×

NMB BANK
NIC ASIA

विकसित देशबाट नेपालले सिक्नैपर्ने केही पाठ

कात्तिक २०, २०७४

NTC
Premier Steels

अस्ट्रेलियाको मेलबर्न शहरको एउटा ठूलो निर्माण कम्पनीको कार्यालयमा अफिस समयपछि सफा गर्ने काम जिम्मा पाएको व्यक्ति एकदिन अफिस समयपश्चात् पनि निर्देशक कोठैमा भएको थाहा पाएर ढोका ढकढक्याएर अनुमति लिएर पस्छ । कोठामा पस्नेबित्तिकै निर्देशकको बोली उसको कानमा पर्छ, ‘आज मैले ठूलो गल्ती गरेकोमा क्षमा गर मित्र’ । उक्त दिन निर्देशकको टेबलवरिपरि भुइँमा च्यातिएका थुप्रै कागज छरपस्ट भएकोले उनको भनाइ त्यसप्रति नै लक्षित हो भन्ने बुझ्नमा उसलाई कठिन भएन ।

स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरूमा विभिन्न स्तरका स्वास्थ्यकर्मीहरू पठाउने अस्ट्रेलियाकै ठूलोमा गनिने एजेन्सीको मेलबर्न शाखामा काम गर्ने दुई युनिटका प्रमुख थिए क्यारी र त्यही संस्थाबाट प्रदान गरिने तालिममा कहिलेकाहीँ तालिम दिने काममा पनि उपस्थित हुने गर्थे । त्यो एजेन्सीमा कामको सिलसिलामा आउनेहरूका लागि निःशुल्क रूपमा खाना उपलब्ध गराउने राम्रो क्याफे पनि थियो । क्यारी कहिलेकाहीँ सो क्याफेमा पनि काम गर्थे र आफ्ना विद्यार्थी र कर्मचारीहरूले खाइसकेका प्लेटहरू उठाउन पनि व्यस्त देखिन्थे ।

मेलबर्नको एउटा ठूलो नर्सिङ होममा काम पाएको केही दिनमा आफ्नो युनिट मेनेजरले सामान राखिएको ट्रली ठेल्दै गरेको देखेर अविकसित देशबाट आएका एकजना नयाँ कर्मचारी सघाउन जाँदा युनिट म्यानेजरले आफूलाई कुनै समस्या नभएकाले आफ्नै काम जारी राख्न भने । केही समयपछि उसले अर्को कुनामा नर्सिङ होमका म्यानेजरले एउटा बिरामीलाई खानेकुरा ख्वाइरहेको देखे ।

लेखक श्रेष्ठ


हामी जेजस्तो संस्कार र मानसिकताबाट ग्रस्त समाजमा छौं, यसका आधारमा माथिका वास्तविकताहरूलाई विश्वास गर्न र स्वीकार्न हम्मेहम्मे पर्छ । तर विकसित देशमा बस्नेका लागि यी कुनै अस्वाभाविक र अनौठा कुरा भने होइनन् । यसको अर्थ के होइन भने विकसित देशका सबै कुरा राम्रा छन् र अविकसित देशका नराम्रा । अविकसित देशबाट पनि विकसित देशले सिक्नुपर्ने कुराहरू धेरै छन् । कामप्रतिको हाम्रो दृष्टिकोण सामाजिक विषमता कायम गर्न र विकास कार्य अगाडि बढाउन बाधकको रूपमा देखापरेकोले विकसित देशमा पाइने यस किसिमको मान्यता भित्र्याउन सकिएको खण्डमा यसले विकास कार्यमा सकारात्मक भूमिका निर्वाह गर्ने कुरामा सन्देह छैन, तर समाज र देश परिवर्तनको लागि महत्त्वपूर्ण भएका कारण यस्ता कुराहरूको विकसित देशमा रहनेहरूले इमान्दारितापूर्वक वकालत गर्नुपर्छ । यस्ता महत्त्वपूर्ण सूत्रको बदख्वाइँ गर्दा आफूले आफैंलाई बदख्वाइँ गरेको ठहर्छ । यी दुवै पक्षले यसलाई आफ्नो देशमा भित्र्याउन भृकुटीको भूमिका निर्वाह गर्न सके देशलाई अगाडि बढाउन सहायकसिद्ध हुने कुरामा सन्देह छैन ।

म पहिलोपटक अस्ट्रेलिया आएको समय करीब चौध वर्षअघि भिक्टोरिया सरकारले स्वास्थ्य क्षेत्रसँग सम्बद्ध अस्पताल, नर्सिङ होमहरूमा सरसफाइको गुणस्तर हुन पर्ने जत्तिको गुणस्तरको नभएको कारण त्यसमा सुधार ल्याउने नीति ल्याउँदै थियो र त्यसको लागि ठूलो रकम खर्च गर्ने तयारी गर्दै थियो । यो नीति ल्याउनुको पछाडिको दर्शन थियो, देशमा नागरिकको स्वास्थ्यमा पर्ने प्रतिकूल असरका कारण सिर्जित परिणामले गर्दा एकातिर सरकारमाथिको आर्थिक दायित्व थपिने र अर्कोतिर यस परिस्थितिका कारण देशभित्रै भएको मानव शक्तिको सदुपयोग गर्न नसकी आवश्यक मानव शक्ति बाहिरी देशबाट ल्याउन पर्ने अवस्थामा सिर्जना हुन सक्ने भएकोले नागरिकको स्वास्थ्यमा सरकार त्यसरी संबेदनशील हुनु स्वाभाबिकै हो । यिनै बिषयबस्तुहरूलाई आधार बनाएर कामका सम्बन्धमा बिल्कुलै फरक र बिपरित मानसिकता र संस्कारयुक्त देशमा आउने नबागन्तुकहरूलाई बिगतका एकादेशका ठूलो ठूलो कुरा गरेर समय फाल्नुको अलावा बर्तमानको वास्तबिक धरातलमा रहेर शुरुमा जे जस्तो हुन्छ काम गर्दै बिस्तारै तालिमहरू लिएर प्रगति गर्न अभिप्रेरित गर्न त्यस बेला अंग्रेजीमा लेखेर साथीहरू बीच सर्कुलेट गरिएको ‘द्यभ् एच्इग्म् इँ द्यभ्क्ष्ल्न् ब् ऋीभ्ब्ल्भ्च्’ आलेखलाई यो चौध वर्षको बीचमा देखिएका थप दृस्टान्तहरूलाई समेत समाबेश गरी केही परिमार्जन गरेर लेख्नु अझै सान्दर्भिक देखिने महसूस गरी सो प्रयास गर्दै छु यो आलेख मार्फत ।

माथिका दृस्टान्तहरूबाट के स्पष्ट देखिन्छ भने विकसित देशमा साना र ठूला बीच पनि मानवीय व्यवहार हुन्छ र ठूलाले सानालाई त्यत्ति सजिलै हेप्ने भन्ने कुरा हुँदैन । शिक्षकले बिद्यार्थीलाई र अभिभाबकले आफ्ना बच्चाहरूलाई समेत गाली गर्न नमिल्ने देशमा काम गर्ने जिम्मेवारी पाएको एउटा परिपक्क मानिसलाई अर्को मानिसले अमानवीय व्यबहार गर्ने कसरी ? यस दृष्टिकोणबाट पूंजीवादी भनिने देशहरूमा गरीब देशका गरीब जनताको विश्वाश प्राप्त गर्न कतिपय समाजवादी सिद्धान्तको आदर्श छाट्ने कम्युनिष्टहरूमा भन्दा बढी व्यवहारिक रुपमा समाजवादी छनक देखिन्छ ।

करीब १३ बर्ष अघि अस्ट्रेलियाबाट नेपाल फर्किएको समयमा अमेरिकाबाट केही समयको लागि नेपाल आउनु भएकी एकजना अभिनेतृसंग लिइएको अन्तरवार्ता टिभिबाट प्रसारण भैरहेको थियो । त्यसमा पत्रकारले नयिकालाइ नेपालमा त्यस्तो बरिष्ठ कलाकार भएको मानिस त्यहाँ सामान्य काम गर्न किन गएको, के काम गर्दै, त्यसले सन्तुष्टी दिन सके नसकेको भित्रै घुमिरहेका थिए भने अभिनेतृ त्यहाँको संस्कार, मान्छेहरूको मानसिकताको कारण कामको प्रकृतिको प्रश्नले कुनै महत्व नराख्ने कुरामा जोड दिंदै थिइन । एउटा पक्ष बुझाउन खोज्दै थियो, अर्को पक्ष बुझ्न सकिरहेको थिएन वा बुझी बुझी बुझ पचाएर अफ्टेरोमा पार्न किन, केका लागि जस्ता प्रश्नकै वरिपरि रिंगिरहेको थियो ।

जब म इन्जिनियरिङ्ग कोर्स पुरा गरेर नेपाल फर्कें त घरका सबै किसिमका काम गर्नुमा मलाई कुनै हीनताबोध हुँदैनथ्यो, तर मानिसहरू काम गरिरहेको बेलामा आइपुग्दा प्रश्न तेर्साइहाल्थे, 'के हो इन्जिनियर सा’ब, एउटा काम गर्ने मान्छे नराखेर' उनीहरू ठान्थे कि म कन्जुस्याइं गरिराखेको छु । तर काम गर्ने मान्छे हुँदा समेत यस किसिमका काम गर्ने कामलाई पूर्ण रुपले तिलाञ्जली दिने काम भएन मबाट । आफ्नै डिन र रेक्टरलाई भेट्दा देवता नै भेटेको जस्तो महसूस गर्नु पर्ने देशबाट गएर डिन रेक्टरहरू समेत आँफै कोठा कोठामा आएर सूचना सुनाउँदै हिंड्ने र आफ्नो चिया आँफै बनाएर खाने संस्कारलाई समेत बुझ्नेको लागि यो कुनै ठूलो कुरो थिएन । गोङबूको महादेबटारमा स्थानीय तबरबाटै मोटरबाटो ल्याउन खट्नेहरूका लागि पहिला त सबैबाट पैसा उठाउनु नै चुनौति थियो भने उठेको पैसाबाट धेरैभन्दा धेरै काम गर्नु पर्ने चुनौति आफ्नै ठाउँमा थियो । त्यसैले ट्रकहरूले माटो ल्याएर छाडेर गएपछि अर्को ट्रिप ल्याउनु अघि ठूला ठूला माटोका डल्लाहरू बाटोबाट नपन्छइदिने हो भने ट्रकले माटो उतै उतै छाढिदिंदा माटो ओसार्नु पर्ने खर्च बढने भएकोले बाटोमा भएका त्यस्ता डल्लाहरू बाटोबाट हटाउँथे । यसो गर्दा मान्छेहरूले घर घरबाट हेर्ने गरेको संझना ताजै छ ।

अविकसित देशका मानिसमा तुलनात्मक रुपमा बढी अधिकारयुक्त जिम्मेवारी प्राप्त गर्न जे पनि गर्ने तर जिम्मेवारी पुरा गर्न्तिर चासो नदिने प्रवृति पाईन्छ भने विकसित देशमा राजनीतिमा बाहेक सामान्यतया जिम्मेवारी लिएपछि पुरा पनि गर्नु पर्ने भएकोले सकभर बढी अधिकार लिएर जिम्मेवारी बढाउन चाहँदैनन । किनकि जिम्मेवारी लिएपछि कर्तब्य पुरा गर्नु पर्छ भन्ने कुरामा उनीहरू संबेदनशील छन ।

‘माइ संसार’ व्लगमा करीब नौ बर्ष पहिला प्रकाशित मेरो एउटा आलेखमा एउटा कमेण्ट यस्तो थियो, “यस्तो देशभक्तिको कुरा गर्ने मानिस विदेशमा भाँडा माझ्न किन गएको नि ?” प्रश्नकर्ताको जबाफमा लेखेको थिएँ, “पहिलो कुरो त विदेशमा कामप्रतिको दृष्टिकोण नै हाम्रोभन्दा बिल्कुलै फरक छ । दोश्रो कुरो, बिदेशमा जाने सबै नेपाली भाँडै माझ्छन भन्ने मान्यता पनि गलत हो । धेरै मर्या्दित पदमा काम गर्ने नेपालीहरू पनि थुप्रै छन । मेरो हकमा भन्नु पर्दा म र मेरी श्रीमतीले नेपालमा पाँच (अहिलेको १२) वर्ष अघि नै मासिक झन्डै दुई लाख कमाउन समस्या नहुने र एउटा ठूलो परियोजना पाएरै पनि विशेष परिस्थितिका कारण विदेश आएका हौं । यहाँ वेलायतमा म स्ट्रक्चरल इन्जिनियरको रुपमा काम गरिराखेको छु भने अस्ट्रेलियामा बरिष्ठ इन्जिनियरको काम पाइसकेको छु ।“

भृकुटी बन्नु पर्नेहरूले नै टाउको लुकाएपछि

यसरी के स्पष्ट हुन्छ भने विकसित देशमा कामको प्रकृतिलाई भन्दा काम गरिनुलाई बढी महत्व दिने गरिन्छ र कुनै पनि कामलाई राम्रो र नराम्रो भन्ने मानसिकताबाट एक किसिमले मुक्त जस्तै देखिन्छन । पुरुषले महिलालाई, ठूला पदकाले साना पदकालाई, त्यही देशकाले अन्य देशकालाई सिद्धान्ततस् भेदभाव र थिचोमिचो गर्न पाउँदैनन । त्यसैले जतिसुकै ठूलो पद ओगटेको भनिनेहरूले पनि आफ्नो परिवारका कुनै पनि सदस्यले सरसफाइ गर्ने काम गरेको होस अथवा होटलमा भाँडा माझ्ने – जे काम गरेको हो सो बिना हिचकिचावट भन्ने गर्छन् । र अर्को महत्वपूर्ण कुरा भनेको यस्तो देशमा सामान्य काम गर्नेको पनि गाडी, टिभी, कम्प्युटर, फ्रिज, घर भन्ने कुरा क्षमतानुसारको स्तरको भै नै हाल्छ । तर गरीब देशबाट जाने कतिपयले आफूलाई त्यहाँको अनुरुप परिवर्तन नगरेर आफ्नै देशको मानसिकतानुरुप आफूलाई प्रस्तुत गरिराखेका हुन्छन र आफूले आफैलाई ठूलो देखाउन खोज्दा अरुले नकारात्मक रुपमा बुझेको पत्तै पाउँदैनन ।

आफ्नो देशमा प्रसस्त काम गर्नेहरू राखेर बसेको भन्दै बसेको देशलाई गाली गर्ने तर सो देश छाड्न पनि नचाहनेहरूबाट आजित भएर कहिलेकांही त्यस्ताहरूलाई ‘यहाँ किन बसेको तर ?’ भनेर सोधिदिंदा रगतको प्रबाह अनुहारमा राम्रै देख्न सकिन्छ । कोही भने आफू बसिरहेको देशमा बस्नको लागि संभब भए जत्तिका सबै उपाय अपनाउँदा अपनाउँदै पनि बस्न मिल्ने नमिल्ने यकीन नभएकोले बस्न मन नलागेको बताउँछन र बस्न मिल्ने भएपछि अरुले पत्याउने नपत्याउने केही सोंच्दै नसोची कुरा फेर्नेहरू पनि पाईन्छन । यसरी आफ्नै देशको संस्कार र मानसिकताको जन्जालबाट उन्मुक्ति पाउन नसकेर आफूले आँफैलाई अनावश्यक किसिमले नसुहाउने किसिमले देखाउन खोजेको हैसियतका कारण धेरैलाई हसाउने काम गरिराखेका हुन्छन केहीले ।

वेलायतमा हुँदा एक जनासंग फोनमा कुरा भए अनुरुप सानो काम दिएको थिएँ एकजना नेपालीलाई । काम के भयो भन्ने बुझ्नको लागि भोलिपल्ट उसको मोबाइलमा फोन गर्दा अर्कोले उठाएर ऊ अर्को फोनमा ब्यस्त भएको जानकारी दियो । केही घण्टापछि अर्कोले फोन गरेर मैले चाहेको कुराबारे जानकारी लिन फोन गरेको र चिट लेखेर जानकारीको लागि लेखेर उस्को टेबलमा रखिदिने जानकारी दियो । आफूले आँफैलाई हैसियतभन्दा धेरै ठूलो देखाउन गरेको नाटक देखेर मनमनै हाँसे र सोही काम धेरै नेपालीका बीच चिन्ने एकजना दाजुलाई दिएँ, जुन काम भोलिपल्टै तमाम भएर आयो ।

विकसित देशमा मानिसहरू काममा खुब खटेका हुन्छन बिदामा घुम्न जानको लागि पैसा जम्मा गर्न । त्यसैले बेला बेलामा नेपालीहरू बीच कुरा हुने गर्छ, “नेपालका नेताहरू र भ्रस्टाचारीहरूलाई बिदेशमा छ महिना जति ल्याएर काममा जोताएर पेटको बोसो घटाएर पठाउन पाए बल्ल देशमा केही हुन्थ्यो कि ?”

अबिकसित देशका मानिसमा पाइने यस किसिमको मानसिकता पनि नै अबिकसित देशको राजनीति प्रदूषित र बिकृत हुनुमा धेरै हदसम्म जिम्मेवार भएको देखिन्छ । बिदेशमा केही सामय मन्त्री प्रधानमन्त्री भएपछी अन्य सामान्य पेशामा समय बिताउने प्रचलन छ, तर हामीकहाँ मन्त्री प्रधानमन्त्री भएपछी आजिवन त्यही रबाफमा २–४ जना अगाडि पछाडि लगाएर हिंड्ने र केही कामै गर्न नहुने भन्ने मानसिकताले ग्रस्त छ । यो मानसिकताका कारण कुर्सी नपाउने बित्तिक्कै कुर्सीमा बस्नेको खोइरो खन्ने र कुर्सीबाट तानेर आफू त्यहाँ जाने तिकडम मात्रै गर्ने भएकोले यस्ले देशलाई समस्याको भुमरीमा मात्रै जकड्याइराख्नेभन्दा बढी केही गर्न नसक्ने प्रमाणित गरिसकेको छ ।

डा बाबुरामन भट्टराई प्रधानमन्त्री भएर पनि पढाउन जान सक्छन, डा उपेन्द्र देवकोटा मन्त्री भएर पनि डाक्टरी पेशामा फर्कन सक्छन, सुवास नेम्बाङ सभामुख भएर पनि कालो कोट लगाउन सक्छन भने अन्य नेताहरू पनि १–२ पटक मन्त्री अथवा प्रधानमन्त्री भएपछी अन्य केही पेशामा फर्कने संस्कारको बिकास गरिनुपर्छ देशलाई अगाडि बढाउन ।

नायिका बिनिता बराल अहिले सिनेकर्मीभन्दा बढि अर्गानिक किसानका रुपमा बढि चर्चामा छिन् । काठमाडौको टोखामा १० रोपनी जग्गा भाडामा लिएर प्राङ्गारिक खेती सञ्चालन गरिरहेकी छिन् । यस्को लागि बिदेशमा जस्तै हरेक कामलाई आदर गरिने संस्कार र मानसिकताको आवश्यकता पर्छ ।

गरीब देशबाट धनी देशमा आएर सिकेको र बुझेको धनी देशको कामप्रतिको यो संस्कार, यो मानसिकता र यो मान्यता आफ्नो देशमा भित्र्याउन भृकुटीको भूमिका निर्बाह गरेर देशमा सकारात्मक वातावरण सिर्जना गर्नु पर्नेहरू आँफै टाउको यसरी लुकाएर उल्टो दिग्भ्रम सिर्जना गर्छन् भने धनी देशको पैसा त भित्रिएला नै, तर न त यस्ले ‘बिदेशमा त पैसाको बोटै हुन्छ’ भन्ने जस्तो सोचाइंले ग्रस्तहरूको आशे बानीलाई सुधारेर आफ्नै हैरानी कमी गर्न सकिन्छ न त देश बिकासको लागि आवश्यक पर्ने एउटा नयाँ संस्कारको विकास गर्न नै ।

(लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियान विश्व संयोजक इन्जिनियर श्रेष्ठ हाल अस्ट्रेलियामा छन् ।)

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x