×

NIC ASIA

नेपालको दुर्गम जिल्ला हुम्लामा निकै कठिन साथ जंगलमा संकलन गरिएको गुच्चे च्याउ स्थानीयले हरेक वर्ष राजधानी ल्याइपुर्‍याउँछन् । तर यसको उचित मूल्य नपाउँदा त्यसै थन्किने गर्छ ।

विदेशमा निकै महंगो र दुर्लभ मानिएको गुच्चे च्याउलाई ‘मोरेल मसरुम’ भनेर चिनिन्छ । वास्तवमा बुझ्नेले गुच्चे च्याउबाट स्वास्थ्यलाई व्यापक फाइदा हुने हुँदा खोजीखोजी खाइन्छ । विदेशमा मोरेल च्याउको तेल पनि उपलब्ध हुन्छ र जसलाई ‘ट्रोफल आयल’ भनेर चिनिन्छ, जुन अत्यन्त महंगो र बासनादार हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हुम्ला र अन्य पश्चिमी जिल्लाको जंगलमा गुच्चे च्याउ पाइने भए तापनि संकलन गर्न निकै कठिनाइ छ । ‘हामीले महिनौं लगाएर खोजीखोजी संकलन गर्‍यौं तर बजार पाउन कठिन छ,’ सन्डुप दोर्जे लामाले गुनासो गरे । 


Advertisment
Rupse Holidays
Nabil box

गुच्चे च्याउलाई सावधानीपूर्वक जंगलमा खोजेर होशियारीका साथ सुकाइन्छ र बजारमा पठाइन्छ । केही समय गुच्चे च्याउको व्यापक माग भए तापनि कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण अहिले यसले बजार पाएको छैन । अहिले च्याउ संकलन पेशामा आवद्ध सबैलाई ठूलो संकट परेको छ ।

Vianet communication

गुच्चे च्याउ कडा खालको काठमा उम्रने एक किसिमको खान मिल्ने जंगली च्याउ हो । जुन विश्वमा निकै दुर्लभ मानिन्छ । ताजा वा सुकाएको दुवै प्रयोगमा ल्याउन सकिने गुच्चे च्याउ उच्च घरानाको लागि रोजाइमा परेको सब्जी हो । भिटामिन र मिनरल्स पर्याप्त पाइने गुच्चे च्याउ स्वास्थ्यका लागि निकै राम्रो मानिएको हुँदा यसको माग बढ्दो छ ।

कपर, आइरन, म्यागनेसियम, जिंक पाइने हुँदा पनि गुच्चे च्याउ फाइदाजनक मानिन्छ । निकै आकर्षक देखिने गुच्चे च्याउ सिटाकी च्याउकै समूहमा परे तापनि बनावटमा पृथक र भिन्न छ । शरीरमा नयाँ ब्लड सेल (रक्त कोषिका) उत्पादन गर्न गुच्चे च्याउ निकै राम्रो मानिन्छ । दाँत र हड्डीको मजबुतीका लागि पनि उत्तम सब्जी हो मोरेल च्याउ । शरीरमा प्रतिरोधात्मक प्रणाली र अंगको विकासका लागि पनि राम्रो मानिएको गुच्चे च्याउ खोजीखोजी खाँदा राम्रो छ ।

गुच्चे च्याउको सलाद, तरकारी, सादेर, ब्रेक फास्टमा भुटेर, छोइला बनाएर, चिल्ली मसरुम बनाएर, किमा बनाएर जसरी खाँदा पनि निकै स्वादिलो र स्वास्थ्यबद्र्धक छ ।

सुकेको गुच्चे च्याउलाई लामो समयसम्म भण्डारण गरेर पनि राख्न सकिन्छ, जुन पकाउँदा वा प्रयोगमा ल्याउँदा मन तातो पानीमा भिजाउनुपर्छ । एन्टी अक्सिडेन्टको मुख्य स्रोत मानिएको गुच्चे च्याउ नियमित खाँदा मुटुलाई पनि फाइदा पुर्‍याउँछ । 

लिभरको समस्या हुनेका लागि पनि गुच्चे च्याउ उत्तम मानिएको छ । मोरेल मसरुमलाई शिकारीको कठिन परिश्रमले जंगलबाट ल्याइएको एक अमूल्य अग्र्यानिक औषधिको रूपमा लिनु आजको आवश्यकता हो । सबैले यसको मूल्य बुझेर उपभोग गर्नाले फाइदै–फाइदा पुर्‍याउँछ । अग्र्यानिक खानाको खोजी गरेर हिँड्नेहरूले पनि गुच्छे च्याउको महत्त्व बुझेर प्रचारप्रसार गरी श्रमिकको उचित परिश्रम पाउनुपर्ने सबैको माग छ ।

संसारकै सबैभन्दा महंगो सब्जी मानिने गुच्छे च्याउ व्यवस्थित र उचित बजार नपाउँदा संकटमा परेको छ । समुन्द्री सतहबाट २००० देखि ४००० मिटर उचाइसम्मका हिमाली जिल्लाको वन जंगलमा पाइने गुच्चे च्याउ चैत्रको पहिलो हप्तादेखि जेठसम्म मात्र पाइन्छ । विदेशमा गुच्चे च्याउ धेरै महंगो डलरमा बिक्री हुन्छ । नेपालमा पनि सुकाएको गुच्चे च्याउको सरदर मूल्य १५ हजारदेखि २२ हजार रुपैयाँसम्म छ । पहिले स्थानीय स्तरमा मात्र प्रयोग गरिने गुच्चे च्याउ शारीरिक शक्तिबद्र्धक हुने भनिएपछि राजधानी र भिन्न शहर लगायत देशविदेशबाट व्यापक माग हुँदै आएको छ ।

यार्सा गुम्बा खोजे जस्तै गुच्चे सब्जी पनि जोखिम मोलेर जंगल–जंगलमा घुमेर शिकारीले महिनै लगाएर खोज्छन् । जंगलमा पनि सहज रूपमा पाउन सकिन्न, झाडी, लहरा, रुख पत्कर छिचोल्दै खोज्नुपर्ने हुँदा यसको वायल हन्टिङ पनि सजिलो छैन । कुनै पनि खानाको फिनिसिङ टर्चका लागि मसरुप आयल (जसलाई ट्रोफल आयल भनिन्छ) अत्यन्त उपयोगी मानिन्छ । जसले खानालाई बासनादार मात्र बनाउँदैन, एक किसिमले स्वादमा भिन्न खालको आयाम थपिदिन्छ । जसका कारण युरोप, अमेरिकातिर पाककलामा यो तेललाई निकै उपयोगी सेक्रेट इङ्डेन्टको रूपमा लिइन्छ । बुझ्नेले यसलाई नियमित प्रयोगमा ल्याउने अभ्यास गर्छन् । यी वायल्ड मसरुमहरू एसेन्स बनाउन पनि निकै उपयोगी हुन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

जेठ १०, २०८१

शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको दुई हजार ५६८औँ जन्म जयन्ती मनाइएको छ । बिहीबार घर, गुम्बा, चैत्य, विहारमा श्रद्धाभक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउन उनले खेलेको योगदानको स्मरण गरी पर्व मना...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x