कात्तिक २२, २०८०
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
सफलता यस्तो शब्द हो जो हरेक मानिस आफ्नो जीवनमा अनुभव गर्न चाहन्छ ।
सफलताको चाहनामा मानिसले के गर्दैन र ? समयभन्दा चाँढो कुदिरहेको यो विश्वमा आफ्नो जीवन सफल बनाउन मानिस लागिरहेका छन् । हरसम्भव प्रयासपछि पनि मानिसले सफलता पाउन सक्दैनन् ।
सफलता पाउन के गर्ने ?
यदी तपाई जीवनमा सफलता चाहनुहुन्छ भने सफल व्यक्ति बारेमा जान्ने प्रयास गर्नुस् । किनकी हरेक सफल मानिसको जीवनमा एक तितो अनुभव र कठिन संघर्ष हुन्छ । जसका कारण उ सफल भएको हुन्छ ।
एउटा कुरा सधै यादमा राख्नुस् कि सफलता र असफलताको पछाडि तपाईको इच्छाशक्तिको भूमिका हुन्छ । चाहनाले मात्र मानिस सफल हुँदैन त्यसका लागि तपाईले मिहिनेत गर्नु पर्दछ ।
सफलता पाउनका लागि तपाईले केही काम नियमित गर्न आवश्यक छ ।
पढ्ने बानीको विकास
विशेषज्ञका अनुसार धेरैजसो सफल मानिसले सुत्नुअघि पढ्नका लागि समय छुट्याउँछन् । यो जरुरी छैन की तपाई विषयसँग सम्बन्धित पुस्तक पढ्नुहोस् । तपाईले प्रेणणात्मक कहानी, व्लग्स साहित्य या समाचार भएपनि पढ्ने बानी विकास गर्नुस् ।
सकारात्मक सोच
दिनभरको भागदौडपछि दिमागमा तनाव, थकान र नकारात्मक सोच हुनु सामान्य मानवीय प्रक्रिया हो । यदी तपाईले हरेक विषयलाई सकारात्मक रुपमा लिनुभयो भने तपाईलाई निन्द्रा राम्रोसँग लाग्ने छ भने तनाव कम हुन जानेछ ।
दिनभर गरेका सकारात्मक काम बारे सोच्नुहोस् तपाईलाई आनन्द आउँछ ।
कामको लिस्ट बनाउनुस्
बेलुका सुत्नुअघि तपाईले भोलिपल्ट गर्ने कामको लिस्ट बनाउनुस् । सवै कामको लिस्ट बनाउन गारो हुन्छ तर पनि कामको लिस्ट बनाउँदा तपाईको जीवन व्यवस्थित हुन जान्छ ।
परिवारलाई समय
तपाईंसँग जति पैसा, नाम र व्यस्तता भएपनि परिवारको लागि समय छैन भने त्यसले कुनै अर्थ राख्दैन । सफल व्यक्तिले आफ्नो सफलताको श्रेय परिवारलाई दिन्छ जसले गर्दा उसलाई आत्मसन्तुष्टि मिल्छ भने काममा परिवारका सदस्यहरुको सहयोग हुन्छ ।
मादक पदार्थबाट पर बस्नुस्
सफलताका लागि मादक पदार्थहरु बाट टाढा बस्नुहोस् । यसले परिवारका साथै तपाईको काममा पनि असर गर्छ
ध्यान गर्नुस्
कयौं सफल व्यक्ति काममा जानु पूर्व थोरै अवधिका लागि भए पनि ध्यानमा बस्छन् । यसबाट तपाईंका दिन र दिमाग चिन्ताबाट टाढा जानेछ ।
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...