×

NIC ASIA

ओली-नेपाल रस्साकस्सी

धुम्बाराही छलफलको नालीबेली: फागुन २८ को निर्णय फिर्ता हुन्न- ओली, त्यो मान्न सकिन्न- नेपाल

चैत २, २०७७

Prabhu Bank
NTC
Premier Steels

करीब ४ महिनादेखि राजनीतिक रूपमा संवादहीनताको अवस्थामा रहेका तत्कालीन नेकपा र हाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रभावशाली नेता माधवकुमार नेपाल पक्षीय नेताहरूबीच सोमवार धुम्बाराहीमा भएको छलफल विना कुनै निष्कर्ष सकियो ।

Muktinath Bank

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलीविरुद्ध निकै लामो समयदेखि संघर्ष गर्दै आएका नेता नेपाल र उनको पूरै टीम एमालेमै बसेर ओलीविरुद्ध संघर्ष गर्ने रणनीतिका साथ पेरिसडाँडाबाट बाहिरियो ।


Advertisment
Nabil box
Kumari

तर अदालतको फैसला आएको ५ दिनमा ओलीले आफ्ना समूहका नेताहरूलाई बालुवाटार बोलाएर नेपाल पक्षीय नेताहरूको जिम्मेवारी खोस्ने, महाधिवेशनको मिति तय गर्ने जस्ता महत्त्वपूर्ण निर्णय लिए ।

Vianet communication

आइतवार धुम्बाराहीमा भएको छलफल त्यही २८ गतेको निर्णयवरिपरि केन्द्रित रह्यो । नेता नेपालले ओलीले गरेका ती निर्णयहरू आफूले नचिन्ने र नमान्ने बताए ।

'२८ गते के भएको हो मलाई थाहा छैन । थाहा नै नभएको कुरा मान्न सकिन्न । अदालतले नै एकता पूर्वको अवस्थामा फिर्ता गरिदिएपछि नयाँ ढंगले जाने भन्ने कुरा कहाँबाट आयो ?' नेपालले दृढतापूर्वक ओलीलाई प्रश्न राखे ।

छलफल शुरू हुनुभन्दा पहिला आधा घण्टाअघि नै नेता नेपाल धुम्बाराही पुगेका थिए । ओली करीब साढे ११ बजे पुगे । ओली पुग्नुअघि नै नेपाल पक्षीय ५ नेता पार्टी कार्यालय धुम्बाराही पुगिसकेका थिए ।

ओलीसँग छलफल शुरू हुनुभन्दा अगाडि नेपाल र उनी पक्षका नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे गोकर्ण विष्ट र रघुजी पन्त छुट्टै छलफलमा जुटे । छलफलमा सबैले २८ गतेको निर्णयलाई नै बटमलाइन बनाउने योजना बन्यो ।

ओलीलाई त्यो निर्णयको वैधानिकता के हो भनेर सोध्ने, त्यसलाई सच्याउन तयार हुनुपर्ने माग राख्ने, यदि ओलीले नमाने चैत ३ र ४ गते आफूले बोलाएको कार्यकर्ता भेला रोक्न नसक्ने जवाफ दिन तयार भएर नेपालपक्षीय नेताहरू बसे ।

त्यसपछि ओली कार्यालय छिरे । कुर्चीको सेटअप सबैले सबैलाई देख्ने गरी आमनेसामने गरेर मिलाइएको थियो । भीम रावल र विष्णु पौडेलले आ-आफ्नो ल्यापटप झिके ।

त्यसपछि ओलीले प्रवक्ता नियुक्त गरेका प्रदीप ज्ञवालीले सहजीकरण गर्दै कुराकानीलाई अघि बढाए ।

कुराकानीका क्रममा ओली र नेपालबीच सामान्य घोचपेच भएको सहभागी एक नेताले बताए ।

'दुवै नेताबीच स्वभावजन्य घोचपेच त हुने नै भयो, तर मर्यादित ढंगले नै बोल्नुभयो उहाँहरू,' ती नेताले लोकान्तरसँग भने, 'मिलेर जाउँ भन्नेमा समस्या रहेन । मुख्य समस्या २८ गते गरिएका निर्णयहरू फिर्ता नलिने भनेपछि पैदा भयो ।'

'अदालतको फैसलापछि साविकको एमाले भनेर मात्र पुग्दैन, नयाँ ढंगले जानुपर्छ,' ओलीको भनाइ उदृत गर्दै ती नेताले भने, 'म २८ गतेको निर्णयबाट फिर्ता हुन्न ।'

त्यसपछि भीम रावल र सुरेन्द्र पाण्डेले हस्तक्षेप गर्न खोजे । अलिकति चर्काचर्की जस्तै भयो बैठकमा ।

'पदबाट हटाउने एकलौटी निर्णय गरिएको हामीले सञ्चारमाध्यमबाट थाहा पायौं,' रावल कड्किए, 'एकलौटी ढंगबाट २२ जना केन्द्रीय कमिटी सदस्य थप्ने प्रावधान विधानको कुन धारामा छ ?'

रावललाई ज्ञवालीले शान्त पार्न खोज्दै भने, 'कुन पदबाट कसलाई हटाइयो कमरेड ? कसैको पद खारेजी भएको छैन । केही जिम्मेवारी मात्र हेरफेर गरिएको हो ।'

त्यसपछि सुरेन्द्र पाण्डेले भने, 'जिम्मेवारी किन हेरफेर गरियो ? लुकेर बैठक बस्ने अनि एकलौटी रूपमा जिम्मेवारी हेरफेर गर्न पाइन्छ र ?'

करीब २ घण्टा नेताहरूबीच यस्तै-यस्तै कुराकानी भयो । ठोस निष्कर्ष निस्किएन ।

पार्टी एकताको सन्दर्भ आउँदा रावलले सोधे– 'अदालतको आदेशबमोजिम १५ दिनभित्र पार्टी एकताका लागि पहल गर्ने जिम्मा ओलीजी र प्रचण्डजी होइन र ?'

जवाफमा ओलीले भने, 'गरौं न, मिलेर जाऔं भनेकै छु त मैले । मलाई तपाईंहरूले साधारण सदस्यसमेत नरहने गरेर कारवाही गर्नुभएको होइन ? फेरि पनि केही छैन, म मिलेर जान तयार छु ।'

नेता नेपालले अन्त्यमा एकता जोगाउन अध्यक्ष नै जिम्मेवार हुनुपर्छ भनेका थिए । 'एकपक्षीय निर्णयहरू पार्टी निर्णय हुन सक्दैनन्,' नेपालले भने, 'पार्टी एकताअघिको एमाले जुन ढंगले अघि बढेको थियो, त्यसैलाई कायम राख्नुपर्छ ।'

बैठकमा सहभागी नेता गोकर्ण विष्टले लोकान्तरसँग भने, 'पार्टीलाई अदालतले साविकको अवस्थामा फर्काइदिएपछि साविकको एमालेलाई विधान र स्वाभाविक ढंगले चलाएर अघि बढेर नै समाधान खोज्नुपर्छ र सकिन्छ ।'

उनले आफूले छलफलमा विगततिर फर्किएर समाधान ननिस्किने धारणा राखेको बताए ।

'अहिले पार्टी र आन्दोलनलाई जोगाउनका लागि नेकपा एमाले एकढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको कुरा मैले दृढतापूर्वक राखें । तर प्रधानमन्त्रीले मूलतः साविकको एमालेमा फर्किएर नयाँ ढंगले जानुपर्छ भन्ने र २८ गतेको निर्णयमा कायमै रहन्छु भन्ने कुरा गर्नुभयो ।'

यस्तै नेता सुरेन्द्र पाण्डेले आज भेटघाटबाहेक केही नभएको बताए ।

'अहिलेसम्म केही मिलेको छैन,' उनले लोकान्तरसँग भने, '४ र ५ गते हामीले राख्ने भनेको कार्यकर्ता भेला यथावत छ ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x