×

NMB BANK
NIC ASIA

घर फर्किने चटारो

काठमाडौं छाड्नेको थामिनसक्नु भीड– २ दिनमा सडकबाटै १ लाखभन्दा बढी बाहिरिए [फोटोफिचर]

बैशाख १५, २०७८

NTC
Premier Steels

कोरोनाभाइरस (कोभिड– १९) को दोस्रो लहरका कारण काठमाडौं उपत्यकामा १६ गतेदेखि लागू हुने गरी निषेधाज्ञा घोषणा गरिएपछि राजधानी काठमाडौं छाड्नेको भीड बढेको छ .

Muktinath Bank

निषेधाज्ञा घोषणा भएयताको २ दिनमा मात्र उपत्यकाबाट १ लाख मानिसहरू सार्वजनिक यातायातका साधन प्रयोग गरी सडकमार्ग हुँदै बाहिरिएको प्रहरीले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हवाइ यातायात र निजी सवारी साधन प्रयोग गर्नेको संख्या जोड्ने हो भने यो तथ्यांक निकै माथि पुग्छ ।


Advertisment
Nabil box
Kumari

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांकअनुसार वैशाख १३ गते ७ हजार ९ सार्वजनिक यातायातमा ५२ हजार १९० मानिसले उपत्यका छाडेको देखिन्छ । वैशाख १४ गते अर्थात हिजो ५० हजार ४५६ मानिसले सडकको बाटो भएर उपत्यका छाडेका छन् । 

Vianet communication

महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीका अनुसार यो संख्या उपत्यकाबाट सार्वजनिक यातायातमार्फत बाहिरिनेको तथ्यांक मात्र हो ।

‘हामीले सार्वजनिक यातायात र भाडाका सवारीबाट जानेको तथ्यांक राखेका हौं, निजी सवारी साधनबाट बाहिरिनेको संख्या पनि धेरै छ,’ एसपी अधिकारीले लोकान्तरसँग भने, ‘हवाई उडानमार्फत बाहिर जानेहरूको तथ्यांक भने हामीसँग हुँदैन ।’

यो दुई दिनको अवधिमा राजधानी भित्रिनेको संख्या भने करीब ७० हजार छ ।

ट्राफिक प्रहरीको तथ्यांकअनुसार १४ गते ७ हजार ७७७ सवारी साधनमा ३२ हजार ३८३ जना यात्रु उपत्यका भित्रिएका छन् भने १५ गते ७ हजार ६३७ सवारी साधनमा ४१ हजार ४२० जना उपत्यका भित्रिएका छन् । 

यात्रु ठगिन नदिन छड्के जाँच

उपत्यकाबाट बाहिरिने यात्रुहरू नठगिऊन् भन्नका लागि ट्राफिक महाशाखाले छड्के जाँच गर्दै आएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले बताए । 

‘अत्यधिक चाप भएकाले ठगिने सम्भावना हुने हुँदा छड्के जाँच शुरू गरेका छौं,’ एसएसपी भट्टराईले लोकान्तरसँग भने । 

महाशाखाले उपत्यकाको नयाँ बसपार्क, कोटेश्वर, कलंकी, लगायतका यात्रु बाहिरिने मुख्य नाकामा हेल्प डेस्क स्थापना गरेको छ । 

उपत्यकामा बसोबास गर्दै आएका मानिसहरू कोरोनाभाइरसको संक्रमण फैलिएसँगै उपत्यका छाडेर बाहिरिरहेका हुन् ।

हेर्नुहोस्, बुधवार बिहान कलंकीमा देखिएको भीड :

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x