×

NMB BANK
NIC ASIA

रूपन्देहीलाई विकासमा कसैले उछिन्न सक्दैनः अर्थमन्त्री पौडेल

फागुन ९, २०७७

NTC
Premier Steels

अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेलले रूपन्देहीलाई देशकै विकासको नमूना जिल्ला बनाउने बताएका छन् ।

Muktinath Bank

यहाँ ठूलो विकासका आयोजनाहरू अगाडि बढेकाले विकासको ‘रोल मोडल’ जिल्लाका रूपमा रूपन्देहीलाई स्थापित हुन लागेको दावी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिद्धार्थ केबलकारको आइतबार बुटवलको देउरालीडाँडामा शिलान्यास गर्दै पौडेलले भने, ‘रूपन्देही विकास सिक्ने पाठशाला बन्दैछ । विकास सिक्न र पढन जानुपर्ने जिल्ला बनेको छ ।   भौतिक र मानवीय विकासमा रूपन्देही अगाडि छ । यसलाई कसैले उछिन्न सक्ने छैनन् ।’


Advertisment
Nabil box
Kumari

अर्थमन्त्री पौडेलले विकास निर्माणले फड्को मारिरहेको रूपन्देहीको इतिहासको मूल्यांकन गर्न आग्रह गरे । केबलकारले रूपन्देहीको विकासमा बहु आयामिक महत्व राख्ने बताए । ‘केबलकारका लागि सरकारले गर्नुपर्ने सहयोग जतिसुकै बेला पनि गर्न तयार छ,’ पौडेलले भने, ‘तर समयमै योजना सम्पन्न हुनुपर्छ । यसले रूपन्देही र पाल्पाको पर्यटन विकासमा ठूलो योगदान दिनेछ ।’

Vianet communication

भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै पौडेलले अब दोस्रो चरणमा काम सुरू हुने बताए । पौडेलले मृत्यु मार्गको उपमा पाएको बुटवल पाल्पा सडक खण्डको सिद्धबाबामा बन्ने भनिएको सुरुङमार्ग छिट्टै टेन्डरको प्रक्रियामा जाने बताए ।

पौडेलले बुटवल र सिद्धार्थनगरसहितको सहर जोडेर महानगर बन्ने दावी गरे । उनले आधुनिक ढाँचाको महानगर बनाउने कोसिसका साथ अगाडि सरकार अगाडि बढिरहेको जानकारी दिए । उनले सरकारले संविधान कार्यान्वन गर्दै सम्बृद्धिको दिशामा अगाडि बढेकाले बताए । संविधान र गणतन्त्रलाई कार्यान्वन गर्दै सरकार सम्बृद्धिको दिशामा अगाडि बढेको छ । हाम्रो ध्यान यसैमा केन्द्रित छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले जीतगढी र नुवाकोटगढी ऐतिहासिक र सांस्कृतिक पूर्वाधारलाई जोडेर यहाँ अगाडि बढे यहाँको पर्यटन विकासले ठूलो फड्को मार्ने बताए ।

उनले बुटवल आर्थिक र पर्यटकीय हबको रुपमा विकास हुने बताए । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवलमा केबलकारको लागि मात्रै साढे ४ अर्ब निजी क्षेत्रले लगानी गरेकोले उनीहरुसँग हातेमालो गरेर अगाडि बढ्न स्थानीय सरकार तयार रहेको प्रतिवद्धता जनाए ।

आइतबार शिलान्यास भएको सिद्धार्थ केबलकारको तल्लो स्टेशन बुटवल देउराली डाँडाबाट पाल्पाको नुवाकोटसम्मको राजमार्गको दूरी २ किलोमिटर छ ।

केबलकार निर्माण र सञ्चालनपछि २५ केबलकार डब्बामा दैनिक पाँच हजार पर्यटकले यात्रा गर्ने प्रालिका अपेक्षा छ । केवलकार मनोकवल डिटेचवल सर्कुलेटिंग गन्डोला स्वरूपमा हिँड्नेछ ।

केबलकार निर्माणका लागि नेपाल सरकार मन्त्रिपरिषदले २०७५ साउन २९ मा ३.९८ हेक्टर क्षेत्रफल र २०७६ फागुन १२ मा २.११८ हेक्टर क्षेत्रफल वनको जग्गा ३० वर्षका लागि लिजमा दिएको छ । यसअघि प्रधानमन्त्री ओलीले शिलान्यास गरेको  लुम्बिनी केबलकारले दुई वर्षभित्रैमा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित निर्माणको औपचारिक शुभारम्भ गरेको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x