×

NMB BANK
NIC ASIA

काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य यस्ता मानवीय गुण हुन्, जसलाई प्रयोग गर्न जान्दा जीवन ऊर्जा बनेर सुख दिन्छन्, नजान्दा दुर्गुण बनेर दुःख दिन्छन् ।

Muktinath Bank

यिनै मानवीय गुणमध्ये यहाँ क्रोध ऊर्जाबारे छलफल गर्ने प्रयास गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्रोध पनि जीवन ऊर्जाकै एउटा भाग हो । क्रोध नभएको मानिस नै हुँदैन । त्यसैले क्रोध उठ्यो भनेर चिन्ता लिनु पर्दैन, उठ्न दिनुपर्छ । उठ्छ, नचाहँदा–नचाहँदै पनि उठ्छ ।


Advertisment
Nabil box
Kumari

देवता पनि रिसाउँछन्, पशुपन्छी पनि रिसाउँछ, प्रकृति पनि रिसाउँछ । रोक्न सकिने कुरा हुँदै होइन तर विरेचनको तरिका भने मिलाउनुपर्छ । 

Vianet communication

क्रोधका अनेक कारण हुन सक्छन् । घरपरिवार पनि हुन सक्छन्, छरछिमेक पनि हुन सक्छन् । श्रीसम्पत्ति पनि हुन सक्छ, करकुटुम्ब पनि हुन सक्छन् । तर विरेचनको तरिका भने एउटै हुन्छ, त्यो हो सन्तुलन ।

मानिलिनुस् तपाईंलाई छिमेकीले रिस उठायो । निहुँ जे पनि हुन सक्छ । सुकाएर राखेको कपडा हावाले उडाएर लगेको निहुँ पनि हुन सक्छ, बाख्राले साग खाइदिएको पनि हुन सक्छ, छोराछोरीको सानो गल्ती पनि हुन सक्छ । छिमेकी करायो, तपाईंंलाई रिस उठ्यो । 

यतिबेला तपाईं के गर्नुहुन्छ ? जस्तालाई तस्तै भन्दै उसलाई पनि गाली गर्न थाल्नुहुन्छ, होइन ?  प्रायः हुन्छ यस्तै तर यो क्रोध विरेचनको तरिका होइन । तपाईंले गाली गर्नुभयो, उसले पनि गर्‍यो । बाझाबाझ पर्‍यो । त्यस्तै परे हात हालाहाल पनि भयो होला तर यसले के गर्‍यो ? नोक्सानी, मात्र नोक्सानी ।

तपाईंले पनि हान्नुभयो, उसले पनि हान्यो । दुवैलाई दुख्यो । दुवैको रगत बग्यो । त्यतिमा मात्र सकिएन, मौका कुरेर बस्ने निहुँ समेत बन्यो । जहाँ मौका मिल्छ त्यहीँ तपाईंले हान्नुभयो, उसले पनि हान्यो । अन्त्यहीन शृंखला शुरू भयो । 

मानौं एकछिनलाई तपाईंभन्दा ऊ बलियो रहेछ । तत्कालै प्रतिक्रिया जनाउन सक्नुहुन्न तर चुप लागेर बस्न पनि सक्नुहुन्न । घरमा गएर कि पत्नीमाथि पोख्नुहुन्छ कि पतिमाथि पोख्नुहुन्छ, त्यो रिस । कि छोराछोरीले पिटाइ खालान् कि निर्दोष भाँडाहरूले सजाय पाउँलान् । गिलास फुट्लान्, थाल–कचौरा बजारिएलान् । टीभीको सिसा फुट्लान् । फोनको सेट वा मोबाइस सेट हुत्तिएलान् । नभए कि कुकुरको छाउरो कुईंकुईं गर्न लाग्लान् कि बाख्राको पाठो म्याम्या गर्न थाल्लान् । केही न केही पक्कै हुनेछ । रिस पोखिने भनेकै कमजोरमा हो । छिमेकी कमजोर परेको भए उसैमाथि पोखिन्थ्यो । बलियो पर्‍यो, अरुले सजाय पाए ।   

अथवा आफैंमाथि पोखिएको पनि हुन सक्छ । भित्रभित्रै मुर्मुरिनुभयो, दाह्रा किट्नुभयो, मुड्की बजार्नुभयो, गोडा थचार्नु भयो तर के भयो ? दुःख आफैंले पाउनुभयो । भित्रभित्रै सडेर कि क्यान्सर बन्न पुग्यो कि डिप्रेसनमा जानुभयो कि पागल गरायो । त्यस्तै परे आत्महत्याको अवस्थासम्म पुग्न पनि बेर लगाउनुभएन । क्रोधलाई विरेचन गर्न नजान्दा आउने नतिजा हुन् यी तर विरेचन गर्न जान्ने हो भने क्रोधले नोक्सानी होइन, फाइदा गर्छ । यसलाई निम्न उदाहरणबाट थप बुझ्न सक्छौं । 

मानिलिनुस् तपाईंलाई रिस उठ्यो, कडै रिसाउनु भयो तर नआत्तिनुस् एकछिन आँखा र कान बन्द गरेर बस्नुस्, स्वतः विरेचन गर्ने तरिका पत्ता लाग्छ । तरिका जे पनि हुन सक्छ । सागबारीमा पानी हाल्न शुरू गर्नुस् । बारी रसिलो हुन्छ, सागले पानी पाउँछ, तपाईंको भान्सा उज्यालो हुन्छ । तपाईंको नशा–नशामा छिरेको क्रोध सोही पानीले बगाएर लान्छ । 

तपाईंको क्रोध साग बारीले लिन्छ, बदलामा सागको मुठा पाउनुहुन्छ । साग बारी नभए गमलाका फूल पनि हुन सक्छ । पानी पाउनासाथ गमलाका फूल खुशी हुन्छन् । तपाईंको क्रोध उनीहरूले लिन्छन्, बदलामा प्रशन्नता दिन्छन् । 

अथवा भान्सामा छिरेर तरकारी काट्न शुरू गर्न सक्नुहुन्छ । आलु ताछ््न सक्नुहुन्छ, पिडालु खुर्किन सक्नुहुन्छ । तत्कालै तपाईंको क्रोध भागेर कहाँ पुग्छ, पत्तै हुँदैन । तरकारी पनि तयार भयो, क्रोध पनि एकएक गरी ताछिँदै गयो ।  

कुचो लिएर घरआँगन सफा गर्न शुरू गर्न पनि सक्नुहुन्छ । तपाईंको घरआँगन पनि सफा हुन्छ । क्रोध पनि बढारिएर जान्छ । घरमा ‘एक्युरियम’ छ भने त्यसैलाई हेर्न सक्नुहुन्छ । ‘एक्युरियम’का माछा फुरफुर गरी नाचिरहेका छन् । कहिले तल जान्छन्, कहिले माथि आउँछन्, कहिले वल्लो कुनामा पुग्छन्, कहिले पल्लो कुनामा पुग्छ । पुच्छर हल्लाउँछ, पखेटा चलाउँछ । हेर्दाहेर्दै तपाईंको क्रोध उसैको पुच्छर र पखेटाले लिन्छ र तपाईंलाई आनन्द दिन्छ ।  

तलाउमा जमेको पानीलाई हेर्न पनि सक्नुहुन्छ । भरी तलाउको पानी ढलपल गरिरहेको छ । कहिले शान्त हुन्छ । कहिले हावाको तालमा नाचिरहेको छ । तपाईं हेर्दै हुनुहुन्छ । हेर्दाहेर्दै कुन सड्को उसले तपाईंको क्रोधसँग आनन्द साटिसकेको हुन्छ, पत्तै हुँदैन । अगाडि जंगली रुख बिरुवा भए तिनैलाई हेर्न सक्नुहुन्छ । उनीहरूले गाएका संगीत सुन्न सक्नुहुन्छ । एकैछिनमा तपाईंको क्रोध उनीहरूको संगीतको तालमा उडेर कता पुग्छ पत्तै हुँदैन ।

अथवा कुनै मीठो भजन सुन्न सक्नुहुन्छ । भजन मन पर्दैन भने पनि केही छैन । गीतै सुन्नु भए पनि हुन्छ । भजन वा गीत सुन्दासुन्दै तिनकै गेडाले तपाईंको क्रोधको गेडा समेत उडाएर बिपत्ता पारिदिन्छन् । यसबाट तपाईंको मनमा एक किसिमको मीठो ताजगी आउँछ । मन चंगा हुन्छ, शरीरमा फुर्ति बढ्छ । नयाँ काम गर्ने जोस र जाँगर पलाउन थाल्छ । यही नै क्रोध ऊर्जा व्यवस्थापनका सरल तरिका हुन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x