×

NMB BANK
NIC ASIA

काठमाडौंको सडकमा मध्यरातमा सेनाका बख्तरबन्द गाडीको प्रदर्शन [फोटो /भिडियो]

माघ १९, २०७७

NTC
Premier Steels

नेपाली सेनाले बख्तरबन्द गाडीहरु चक्रपथ परिक्रमा गराएको छ ।  

Muktinath Bank

नेपाली सेनाले नियमित अभ्यास अन्तर्गत सोमवार राति १० बजे बाफलबाट स्वयम्भु, बनस्थली, बालाजु, सामाखु्शी, नारायण गोपाल चोक, चावहिल गौशाला, एयरपोर्ट हुँदै फेरि बाफल नै आएर बख्तरबन्द प्रर्दशन समाप्त गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलका अनुसार यस्ता खालमा अभ्यासहरू अघिल्लो वर्षमा पनि हुने गरेको थियो । सार्वजनिक रूपमा जानकारी नदिँदा नकारात्मक टिप्पणी हुने गरेकाले यसपालि जानकारी दिएको प्रवक्ता पौडेलले बताए । 


Advertisment
Nabil box
Kumari

Vianet communication

‘सेनाले ब्यारेकभित्र गरेको अभ्यासलाई अझ निखार्नको लागि सडकमा पनि अभ्यास गर्नेछ,’ सहायक रथी पौडेलले लोकान्तरसँग भने, ‘हामीले राति वा बिहानको समयमा सवारी जाम नहुने हिसाबले गर्न लागेका छौं ।’
माघ २१ गते बिहान काठमाडौंदेखि धुलिखेलसम्म सेनाको बख्तरबन्द गाडीहरू बाहिर निकाल्दैछ ।

नेपाली सेनाले सामाजिक सञ्जाल ट्विटरमा नियमित अभ्यासको योजना अनुसार बख्तरबन्द निकालिएको जनाएको छ । 

‘नेपाली सेनाको नियमित अभ्यास अनुसार माघ १९ गते राति बख्तरबन्द गाडीहरूले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको । त्यसैगरी ८ वटै पृतना अन्तर्गतका मेकनाईज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरूमा बख्तरबन्द गाडीहरूको अभ्यास गर्ने योजना रहेको जानकारी गराउँँँदछौं,’ सेनाले सामाजिक सञ्जाल ट्विटरमा लेखेको थियो । 

देशमा राजनीतिक अन्योल भएको समयमा सेनाले निकाल्न लागेको बख्तरबन्दले के सन्देश दिन खोजेको  हो भन्ने खालको चर्चा हुन थालेको छ । ​

भिडियो हेर्नुहोस्

सोमवारै नेपाली सेना बख्तरबन्द बाहिर निकाल्दा सामाजिक सञ्जालहरूमा भने १६ वर्ष अगाडि तत्कालीन राजा ज्ञानेन्द्रले गरेको राजनीतिक ‘कु’ गरेको दिन भन्दै अनेकन टिप्पणीहरू गरेका छन् । 

तत्कालीन राजा ज्ञानेन्द्रले माघ १९ गतेकै दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम भएको भन्दै आफ्नो अध्यक्षतामा मन्त्रिपरिषद् गठनको घोषणा गरेका थिए । देशमा राजनीतिक अस्थिरता भएको समयमा सेनाले बख्तरबन्द निकाल्न थालेपछि नागरिकमा चासो देखिएको छ ।

फाेटाे भिडियाे : विश्वास खनाल


hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ३१, २०८०

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाकी कुमारी थापा मुटु दुख्ने समस्याले छट्पटिएको लामो समय भयो । यसबीचमा उनी कहिले घरबाट २/३ घण्टा हिँडेर स्थानीय स्वास्थ्यचौकी पुगिन् त कहिले उपचारका लागि भनेर सदरमुकाम मुसिक...

असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

मंसिर १९, २०८०

पूर्वनिर्धारित डिजाइनअनुसार काम गर्न समस्या भएको भन्दै केही महिनाअघि रोकिएको 'ग्वार्को फ्लाइ ओभर'को (ओभरपास) निर्माण कार्य अहिले द्रुत गतिमा अगाडि बढेको छ । प्राविधिक टोलीले अध्ययन पूरा गरि रि-डिजाइन...

माघ ९, २०८०

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...

भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x