×

NMB BANK
NIC ASIA

चलचित्र पर्व : सानो कथामा ठूला समस्याको चित्रण

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, १३ जेठ– प्राय निर्माण हुने नेपाली चलचित्रको स्तरीयताको कोणबाट धेरै माथि उठ्न नसकेपनि फरक जानरामा चलचित्र बन्ने प्रवृत्तिको भने विकास भइरहेको छ । निर्माण भइरहेका नयाँ चलचित्रको ट्रेण्डमा चलचित्र पर्वलाई पनि एक उदाहरणका रुपमा लिन सकिन्छ ।parba

थ्रीलर जानरामा बनेको चलचित्र ‘पर्व’ कैयन कमजोरीका बीच पनि हेर्नलायक बनेको छ ।

युवा लेखक मानवविक्रम मल्ल (कोसिस क्षेत्री) नेपालको एक चर्चित साहित्यकार हुन्छ । एउटा इभेन्टको सिलसिलामा उसको भेट एक युवती ऋतु (नम्रता श्रेष्ठ) सँग हुन्छ । छोटो समयमा नै उनीहरुबीचको सम्बन्ध नजिकिँदै जान्छ । तर, मानव नजिकिनुमा ठूलै स्वार्थ हुन्छ । फिल्म त्यही स्वार्थको वरिपरि घुमिरहन्छ । किन मानव नम्रतासँग नजिकिन्छ भन्ने रहस्यका लागि भने चलचित्र नै हेर्नुपर्ने हुन्छ ।

एक लाइनमा भन्नुपर्दा चलचित्र राम्रै छ । प्रसस्तै गल्ती भएपनि कथाले पूरै चलचित्रलाई आर्कषित बनाएको छ । सस्पेन्स थ्रीलर चलचित्र मन पर्ने नेपाली दर्शकका लागि यो चलचित्र राम्रो खुराक बन्न सक्छ ।

चलचित्र सबल र दुर्वल दुवै पक्षको संगम हो । एकै घरमा पूरै चलचित्र अटाउन खोजिएको छ । तर पनि चलचित्र त्यति झुर नलाग्नुको कारण दर्शकको ध्यान तान्न सक्ने तत्व चलचित्रमा छन् ।

चलचित्रको सबैभन्दा आकर्षक पक्ष ‘पाश्र्व ध्वनि’ हो । पाश्र्व ध्वनिले चलचित्रलाई अल्छी बनाएको छैन । कथा, संवाद र निर्देशकीय पक्ष औसत लाग्छ ।

कुनै पनि कलाकारको अभिनय त्यति धेरै दमदार लाग्दैन । न त पात्रले नाटकीय अभिनय गरेका छन् । अभिनय सामान्य लाग्छ । बरु अरु कलाकारका तुलनामा कोसिसले गरेको अभिनय आकर्षक लाग्छ । केही दृश्यमा कोसिस र नम्रताको अभिनय सुहाएजस्तो लागेपनि कतै खल्लो लाग्छ । निर्देशकले पात्रलाई अझ प्रभावकारी अभिनय गराउन सकेको भए चलचित्र सुनमा सुगन्ध हुन सक्थ्यो ।

प्राय एउटै घरको आन्तरिक दृश्य र क्लब तथा पार्टी हलहरु दोहोरिने कथामा सस्पेन्स भेटिन्छ । दर्शकले फिल्मको मध्यान्तरसम्म पात्रको चरित्र विकास मात्र देख्न पाउँछन् । पहिलो भागमा कथा डगमाएको छ । केही दृश्यलाई जबरजस्ती लम्बाइएको छ । कोसिसले स्क्रीप्टलाई अझै खँदिलो बनाउनुपर्ने थियो ।

सिनेमाटोगा्रफी अर्थात छायांकन पक्ष अति सामान्य लाग्छ । आकर्षक छैन । कतिपय शट चाहिनेभन्दा संकुचित छन् । यदि चलचित्रको छायांकन पक्षलाई सुन्दर बनाउन सकेको भए फिल्म अझै परिस्कृत हुने थियो । भलै चलचित्रमा प्रकाशको संयोजन भने सुन्दर लाग्छ । परिवेशअनुकुल लाइटिङ इफेक्ट दिने प्रयास गरिएको छ ।

चलचित्रको गीत संगीत पक्ष राम्रो छ । यसका केही गीत फिल्म रिलिजपूर्व नै चर्चामा पनि थिए ।

समग्रमा चलचित्र पर्व नेपाली सिनेमा जगतका लागि फरक स्वादको चलचित्र भने हो । मसालेदार फिल्मका दर्शकका लागि यो चलचित्र मन नपर्न सक्छ । त्यति धेरै आशा नबोकेर फिल्म हल छिर्नुभयो भने ‘पर्व’ ले तपाईलाई एकछिन मनोरञ्जन दिनेछ । हलबाट निस्कने बेलामा पात्रले तपाईलाई ह्याङ्ग बनाउनेछन् ।

तर, विदेशी चलचित्र हेरिरहने दर्शकका लागि भने चलचित्रमा धेरै थोक पुगेको छैन भन्ने लाग्नेछ । ‘पर्व’ सानो कथामाथि बनेको सामान्य सिनेमा हो । सानै कथा भएपनि चलचित्रले वर्तमान समाजका विकृतिमाथि भने भारी चित्रण गरेको छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

बैशाख २५, २०८१

नेपाली चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट १५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हाे । आगामी जेठ १० गते विश्वव्यापी रुपमा एकसा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x