चैत ३०, २०८०
लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...
प्रकाशकुमार श्रेष्ठ अर्थात् मालिका केशरीको तेस्रो उपन्यास ‘दुङाल’ सार्वजनिक भएको छ ।
तिब्बती शरणार्थीका पीडालाई विषयवस्तु बनाएर लेखिएको उपन्यास शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा इतिहास एवं संस्कृतिका अन्वेषक डा रमेश ढुङ्गेल, राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य सुदीप पाठक, पूर्वस्वास्थ्य सचिव डा सुधा शर्मा र लेखकले सार्वजनिक गरेका हुन् ।
पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै अन्वेषक ढुङ्गेलले राष्ट्रविहीन हुनुपर्दाका अप्ठ्यारा पुस्तकमा समेटिएको बताए। संस्कृति र सामाजिक अवस्थाका कारण प्रेमी–प्रमिकाबीचको वियोगलाई पनि उपन्यासमा प्रस्तुत गरिएको उनले सुनाए । बौद्ध दर्शनभित्रको शान्तिलाई पनि उपन्यासमा देखाउन खोजिएको छ ।
मानवअधिकारकर्मी पाठकले ३५ वर्षअघि नेपाल मानवअधिकार सङ्गठनमा काम गर्दा ऋषिकेश शाहले तिब्बती शरणार्थीका विषयमा हेर्न भनेदेखि आफूले यसलाई नजिकबाट हेरिरहेको बताए । नेपालमा तिब्बती र भुटानी शरणार्थी विधिवतरूपमा बसेको उल्लेख गर्दै उनले तिनका समस्या बाहिर ल्याउन उपन्यास सफल रहेको बताए ।
पूर्वस्वास्थ्य सचिव शर्माले लेखक पुरुष भए पनि महिला शरणार्थीका भावना उपन्यासमार्फत अभिव्यक्त भएको बताए । लेखक केशरीले जन्मभूमि तनहुँको शरणार्थी शिविरमा देखेका घटनाले आफूलाई यस विषयमा कलम चलाउने प्रेरणा मिलेको सुनाए ।
“उपन्यासमा कति मेरा भोगाइ, कति नजिकका साथीभाइका भोगाइ जसलाई अनुमति लिएर वास्तविक नाममै उतारेको छु, कति विषय कल्पनाका पनि छन्”, उनले भने। नेपालमा शरणार्थी जीवन भोग्न बाध्य तिब्बती युवती कारचुङका माध्यमबाट उनले त्यस जीवनका बारेमा पाठकलाई जानकारी दिन यो उपन्यास लेखेको बताए । ‘दुङाल’ तिब्बतीयन शब्द हो । जसको अर्थ दुःख भन्ने हुन्छ । उपन्यासमा शरणार्थीका कथाव्यथालाई शब्दका माध्यमबाट उनिएको छ । खम्पा विद्रोहका सन्दर्भलाई पनि उपन्यासमा समेटिएको छ ।
लेखकका हालसम्म चारवटा कृति प्रकाशित छन् । पहिलो उपन्यास ‘पुरुत्थान’ विसं २०७२ भदौमा प्रकाशित भएको थियो । विसं २०५२ देखि २०६३ का बीचको राजनीतिक घटनाक्रमका बेलाको अन्तरजातीय प्रेमकथामा आधारित भएर लेखिएको ‘पुनरुत्थान’ पाठकले मन पराएपछि छ वर्षको बीचमा उनका तीनवटा उपन्यास प्रकाशित भएका हुन् ।
लेखकको दोस्रो उपन्यास ‘सुवर्णलता’ हो । ‘सुवर्णलता’ मा आमाबाबुबाट छुट्टिनुपर्दाका पीडा, विशेषगरी आमाबाबु लाहुर गएका छोराछोरीको अवस्थालाई उपन्यासकार श्रेष्ठले पाठकसमक्ष पस्कनुभएको छ । उपन्यासमा खोजी पत्रकारिताको प्रसङ्ग पनि छ ।
विद्यालय जीवनमा साथीभाइका प्रेमपत्र लेख्दै उहाँ साहित्य क्षेत्रमा प्रवेश गर्नुभएको हो । विद्यालय जीवनमा लेखिएको प्रेमपत्रले लेखनमा रुचि जाग्दै जान थालेपछि उनले विसं २०५८ मा कविता सङ्ग्रह ‘मिरमिरे’ निकाले । त्यसो त उनी कक्षा ५ मा पढ्दा विद्यालयले आयोजना गरेको कविता प्रतियोगितामा आमा देवीकुमारी श्रेष्ठले लेखेको कविता वाचन गरेर पहिलो स्थान हासिल गर्न सफल भएका थिए ।
सानैदेखि कविता, कथाजस्ता विधामा रुचि राख्ने उनलाई युवा अवस्थामा उपन्यास लेख्न सहकर्मीले प्रेरणापुञ्जका रूपमा काम गरेकाले सफल भएको बताउँछन्।
लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...