×

NIC ASIA

इटहरीको मेयरका लागि कांग्रेस र एमालेमा ‘आन्तरिक लफडा’, ‘ओली गुट’का नेताहरूबीच नै हानथाप

कात्तिक २०, २०७४

Prabhu Bank
NTC
Premier Steels

इटहरी, २४ जेठ– सरकारले जेठ ३१ गतेका लागि तोकेको दोस्रो चरणको स्थानीय तहको चुनावको मिति दुईपटक सारेर असार १४ गते पु–याएको छ । चुनावको मिति नजिकिँदै जाँदा एक नम्बर प्रदेशको सम्भाावित राजधानी इटहरीमा निर्वाचनको सरगर्मी बढेको छ ।

चुनावको मिति दुईपटक सर्दा पनि इटहरी उपमहानगरपालिकाको मेयरमा सम्भावित विजेता दल नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवारका सम्बन्धमा अन्तिम निर्णय लिन सकेका छैनन् ।

२०५४ सालको चुनावमा इटहरीको मेयर एमालेले जितेको थियो । २०६४ र २०७० मा सम्पन्न संविधानसभा चुनावमा पनि इटहरी रहेको निर्वाचन क्षेत्रबाट एमालेका उम्मेदवार विजयी भएका थिए । तसर्थ पनि इटहरीमा एमाले तुलनात्मक रूपमा बलियो मानिन्छ ।

त्यसो त पछिल्लो समय नेपाली कांग्रेसले पनि इटहरीमा आफ्नो पकड विस्तार गरिसकेको छ । संगठन विस्तार र आक्रामक चुनाव प्रचारशैलीले इटहरीमा कांग्रेसको प्रभाव पनि बढ्दै गएको यहाँका स्थानीय बताउँछन् ।

तर यी दुवै दलले इटहरी उपमहानगरका लागि मेयर तथा उपमेयरका लागि उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् । इटहरीका २० वटै वडाका लागि वडाध्यक्ष तथा सदस्यका लागि उम्मेदवार टुंग्याइए पनि मेयर आकांक्षी बढी भएपछि दुवै दललाई त्यसको अन्तिम निर्णय लिन सकस भएको देखिन्छ ।

कांग्रेस र एमालेले मेयर तथा उपमेयरका उम्मेदवारको अन्तिम नाम सार्वजनिक गर्न नसक्नुमा आकांक्षीहरूले केन्द्रसम्मै लबिङ गर्नु र गुटगत प्रभाव रहेको बताइन्छ । स्थानीय राजनीतिक विश्लेषकहरू भने कांग्रेस र एमालेले हालसम्म पनि मेयर तथा उपमेयरको अन्तिम टुंगो नलगाउनुको अर्थ प्रतिस्पर्धी संगठनको उमेदवार हेरेर निर्णय लिने रणनीति रहेको बताउँछन् ।

हालसम्म प्रमुख प्रतिस्पर्धी देखिएका नेपाली कांग्रेस र एमालेबाहेक इटहरीका लागि राप्रपा पनि बलियो दल हो । पूर्वमन्त्री समेत रहेका राप्रपाका प्रभावशाली नेता रामकुमार सुब्बाको गृहनगर इटहरीमा राप्रपालाई पछिल्लो संविधानसभा चुनावमा एमालेपछि सबैभन्दा धेरै मत आएको थियो ।
तर पूर्वमन्त्री सुब्बापछि अर्को पुस्ताका प्रभावशाली स्थानीय नेताको अभाव तथा कमजोर संगठनका कारण राप्रपा पछिल्लो समयमा इटहरीमा कमजोर बन्दै गएको बताइन्छ ।

तैपनि राप्रपाले भने आफ्नो पार्टीको तर्फबाट मेयर तथा उपमेयरको नाम सार्वजनिक गरेर उम्मेदवारसहितको घरदैलो कार्यक्रमसमेत शुरु गरिसकेको छ । राप्रपाले इटहरीको मेयरमा खनार क्षेत्रका चर्चित नेता रोहित कार्कीलाई उठाएको छ भने माया रायमाझीलाई उपमेयरको टिकट दिएको छ ।
इटहरीको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले पनि मेयर र उपमेयरसहित चुनावी अभियान शुरु गरिसकेको छ । युद्धकालमा ‘वीरता किराँती’ को नामले चर्चित हरिमाया जीबीलाई मेयर तथा सागर सुवेदीलाई उपमेयरको उम्मेदवार बनाएको माओवादीले आफ्ना वडाध्यक्षका उम्मेदवारहरूको समेत टुंगो लाएर घरदैलो अभियान थालिसकेको छ ।

कांग्रेसमा फरक गुटका दुई आकांक्षीहरू



इटहरीको मेयरका लागि कांग्रेसबाट शुरुमा नगर सभापति हेमकर्ण पौडेल, सुनसरी क्षेत्र नम्बर दुईका सभापति मणिराम श्रेष्ठ र व्यापारिक पृष्ठभूमिका अग्रज कांग्रेस नेता रोहित प्रसाईंको नाम चर्चामा थियो । तर दुई नम्बर क्षेत्रका सभापति २० नम्बर वडाको वडाध्यक्षको प्रस्ताव स्वीकार गरेर मेयरको उम्मेदवार बन्ने आकांक्षा त्यागिसकेका छन् ।

बाँकी रहेका दुई प्रत्यासीमध्ये प्रसाईं पार्टी सभापति देउवा पक्षका नेता हुन् भने हेमकर्ण वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका रहेका बताइएको छ ।

मेयरजस्तै कांग्रेसबाट उपमेयरका लागि पनि विमला ढकाल र गीता श्रेष्ठ आकांक्षी छन् । तर उपमेयरको उम्मेदवार छनौट गर्न त्यति गाह्रो नभएको कांग्रेस नेताहरूको भनाइ छ ।


एमालेमा ‘ओली गुट’कै तीन मेयर आकांक्षी



इटहरी महानगरपालिकाको मेयरका लागि संसद्को दोस्रो ठूलो दल एमालेबाट तीनजना आकांक्षी छन् । त्यो पनि अध्यक्ष केपी ओलीकै गुटका रहेको बताइन्छ ।

इटहरीमा अरू दलको भन्दा बलियो पकड मानिएको एमालेबाट मेयरका लागि रामप्रसाद चौलागार्इं, द्वारिकलाल चौधरी र सर्वध्वज साँवा टिकटको दौडमा छन् । चौलागार्इं इटहरी एमालेमा पहिलो पुस्ताका नेताका रूपमा चिनिन्छन् । उनी इटहरी खाने पानी संस्थानका अध्यक्ष तथा एमाले इटहरी उपमहानगरपालिकाको इञ्चार्ज समेत हुन् ।
मेयरकै अर्का आकांक्षी द्वारिकलाल चौधरी एमाले सुनसरीका अध्यक्ष हुन् । मेयरका अर्का आकांक्षी सर्वध्वज साँवा इटहरीका पूर्वमेयर हुन् ।


मेयरमा संस्थापन समूहकै नेताबीच भिडन्त चलिरहेका बेला उपमेयरका लागि भने माधव नेपाल पक्षधर मानिने नेत्री लक्ष्मी गौतमको चर्चा छ । एमाले सुनसरीकी संगठन विभाग प्रमुखसमेत रहेकी गौतमसँगै उपमेयरकै लाागि इटहरी एमालेका चिनिएका नेत्रीहरू अमला श्रेष्ठ र विष्णु शर्मा नेपालको समेत चर्चा छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x