×

NMB BANK
NIC ASIA

बाटोमा पल्टिएको साथी कसरी जुरुक्क उठ्छ देख्नुभएकै छ होला । हो, त्यसरी नै जिउभरिको धूलो टक्टक्याउँदै शानका साथ फेरि एकपटक हाम्रो धरहराले शिर उठाएको छ।

Muktinath Bank

भीमसेन थापादेखि केपी ओलीसम्मको शासन व्यवस्था आइपुग्दा धरहरा ढल्ने र फेरि उठ्ने क्रम जारी नै छ। धरहरालाई भुइँचालोले हल्लायो, ढलायो । केपी ओलीलाई आफ्नै पार्टीले हल्लायो, ढलाउन खोज्यो। धरहरा त उठ्यो-उठ्यो, अब केपी ओली पनि धरहरा जस्तै उठ्न सक्छन् कि सक्दैनन् त्यो त भविष्यले नै बताउला ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केपी ओलीका पछिल्ला परिस्थितिहरू धरहरासँग अलि-अलि मेल खान्छन् । बहालवाला प्रधानमन्त्रीलाई पार्टी सदस्यबाटै निस्कासन गरिदिने भन्ने कुरा कम खतरापूर्ण कुरा हो त यार! यो त धरहरा जस्तै गर्ल्यामगुर्लुम ढलेको जस्तो भयो नि ! त्यसैले होला अस्तिका दिन माधव नेपाललाई भेट्नेबित्तिकै 'मलाई त पार्टी सदस्यबाट नै निकाल्नुभयो कमरेड, तर हेर्नुहोस् त्यो धरहरा जस्तै म पनि उठ्छु' भन्दै होटलको झ्यालतिर गएर ओलीले औंला तेर्स्याएका थिए रे !


Advertisment
Nabil box
Kumari

पूर्व प्रधानमन्त्री झलनाथ खनालले एक सभामा भनेका थिए- 'धरहरा कालीगढले बनाए नि !' त्यतिखेर खनालले धरहरा मात्रै हैन रानीपोखरी पनि कागीगढले बनाएको बचपना तर्क गरेका थिए। यो अरू केही नभएर उनको केपी ओलीसँगको राजनीतिक रिस मात्र थियो। आफ्नै भाग्यशाली प्रतिष्ठानमार्फत कर्मचारीलाई महंगो गाडी चढाएर विषालु सर्प पाल्ने खनालको यो कुरा त कस्तो भयो भने- फलानाको छोराले जापानबाट फर्किएर पोखरामा नयाँ घर बनायो । उसले बनाएको कहाँ हो र घर त ठेकेदारले बनाए नि भनेजस्तै भयो ।

Vianet communication

यो चर्चित स्तम्भकारको मान्यता के छ भने राजनीतिमा फरक मत जेसुकै होस्, तर केपी ओलीको रिस भीमसेन स्तम्भको लिगेसी धरहरासँग साँध्नुहुँदैन। हो, राज्यसँग जटिल प्रश्नहरू छन्, मलाई नेपालको सबैभन्दा मन नपर्ने नेता नै केपी ओली हुन्। तर अति गर्नु, अत्याचार नगर्नु भन्छन्। विशाल कम्युनिस्ट पार्टी भारदारी सभामा परिणत भयो । तर विचरा केपी ओलीले सकीनसकी पनि गरेकै छन्। मलाई त यी सबै दृश्यहरू देख्दा हाँसो लाग्छ।

सुशील ज्ञवाली भन्ने मनुष्य पनि कडा नै रहेछन्। यिनी धन्यवाद र बधाईका पात्र छन्। यिनी कहाँका हुन्? कसका छोरा-नाति हुन्? कहाँको हावापानी खाएर हुर्किएका हुन्? कति पेढे/लेखेका हुन्? यिनी खुब भिजिनरी रहेछन्। जसरी कुलमान घिसिङले प्रचण्डको लोडसेडिङ मुक्त गर्ने सपना पूरा गरिदिएका थिए, त्यसरी नै यिनले आफ्नै पालामा धरहरा बनाएरै छाड्ने केपी ओलीको सपना पूरा गरिदिएका छन् । अनेक काण्ड घटाएर मन्त्रीहरूले सरकारको अन्तर्राष्‍ट्रिय बदनाम गराई दिएका बेला यिनले धरहरा मात्र हैन  रानीपोखरी र सिंहदरबारको आधुनिक संरचना लगायत अन्य धेरै काम गरेर ओलीको राष्ट्रिय इज्जत जोगाइदिने काम गरेका छन्।

यस्ता सीईओहरूलाई जुनसुकै सरकारले पनि महत्त्वपूर्ण भूमिका दिइरहनुपर्छ। कुलमान घिसिङलाई फेरि पनि विद्युत् प्राधिकरणको प्रमुख बनाउनुपर्ने थियो, तर ओली त्यसमा चुके । यही त उनको नराम्रो बानी । आफ्नो पक्षको मान्छे हैन भने उसलाई अप्ठ्यारो पारिदिने, कुनै अवसर नै नदिने। अहिले पार्टीभित्र देखिएको समस्या पनि कुनै राजनीतिक, वैचारिक, रणनीतिक कहाँ हो र, केबल नेताहरूको दन्तबझान मात्र हो। नेताहरूले दन्तबझान मात्रै गर्ने देशको इज्जत कर्मचारीले मात्रै राखिदिनुपर्ने। यदि यस्तै परिस्थिति रहिरह्यो भने राजनीति केका र कसका लागि भन्ने प्रश्न उठ्छ, उठिरहेको पनि छ।

एउटा कुरा सत्य हो, केपी ओली राजनीतिक रूपमा पूरै असफल भएका छन्। दुईतिहाइ जनमत दिएको सिंगो नेकपा जोगाउने भूमिका निभाउन त उनले सकेनन् नै एमाले पनि एकजुट बनाएर अगाडि लैजान सकेका छैनन्। उनले कम्युनिस्ट आन्दोलन नै संकटमा पारेर जनताको जनमतको अपमान पनि परेका छन्। तर फेरि पनि भन्छु, धरहरालाई केपी ओली को हो ? प्रचण्ड को हो ? माधवकुमार नेपाल को हो ? केही थाहा छैन। धरहरालाई यति कुरा थाहा छ, 'म समग्र नेपालीको शान, मान र आस्थाको केन्द्र हुन उभिरहनुपर्छ।'

राजनीतिमा फरक मतको रिस धरहरासँग पोख्नु हुँदैन। झन् केपी ओलीको रिस धरहरामाथि पोख्नु त हुँदैहुँदैन। धरहरामा केपी गुटका मान्छे मात्रै चढ्न पाउने हैनन्। युवा नेताको पगरी गुथेका महेश बस्नेत धरहराबाट हाम्फाल्ने पनि हैनन्, सबै हावा गफ हुन्। भोलि धरहरामा सबैभन्दा पहिला राप्रपाका मान्छे सेल्फी खिच्न पुग्छन्, चढ्छन्, किनकी सुनधारातिर धेरै राजावादी छन् भन्ने सुनिन्छ। ​महानायिका रेखा थापालाई पनि यो धरहरा त मेरो पुर्खा भीमसेन थापाको कल्पना हो भन्ने लागेको होला। उनी पनि ढिलोचाँडो चढ्न सक्छिन् । केपी ओलीको आचरणको कट्टरविरोधी मलाई पनि कहिले धरहरा चढौं भन्ने लागेको छ ।

मेरा नियमित पाठकहरूलाई थाहा होला, धरहरा पुनर्निर्माण ढिलासुस्ती भइरहेको भनेर शायद २ वर्षअगाडि मेलै एउटा स्तम्भ नै लेखेको थिएँ। त्यतिखेर 'सधैँ केपी ओलीको विरोध मात्र गर्ने प्रचण्डको झोले' जस्ता गाली-गलौज पनि मैले सहनुपर्‍यो । तर म सधैँ सत्यको पक्षमा कलम चलाउने मनुष्य हुँ। केपी ओलीको उद्घाटन मोहको अभिलाषा भन्नुहोस्, जिद्दी स्वभाव भन्नुहोस्, कीर्तिमानी हुने अपेक्षा भन्नुहोस्, विरोधीलाई देखाउने अस्त्रका निम्ति भन्नुहोस् वा हतारोको इच्छाशक्तिका कारण भन्नुहोस्, केपीबाकै अथक प्रयासका कारण आखिरीमा धरहरा उभिएको छ । यो कुरा पढ्दा केपीबाका छोराछोरीहरूलाई सारै आनन्ददायक महशुस भएको हुनुपर्छ ।

चन्द्रमामा हेलिकप्टर उडेजस्तै हाम्रो भूमिमा कुनै चमत्कार त भइराखेको छैन तर आमनेपाली जनताको एउटा सुख-दु:खको सपना भने पक्कै पूरा भएको छ। घाउ निको हुँदा घाइतेलाई आनन्द भए जस्तै धरहरा उभिएको देख्दा यो मन पनि आनन्दित भएको छ। देशलाई माया गर्नेहरूको मन यसरी नै कहिले दुख्छ, त कहिले निको हुन्छ। धरहरा जसको सरकारको पालमा बने पनि यो नेपाली जनताको भूकम्प पीडाको घाउ भएकाले जसरी पनि बन्नैपर्थ्यो। जब जस्तापाताले बेरेर राखिएको भूकम्पको भग्नावशेष देखिन्थ्यो तब भूकम्पको घाउमा नुन चुक छर्किएको महशुस मलाई मात्र हो कि तपाईंहरूलाई पनि हुन्थ्यो?

रानीपोखरी, धरहरा, पक्की सडकहरू, पुलहरू इञ्जिनीयर, कालीगढहरूले नै बनाए पनि त्यसका निम्ति सबै प्रकारका चाँजोपाँजो सरकारले नै मिलाउने हो। राज्य सञ्चालनमा जोसुकै किन नहोस्, जोसुकै पार्टीका मान्छे किन नहुन्, आफूभन्दा फरक मत, फरक विचारका शासकहरू किन नहुन्, राम्रो गरेको कुरालाई राम्रो हो भन्न हिच्किचाउनुहुँदैन।

प्रधानमन्त्री ओलीले संविधान मास्न खोजेकै हुन् । आफूभन्दा फरक मत राख्नेहरूलाई किनारा लगाउने योजना प्रधानमन्त्रीको शपथ खाँदाको दिनदेखि नै लागू गरेका हुन् । संघीयता र गणतान्त्रिक शासन व्यवस्थाको कार्यान्वयनमा अनिच्छा देखाएकै हुन्। तर धरहरा भने आफ्नै कार्यकालमा बनाएरै छाडे। चौबाटोमा प्रस्टसँग देखिएको कुरा ढाँटेर हैन, छैन भनेर नहुने रहेछ ।

यस्तो लाग्छ कि प्रधानमन्त्री ओलीलाई आफ्नो इतिहासप्रति धेरै चिन्ता छ। प्रचण्डले त गणतन्त्रका लागि, संविधानका लागि लडेको भन्ने इतिहास बनाए । मेरो इतिहास आखिर के हुने त भन्ने चिन्ता उनमा छ। उमेर र क्षीण हुँदै गएको सत्ता भोगचलनको अवसर अनि बिरामी शरीर, उनलाई राम्रोसँग थाहा छ कि, अब मैले जे गर्नुपर्छ इतिहास रचिनेगरी छिटोछिटो गर्नुपर्छ ।

पार्टी भन्ने कुरा बन्दै गर्छन्, भत्किँदै गर्छन्, तर मैले आफ्नो कीर्तिमानी कायम जसरी पनि गर्नैपर्छ भन्ने उनलाई गहिरो गरेर लागेको छ। यसो हुँदा पार्टी तितर-बितर भएको छ, त्यताप्रति उनको खासै रुचि देखिँदैन तर दैनिक रूपमा शिलान्यास र उद्घाटनहरू भइरहेका छन्। उद्घाटन गर्न कुनै पुलपुलेसा, पाटीपौवा, मन्दिर, धारो, चौबाटो, सत्तल बाँकी राखेका छैनन् ।

राजाको काम, कहिले जाला घाम भन्नेहरूले यसपालि केपी ओलीको काम, कहिले जाला घाम भन्न सकेनन्। बरू तिनीहरू दिउँसो मात्र हैन रातभरि काम गर्न बाध्य भए। अल्छी ठेकेदारहरूलाई बालुवाटार बोलाएर ओलीले तिनको नितम्बमा पम्प हानिदिए। पछिल्लो समय उनी कुनै आर्मीको कमान्डर जस्तै बनेका छन्। पार्टीमा पनि, सरकारमा पनि, अन्य पार्टीहरूको सम्बन्धका कुरामा पनि, उनी जंगे जर्नेल जस्तै भएका छन्।

कसैका कुरा सुन्ने, मनन गर्ने, हो त नि भनेर आत्मालोचना गर्ने पक्षमा ओली देखिन्नन्। कि दुर्गेश जेलमा कि दुर्गेश रेलमा भने जस्तै उनी आफ्नै स्पिडमा दौडिएका छन्। जोसुकैले जेसुकै भनुन् न, पशुपतिनाथ मन्दिर गए, सुनको गजुर उपहार दिए। राम र सीताको मूर्ति बनाएर फूलमाला सहित चितवन पठाए।

उनको विरोध गरेर मिडिया थाक्यो, अभियान्ताहरू थाके, नागरिक समाज थाके, कैयौं सम्पादकहरू थाके, आफ्नै पार्टीभित्र र बाहिरका नेताहरू थाके, कट्टर आलोचकहरू थाके, प्रभु! अब त म पनि थाकें । अब रिस पनि मसँगै रिसाउन थालिसक्यो भनौं क्यारे। युवालाई देशमा रोजगारी छैन, बहुमत जनसंख्यालाई  बिहानबेलुकी छाक टार्न धौधौ भइरहेको छ। गरीबलाई स्कूलको फी तिर्न समस्या छ। तर सरकारको उपस्थिति कहीँकतै देखिन्न।

लोकतन्त्र, गणतन्त्र भनेर मात्र के गर्ने, सामाजिक सुरक्षाको आधारभूत जग नै बसेको छैन। तर धरहराको पुनर्निर्माण भएकोमा नेपालीहरू धेरै खुशी बनेका छन् । यस्तो हर्षोल्लासपूर्ण वातावरणमा म किन रिसाउने त यार ?

विश्व विख्यात पेरिसको आइफिल टावर पनि पहिला अहिलेको जस्तो थिएन। सुधार हुँदै आएको हो। धरहरा पनि धेरै सुधार भएर निर्माण गरिएको मनमोहक समाचारहरू प्रकाशित भएका छन्। धरहरामा लिफ्ट राखिएको छ । अब धरहरामा बालबच्चाहरू, बुढो उमेरका, अपांगता भएकाहरूले पनि सजिलै टुप्पोसम्म पुग्नेछन्। अब यस खालको संरचना अन्य विकास निर्माणको कामहरूमा पनि बन्नु आवश्यक छ।

भूकम्पले धरहरा ढालेपछि गजुर राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको थियो । त्यसलाई मर्मत गरेर जलप लगाई नयाँ संरचनाको टुप्पामा राखिएको छ। इतिहासको एउटा भग्नावशेषलाई यसरी संरक्षण गर्ने आइडिया कसको हो ? जसको हो, त्यो बबाल आइडिया हो।

बिरामी शरीर बोकेर भएपनि २०७२ सालमा नेपालीको लगानीबाटै धरहरा बनाउन ‘मेरो धरहरा म बनाउँछु’ अभियान शुरू गरेर ओलीले शुरूदेखि नै पहलकदमी लिएका थिए। वैशाख ११ गते भत्किएको धरहराअघि उभिँदै उनले धरहरा निर्माणका लागि आफू कोदालो बोकेर आउने बताएका थिए। उनी कोदालो बोकेर धरहरा बनाउन त गएनन्, तर बालुवाटार बसेर दिमागको कोदालो भने चलाइ रहे । अन्तत: यही शनिवार टुप्पोबाट पुष्पवृष्टि गर्दै ओलीले नवनिर्मित धरहराको उद्घाटन समेत गरिसकेका छन् । मेरो धरहरा म बनाउँछु भन्ने आफ्नो योजना सफल पारेका छन्।

भीमसेन थापाको पालामा सामाजिक तथा प्रशासनिक सूचनाका जानकारी दिन तथा भेला गराउन धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो भन्ने पढ्न पाइन्छ।

बिगुल बजेको सुनेपछि जंगी निजामती कर्मचारीहरू कोतमा वा टुँडिखेलमा जम्मा हुनु अनिवार्य थियो पनि भनिन्छ। आजभोलि मानिसहरू जम्मा त टिकटक हेरेरै हुन थाले। यसकारण मान्छे जम्मा गर्न अब धरहराको टुप्पोबाट बिगुल त फुकिन्न होला तर मुख चुच्चो पारेर सेल्फी भने पक्कै खिचिन्छ।

वि.सं. १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनामा धरहरा निर्माण गर्न लगाएका थिए। वि.सं. २०७८ सालका प्रधानमन्त्री केपी ओलीले कसको सम्झनामा धरहराको पुनर्निर्माण गरिदिए होलान् ? त्यो त थाहा भएन तर रेडियो पनि नसुन्ने, पत्रपत्रिका पनि नपढ्ने, टेलिभिजन पनि नहेर्ने काठमाडौं नगरपालिकाका सर्वाधिक असफल मेयर विद्यासुन्दर शाक्यले हंशमुख चेहरा पारेर भने जस्तै कतिपय हनुमानहरूका लागि नवनिर्मित धरहरा 'केपी टावर' बन्ने पक्का छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x