माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
प्रधानमन्त्री समेत रहेका सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले शनिवार एउटा नयाँ कदम चाले । पार्टीभित्र चलिरहेको विवादका सन्दर्भमा ओली र बहुमत पक्षको साथ रहेका भनिएका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै पक्षले एकले अर्कामाथि निरन्तर अस्त्र प्रहार गरिरहेको अहिलेको लडाइँमा ओली शनिवार प्रचण्डनिवास खुमलटार पुगे ।
बालुवाटारबाट विरलै निस्कने ओली एकाएक खुमलटार पुग्नुले नेकपाभित्र केही न केही पाकिरहेको सन्देश गएको छ । यद्यपि खुमलटार र बालुवाटार दुवैतिरका स्रोतहरूले भेटघाट नियमित जस्तै भएको र केही नयाँ कुरा नभएको दाबी गरिरहेका छन् ।
ओली बिहान करीब ११ बजे खुमलटार पुगेका थिए । ‘खुमलटारमा भेट हुने भनेर हिजै तय भएको थियो,’ प्रचण्डनिकट स्रोतले भन्यो, ‘हिजैको कुराकानीअनुसार प्रधानमन्त्री यहाँ आउनुभएको हो ।’
करीब १ घण्टा पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई साक्षी राखेर दुवै अध्यक्षले कुराकानी गरे । ओली खुमलटार छिरेको करीब आधा घण्टामा गौतम पनि छिरेका थिए । गौतमनिकट स्रोतले उनकै सक्रियतामा ओली र प्रचण्डको भेट भएको दाबी गरेको छ ।
‘कति बालुवाटार मात्र आउनु, कहिलेकाहीँ तपाईं खुमलटार आए पनि त हुन्छ नि !’ हिजो भएको भेटवार्तामा प्रचण्डले ओलीसँग गरेको कुराकानी उदृत गर्दै प्रचण्डनिकट एक नेताले लोकान्तरसँग भने, ‘प्रधानमन्त्रीले हुन्छ, भोलि आउँछु भन्नुभएको रहेछ ।’
खुमलटारमा ओली – नियमिततामा आकस्मिकता ?
ओली बालुवाटारबाट नियमित रूपमा निस्कने भनेको राष्ट्रपति कार्यालय जान हो । शुक्रवार नै पनि उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग कुराकानी गरेका थिए । ओली र प्रचण्डले बालुवाटारमा छलफल गरे । छलफलका विषय उही र उस्तै छन् ।
ओलीले खुमलटारको भेटमा पनि सदाझैं पार्टी सचिवालयमा प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता लिन आग्रह गरे । प्रचण्डले यो आफ्नो विषय मात्र नरहेकाले कमिटीले नै निर्णय गर्ने जवाफ दिए । बरू अध्यादेश फिर्ता लिने निर्णय पार्टीले गरिसक्दा पनि त्यसको कार्यान्वयनमा किन ढिलाइ भइरहेको छ भन्ने जिज्ञासा प्रचण्डले राखे ।
प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा भन्छन्, ‘यो पुरानै भेटको निरन्तरता हो । पहिला बालुवाटारमा यस्ता भेट हुने गर्दथे, आज खुमलटारमा भयो । बाँकी विषय पुरानै हुन् ।’
तर ओलीले नियमित भेटमा आकस्मिकता थपे । ओली खुमलटार गएको कुराले राष्ट्रिय राजनीतिमा चर्चा सिर्जना गर्यो । यसअघि ओलीले उपाध्यक्ष गौतमको घर भैंसेपाटी पुगेर ‘सरप्राइज’ दिएका थिए ।
गत साउन १३ गते सचिवालयमा गौतमकै कारण समीकरण आफ्नो पक्षमा बनाउन सफल भएका ओली गौतमनिवास छिरेका थिए ।
ओलीले दिएका ३ वटा सन्देश !
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि त्यसको तीव्र विरोध भयो । पार्टीको स्थायी कमिटी बैठकमा ओली पछि हट्नुपर्यो । संसदको विशेष अधिवेशन माग गर्दै ८३ जनाको हस्ताक्षरसहित प्रचण्ड–नेपाल पक्षका २ नेता राष्ट्रपतिनिवास पुगेका थिए ।
बालुवाटारमा ओली र प्रचण्डबीच अध्यादेश र समावेदन दुवै फिर्ता गर्ने सहमति भएपछि राष्ट्रिय राजनीतिमा ओलीलाई कमजोर भएको भन्दै व्याख्या र विश्लेषण हुन थाल्यो । प्रचण्ड–नेपाल पक्षले विभिन्न भेलाहरूमार्फत पार्टी फुटाउने खेलमा ओली नै लागेको भन्दै सन्देश प्रवाह गरिरहेका थिए ।
नियमिततामा आकस्मिकता थपेर प्रचण्ड निवासमा ओली पुग्नुले ओलीलाई ३ वटा फाइदा हुने निष्कर्ष बालुवाटारले निकालेको छ । पहिलो हो – ओली पार्टी फुटका पक्षमा छैनन् । बालुवाटारबाट निस्केर शीतलनिवासबाहेक अन्त कतै नजाने ओली सहमतिका लागि भन्दै खुमलटार पुग्न सक्छन् ।
दोस्रो – पार्टीभित्र अल्पमतमा रहेको र कमजोर बन्दै गएको विश्लेषण भइरहेका बेला खुमलटार पुगेरै प्रचण्डसँग सहमतिको प्रयास गर्नुले आफूनिकट नेता कार्यकर्तालाई उत्साहित बनाउने निष्कर्ष बालुवाटारले निकालेको छ ।
‘ओली खुमलटार जाँदै’ भन्ने खबर सबैभन्दा पहिला उनकै सचिवालयबाट बाहिरिएको थियो । ओलीले आफ्ना फोटोग्राफरलाई समेत साथमै लिएर खुमलटार गएका थिए । ओली खुमलटारबाट फर्केपछि सिधै बालुवाटार गएनन्, बरू गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’को सरकारी निवास छिरे । केही मन्त्रीहरूसँग कुराकानी गरे ।
यसअघि ओलीको ‘मुभमेन्ट’बारे सूचना दिन चासो नराख्ने बालुवाटारले पलपलका तस्वीरहरू सार्वजनिक गरिरह्यो । सञ्चारकर्मीहरूलाई फोन नै गरेर सूचना दिइयो ।
ओलीले दिन खोजेको तेस्रो सन्देश हो – प्रचण्डसँगको संवादलाई निरन्तरता दिएपछि प्रचण्डसँग निकट रहेका वरिष्ठ नेता नेपाल पक्षका नेताहरूको मनमा उत्पन्न आशंका अझै बढी भएर जानेछ । नेपाल पक्षले प्रचण्डलाई अस्थिर र तुरुन्तै सम्झौता गरिहाल्न सक्ने नेताका रूपमा लिएको छ ।
पछिल्लो समय प्रचण्डले त्यो भ्रम चिर्न प्रयास त गरिरहेका छन् तर प्रचण्डले ओलीसँग कहाँ र कतिबेला कुन सम्झौता गर्छन् भन्ने संशय कायमै छ । सम्भवतः यही कारण हुनसक्छ ओली निस्कने बेलामा नेता नेपाल खुमलटार पुगे । नेपाल र ओलीबीच गेटमा जम्काभेट भयो ।
यसअघि गौतम ओलीका पक्षमा उभिएपछि तत्कालीन सत्तासंकट टरेको थियो । अनि ओली गौतमको घरमै पुगेका थिए । प्रचण्डकहाँ ओली पुग्नुले कतै प्रचण्डलाई ओलीले आफ्नो खेमामा ल्याएका त होइनन् भन्ने प्रश्न खडा गर्न बालुवाटार चाहन्थ्यो ।
ओली–प्रचण्ड भेटपछि नेपाल पक्ष सशंकित कि उत्साहित ?
नेता नेपालनिकट एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने, ‘प्रधानमन्त्री खुमलटार आउँदा यतिधेरै हल्लाखोर गर्नु जरुरी थिएन । त्यो उहाँको बानी हो । आफू अप्ठ्यारोमा परेपछि उहाँ जहाँ र जता पनि जान सक्नुहुन्छ ।’
ओलीको यो नियमित आकस्मिकताले प्रचण्ड र नेपालबीचको सम्बन्धलाई असर त गर्दैन भन्ने प्रश्नमा उनको जवाफ छ, ‘त्यो पहिलाको कुरा थियो । हामीले पनि प्रचण्डलाई ओलीसँग गएर सम्झौता गरिहाल्न सक्ने नेताका रूपमा लिन्थ्यौं । अहिले परिस्थिति बदलिएको छ । प्रचण्ड र नेपाल दुवै विधि र पद्धतिका आधारमा अघि बढ्न सहमत हुनुहुन्छ । ओलीले जे जस्तो सन्देश दिए पनि प्रचण्ड र नेपालबीच रहेको विश्वासको वातावरण झनै बढेर गएको छ । यस्तो अवस्थामा आशंका गर्नुपर्दैन ।’
उनले जे भने पनि नेता नेपाल तत्कालै गएर ओलीसँग के–के कुरा भयो भनेर प्रचण्डलाई सोधेका थिए । प्रचण्डले केही नभएको र बालुवाटारमा जस्तो हुन्थ्यो त्यस्तै कुरा भएको बताए ।
‘नपत्याए वामदेव कमरेडलाई सोध्नुस् न,’ प्रचण्डले हाँस्दै नेता नेपालसँग भनेका थिए ।
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...