×

NMB BANK
NIC ASIA

शीतलनिवास दृश्य : हस्ताक्षर सुटुक्क बालुवाटार पुर्‍याइयो, रावलले भने – 'कपडा मगाएर भएपनि रातभरि यहीँ बस्छौं'

पुस १, २०७७

NTC
Premier Steels

सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू त्यसलाई काउन्टर दिन राष्ट्रपतिसमक्ष विशेष अधिवेशनको माग गर्न शीतलनिवास पुगे ।

Muktinath Bank

अध्यादेश प्रकरणपछि नेकपामा संकटसँगै रोचक दृश्यहरूको पटाक्षेप भएको छ । बुधवार स्थायी कमिटी बैठक शुरू हुनुभन्दा अगाडि भीम रावल र पम्फा भुसाल राष्ट्रपतिनिवास शीतलनिवास पुगेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अपराह्न १ बजे शुरू हुने भनिएको बैठकअघि नै रावल र भुसाल ८३ जनाको हस्ताक्षर बोकेर संसद्को विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका हुन् ।


Advertisment
Nabil box
Kumari

तर राष्ट्रपतिलाई सोधेर दर्ता गर्छु भन्दै कार्यालय सचिव डाक्टर हरि पौडेल हस्ताक्षर बोकेर भित्र छिरेपछि उनी बाहिर मुख देखाउन निस्केनन् । भुसाल र रावल दुवैले सचिव कुरेर बसिरहे तर घन्टौंसम्म पनि सचिवले मुख देखाएनन् ।

Vianet communication

भुसालले लोकान्तरसँग भनिन्, 'हामीले हरेश भने खाएनौं । यता बालुवाटारमा बैठक बस्न सकिरहेको थिएन । जसरी पनि हामी हस्ताक्षर दर्ता गराएर फर्किन्छौं भनेर बसिरह्यौं ।'

राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको हस्ताक्षर त्यसपछि बालुवाटार पुग्यो ।

राष्ट्रपति कार्यालय स्रोतले भन्यो, 'प्रधानमन्त्रीले को-कोले हस्ताक्षर गरेका छन्, त्यो यता पठाउनुस् भनेपछि पत्र र हस्ताक्षर दुवै प्रधानमन्त्री कहाँ पुर्‍याइएको हो ।'

यता प्रधानमन्त्री ओलीले ८३ जनाको हस्ताक्षर देखेपछि भीम रावललाई फोन गरे ।

'तपाईहरूले राष्ट्रपति कार्यालयमा दर्ता गर्न खोजेको हस्ताक्षर र पत्र फिर्ता गर्नुस्,' ओलीको भनाइ उदृत रावलले लोकान्तरसँग भने, 'के गर्न खोजेको तपाईंहरूले ?'

रावल पनि के कम ? उनले संसद्को विशेष अधिवेशन माग गर्न भनेर ल्याइएको ८३ जनाको हस्ताक्षर कुनै हालतमा फिर्ता नहुने जवाफ ओलीलाई दिए ।

'तपाईंले किन हस्ताक्षर फिर्ता गर्न निर्देशन दिनुभएको ? संविधानले सांसदहरूको अधिकार क्षेत्र स्पष्ट तोकेको छ,' रावल ओलीसँग फोनमा कड्किए, 'तपाईंसँग हस्ताक्षर फिर्ता गर्न निर्देशन दिने कुनै अधिकार छैन ।'

जवाफमा ओलीले आफू संसदीय दलको नेता भएकाले हस्ताक्षर फिर्ता गर्न निर्देशन गरेको बताए ।

'संसदीय दलको नेतालाई नसोधी तपाईंहरूले हस्ताक्षर दर्ता गराउन पाउनुहुन्न,' ओलीको यो भनाइको ठाडो प्रतिवाद गर्दै रावलले भने, 'अहिले कसले कसैलाई नसोधी के गरिरहेको छ भन्ने त प्रस्ट छ नि ! कसले कसलाई टेरेको छ र ? हामीले संवैधानिक हकको प्रयोग गरेका हौँ ।'

रावलले फोनमै ओलीलाई भने - 'जतिबेला दर्ता हुन्छ, हामी त्यतिबेला फर्किने हो । दिनरातको हामीलाई पर्वाह छैन ।'

यति भनिसकेपछि ओलीले ठीक छ भन्दै फोन राखे ।

रावलले लोकान्तरलाई भने – हामी त्यहीँ बस्ने हो भनेर सम्बन्धित कर्मचारीलाई पनि सूचना दिइसकेका थियौं । कपडा र आवश्यक कुराहरू मगाउने विषयमा पनि छलफल गरिरहेका थियौं ।'

यता ४ बजे बालुवाटारमा प्रधानमन्त्री ओली समेतको उपस्थितिमा बैठक बस्यो । ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच केही सहमति भएको बाहिरियो ।

तर रावल र भुसाल धैर्यताका साथ शीतलनिवास बसिरहे । जब स्थायी कमिटीले सरकारले ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गर्‍यो, त्यसपछि रावल र भुसाललाई फोन गयो- 'अध्यादेश फिर्ता लिने निर्णय भयो, सँगसँगै विशेष अधिवेशन माग गर्ने पत्र पनि फिर्ता लिनुपर्ने कुरा आयो ।'

साँझको ६ बजे रावल र भुसाल शीतल निवासबाट फर्किए ।

दिनभरि राष्ट्रपति कार्यालयमा दु:ख पाउनुभयो होला है भन्ने प्रश्नमा नेतृ भुसालले लोकान्तरसँग भनिन्, 'हामीले त्यति नगरेको भए अध्यादेश फिर्ता हुने थिएन, खुशी लागेको छ ।'

उनले अब भदौ २६ गतेतिर फिर्ता हुने कुरा आफूहरूले नसोचेको प्रतिक्रिया दिइन् ।

'कुराहरू धेरै अगाडि बढेको छ । अब नयाँ आधारमा नयाँ गतिमा अघि बढ्ने हो ।'

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x