतालको लापरवाहीको शिकार बनेका डा. सिंह, न्यायका लागि भौँतारिँदै परिवार

Muktinath Bank

२०७६ भदौ १० गते साँझ ९ बजे खाना खाने क्रममा रूपन्देहीको भैरहवाका अर्थोपेडिक सर्जन डा. ज्ञानेश्वरप्रसाद सिंहको घाँटीमा खसीको हड्डी अड्कियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

परिवारले डा. ज्ञानेश्वर नै कार्यरत युनिभर्सल मेडिकल कलेज भैरहवामा तुरुन्तै पुर्‍याए । अस्पतालमा पुर्‍याएको रात उनलाई चिकित्सकहरूले केही उपचार गरेनन् ।


Advertisment
Nabil box
Kumari

‘पेनकिलर’ दिएर राखे । अन्य उपचार गरेनन् । डा. सिंह हाडजोर्नी विशेषज्ञ प्राध्यापक पनि हुन् ।  

Vianet communication

पर्सिपल्ट अर्थात् १२ गते बिहान ९ बजे बल्ल उनलाई ओटीमा लगियो । घाँटीमा अड्किएको हड्डी निकाल्न ५ घण्टा अपरेसन गरियो । आधा हड्डी निकालियो ।

आधा हड्डीलाई धकेलेर पेटमा पठाइयो भनेर चिकित्सकहरूले परिवारलाई भने । चिकित्सकले दालको रस र जुस खान दिन हुने भनेर सुझाए । तर, १४ गते बेलुकाबाट डा. ज्ञानेश्वरले वान्ता गर्न थाले ।

परिवारले सिटीस्क्यान गरौं भने, तर अस्पतालले मानिरहेको थिएन । परिवारको दबाबपछि सिटीस्क्यान गर्दा घाँटीमै हड्डी देखियो । परिवारका सदस्य झस्किए । परिवारलाई नभनी उनलाई आईसीयूमा सारियो । 

त्यसपछि अस्पतालले डा. सिंहको सानो अपरेसन गर्नुपर्ने भएकाले काठमाडौं लैजानुपर्छ भन्यो । हेलिकप्टरमार्फत काठमाडौं पठाइयो । 

उनलाई काठमाडौंको ग्राण्डी अस्पतालको छतमा ल्याण्ड गराइयो । तर, ग्राण्डीमा उपचार नगरी उनलाई मनमोहन अस्पताल लगियो । युनिभर्सल अस्पतालले मनमोहन अस्पतालमा सिरियस केस आउँदैछ भनेर पहिल्यै जानकारी गराएका रहेछन् । परिवारलाई तुरुन्त बिरामी भर्ना गर्ने कार्डमा हस्ताक्षर गर्न लगाए । 

त्यहाँ बिरामीको इन्डोस्कोपी गर्दा खाना खाने नली च्यातिएको र त्यसको इन्फेक्सनले गर्दा छातीमा समेत इन्फेक्सन भएको देखियो । मनमोहन अस्पतालले घाँटीको हड्डी निकाल्ने र धकेल्ने क्रममा अस्पतालको लापरवाही भएको बतायो । त्यही कारण खाना नली हुँदै संक्रमण छातीसम्म पुगेर संक्रमण भएको पुष्टि भयो । मनमोहन अस्पतालमा उनको हड्डी निकालियो । तर, उनको स्वास्थ्यमा कुनै सुधार भएन ।

३ महिना अस्पतालको आईसीयूमा राखियो । तीन महिनापछि बल्ल च्यातिएको नलीको शल्यक्रिया गर्न सकिने अस्पतालले बतायो । तर, आईसीयूमै राखिएका डा. सिंहको २०७६ माघ २ गते निधन भयो । उनी ५६ वर्षीय थिए । उनको उपचारमा लागि मात्रै परिवारले ६० लाख रूपैयाँ खर्चिएको छ । 

मृतक डा. सिंहका छोरो प्रज्ज्वल सिंह सहित परिवारले अस्पतालको गम्भीर लापरवाहीले मृत्यु भएको भन्दै २०७७ साउन ९ गते क्षतिपूर्ति र सुविधाबापतको रकम माग गर्दै युनिभर्सल कलेजमा परिवारले निवेदन दिए । आफूहरूको निवेदनको सुनुवाइ नभएको भन्दै भदौ गृह र स्वास्थ्य मन्त्रालयमा पनि पुनः निवेदन दिएका छन् । 

प्रज्ज्वलले भने, ‘हाम्रो निवेदनको कुुनै सुनुवाइ गर्दैनन् । फोन पनि रिसिभ गर्दैनन् । बुवाले त्यहाँ १० वर्ष काम गर्नुभयो । त्यहीँका चिकित्सकको लापरवाहीले गर्दा बुवाको मृत्यु भयो । अस्पतालको यो हदसम्मको लापरवाहीमा मिडियाका साथीहरूले साथ दिनुभयो, अस्पतालले हामीलाई कुनै वास्ता गरेन ।’ 

डा. ज्ञानेश्वरप्रसाद सिंहको उपचारमा लापरवाही गरेको भन्दै नेपाल मेडिकल काउन्सिलले युनिभर्सल कलेजका उपचारमा संलग्न चिकित्सकलाई कारवाही गरेको छ ।

काउन्सिलले डा. सिंहको उपचारमा संलग्न चिकित्सक डा. विश्व तुलाचनलाई एक वर्षसम्म ‘इसोफिजिएल इन्डोस्कोपी’ गर्न नपाउने कारवाही गरेको प्रज्ज्वलले जानकारी दिए । त्यस्तै अर्का डा. लक्ष्मी पाठकलाई पनि छानबिन चलेको छ । उनी अहिले भारतको दिल्लीमा रहेको बताइएको छ । 

अस्पतालका डाइरेक्टर खुमा अर्यालले डा. ज्ञानेश्वरप्रसाद सिंहलाई बचाउनका लागि अस्पतालले ठूलो धनराशि खर्च गरेकाले अन्य सहयोग परिवारलाई गर्न नसकिने बताए । 

अर्यालले भने, ‘उहाँलाई बचाउन हामीले सक्दो सहयोग गरेको हो । अस्पतालले आफ्नै खर्चमा काठमाडौंसम्म हेलिकप्टर मगाएर पठायौं । तर, उहाँको परिवारले अस्पतालविरुद्ध धावा बोल्न थाले । अस्पतालले अब कुनै सहयोग गर्न सक्दैन ।’ 

प्रज्ज्वल र उनकी बहिनी प्रज्ञा सिंह बंगलादेशमा एमबीबीएस अध्ययनरत छन् । 

कोरोना महामारीले गर्दा पढाइ बन्द भएपछि उनीहरू अहिले नेपाल आएका छन् ।  प्रज्ज्वल भन्छन्, ‘हामीलाई पढाउन बुवाले घर जमिन बैंकमा राखेर डाक्टर पढाउनुभएको हो । परिवारको मुख्य व्यक्ति नै मृत्यु भएपछि हामी अहिले विचल्लीमा छौं ।’ 

सिंह परिवारको स्थायी घर जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ धनुषा हो । 

हेर्नुहोस्, सम्बन्धित कागजातहरू :

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x