पुस ५, २०८०
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
बुटवलले प्राथमिकतामा राखेको सहरी कृषि प्रवद्र्धन कार्यक्रम प्रभावकारी बनेको छ ।
उक्त कार्यक्रम अन्तर्गत बेमौसमी तरकारी खेती देखि धान र गहुँको उत्पादन बढाउनेसम्मका कामलाई व्यवस्थित बनाइएको छ ।
सहरी कृषि उत्पादकत्व बढाउने, किसानलाई व्यवसायिक बनाउनुका साथै किसानले उत्पादन गरेको फसल धितो राखेर अनुदानसम्मका कार्यक्रम बुटवलमा संचालित छन् ।
सहरी कृषिमा समर्पित किसानका लागि समूह गठन, परिचालन, प्राविधिक सहयोग देखि अनुदान हुँदै फसल धितो राखेर अनुदान दिने र उन्नत जातको बीउ आफै उत्पादन गर्नेसम्मका काम भइरहेको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । सहरी कृषि अन्तर्गतका कामको प्रतिफल देखिन थालेपछि किसानहरूमा हौसला बढ्दै गएको र सहरमा पनि जैविक उत्पादनको माग बढिरहेको उनको दाबी छ ।
सहरी तरकारी खेती प्रवद्र्धनका लागि किसानको उत्पादनलाई व्यवसायिक बनाउने पहल भइरहेको बताउँदै प्रमुख सुवेदीले कृषि उत्पादनको मागलाई सकेसम्म स्वदेशी उत्पादनले आपूर्ति गर्नेगरि कृषि प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको बताए ।
बेमौसमी खेतीमा आधुनिक औजार–मेसिन, उन्नत बीउबिजन, विषादी, मल, थोपा सिंचाई, रसायनिक मलका लागि निर्देशिका नै बनाएर सहकारीमार्फत वितरण, नवीनतम प्रविधि स्थलगत प्रदर्शन गर्नुका साथै किसानमैत्री प्रविधिहरूको प्रयोगलाई प्राथमिकतामा राखिएको बताउँदै उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।
दैनिक दुई हजार किलो च्याउ उत्पादन हुँदै
सहरी कृषि प्रवर्द्धनलाई थप प्रभावकारी गराउने गरि अहिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बुटवलमा दुईवटा च्याउ पकेट क्षेत्र र धानको बीउ पकेट क्षेत्र निर्धारण गरिएको छ । बुटवलमा च्याउको माग धान्ने गरि र धान खेती हुने ठाउँमा गुणस्तरीय धानको बीउको माग थेग्ने गरि पकेट क्षेत्र निर्धारण गरिएको छ ।
भिजन कृषि सहकारी संस्था बुटवल–१३ ले सञ्चालन समन्वय समिति नै बनाएर च्याउको उत्पादन गरेको छ । आधुनिक तरिकाले २० वटा डूमहाउस निर्माण गरेर कन्य च्याउको उत्पादन भइरहेको समितिका सचिव तथा उद्यमी महिला अगुवा जमुना पोखरेलले बताइन ।
यस्तै बुटवलको वडा नं १८ मा पनि व्यवस्थित डूमहाउस निर्माण गरेर कन्यच्याउको उत्पादन गरिएको छ । वडा नं. १८ मा बुटवल जैविक तरकारी उत्पादन कृषक समूह गठन गर्दै च्याउ उत्पादन गरिएको समन्वय समितिका संयोजक खिलेन्द्र पुन मगरले बताए ।
प्रधामन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत छनौट भएका च्याउ खेतीका यी दुई ठाउँमा कम्तिमा दुई हजार किलो च्याउको बीउ प्रयोग गरिएको उपमहानगरका कृषि विकास शाखा प्रमुख सन्तोष जिसीले बताए । त्यस क्षेत्रका किसान, अगुवाहरुको समन्वय समिति गठन गरेर प्राविधिक तहको ज्ञान र सीपसमेत सिकाइएको प्रमुख जिसीले जानकारी गराए ।
यहीँ कार्यक्रमलाई अझ प्रभावकारी बनाउन वडा नं. १६ मा रहेको आदर्श कृषि सहकारी मार्फत् चार सय रोपनी भन्दा धेरै क्षेत्रफलमा धानको बीउ उत्पादन गर्नेगरि पकेट क्षेत्र निर्धारण गरिएको थियो । सोही अनुरुप गुणस्तरीय धानको बीउ उत्पादनका लागि सक्रिय भएको सहकारीका कार्यक्रम संयोजक चन्द्रकान्त आचार्यले बताए ।
स्वदेशी उत्पादन् बढ्दै
कृषि उत्पादकत्व बृद्धिका लागि प्राविधिकसहितको अध्यय्न कार्यदल बनाएर बुटवल उपमहानगरले सहरी कृषि प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिरहेको छ । यसले स्वदेशी तरकारीको उत्पादकत्व बढाएको छ । पहिले फुल रोप्ने वा त्यसै छाड्ने ठाउँमा अहिले कम्तिमा हरियो धनिया रोप्न थालिएको छ । जग्गा भएका ठाउँमा व्यवसायिक रुपमै र नभएका ठाउँमा कौसी तरकारी खेती भइरहेको बताउँदै बुटवल उपमहानगरपालिकाका अनुगमन समतिकिा संयोजक समेत रहेकी उपप्रमुख गुमादेवी आचार्यले किसानमा प्रोत्साहन जगाउन आफुहरु सफल रहेको दाबी गरिन् ।
अहिले पकेट क्षेत्रका रुपमा च्याउको खेती भइरहेका दुई ठाउँमा मात्र दैनिक दुई हजार किलो च्याउ उत्पादन शुरू भइसकेको छ । अधिकांश भारतीय उत्पादन विक्री वितरण हुँदै आएको बुटवलको तरकारी तथा फलफूलको थोक कृषि उपज केन्द्रमा पछिल्लो समयमा स्थानीय उत्पादन बढ्दै गएको छ ।
खेतीयोग्य ठाउँमा व्यवसायिक रुपमा र खेतबारी नभएका ठाउँमा घरको छत तथा कौसीमा फलाइएका विभिन्न जातका तरकारीलाई बुटवल उपमहानगरपालिकाले प्रवद्र्धन गरिरहेकाले किसानमा हौसला बढेको र अरु समुुदायमा पनि उत्पादनमा चासो बढाएको पाइएको उपप्रमुख आचार्यको भनाइ छ ।
धान र गहुँ धितो राखेर अनुदान
बुटवल उपमनगरपालिकाले मुलुकमै पहिलो पटक किसानहरुको धान धितोमा राखेर कृषि ऋण प्रदान गर्ने प्रक्रियाको सुरुवात गरेको थियो । उपमहानगरले अनुदानका रुपमा किसानलाई वितरण गरेको मौलिक पोषक विऊबाट उत्पादित धानलाई धितोका रुपमा राख्ने व्यवस्था मिलाइएको छ । चालु आवका लागि पाँच सय मेट्रिक टन धान र दुई सय ७५ मेट्रिक टन गहुँलाई धितो राखेर किसानले अनुदान लिनेगरि उपमहानगर सहकारीका बीचमा सम्झौता भएको छ ।
सोही क्षेत्रमा अहिले उन्नत जातको धान र गहुँको बीउसमेत उत्पादन शुरू भएको छ । धानखेतीका लागि उपयुक्त योजना अनुसार हालै बुटवल–१४ सेमलारमा रहेको सिम्रीक कृषि सहकारी संस्था र बुटवल उपमानरपालिकाको बीचमा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...